ट्रेंडिंग:

>> अब के होला लुम्बिनी शिखर सम्मेलन ? रोक्न एमालेको माग >> भलाई कोषद्वारा स्वर्ण महोत्सवको लोगो सार्वजनिक >> प्रदेशमा पनि सरकार फेर्ने माओवादी निर्णय >> राप्रपा नयां गठबन्धनमा नअटाउने >> नयां गठबन्धनमा नेकपा एस पनि ! >> अर्थमन्त्री नपाएपछि माओवादीले गठबन्धन फे-यो : कांग्रेस >> सत्ता गठबन्धन भत्कियो, एमाले र रास्वपा आजै सरकारमा जाने >> सत्ता गठबन्धनको बैठक स्थगित >> नेकपा एमालेले बोलायो सचिवालय बैठक, राजनीतिमा एकाएक तरंग >> नयां सत्ता गठबन्धनको पक्षमा १५७ सांसदहरुको समर्थन ! , आज ८ बजे बस्ने गठबन्धनको वैठक निर्णायक >> चिकित्सक दिवसमा सम्मान, मुखपत्र विमोचन तथा अन्तक्र्रिया >> प्यूठानका सांसद सूर्य थापासँग २४ घण्टा >> मायादेवीमा दादुरा–रुबेला खोप अभियान सुरु >> स्थानीय तहको कार्यसम्पादनमा प्रश्नः गतसाल उत्कृष्ट अहिले फेल ! >> विवादको घेरामा लुम्बिनी सम्मेलन >> ‘जीवन बाँच्न जीवन बदल्न जान्नुपर्दछ’ >> मुद्दा मामिला भन्दा ‘मेलमिलापमा’ प्राथमिकता >> गण्डकमा बगर खेतीलाई प्रोत्साहन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विश्वमै दुर्लभ तीन महिने महायज्ञ निलकण्ठ बाबाधाममा चल्दै >> लुम्बिनीको शिखर सम्मेलनबारे संघीय संसदमा उठ्यो प्रश्नः सम्मेलन रोक्न एमालेको माग (भिडियोसहित) >> राजनीतिक र आर्थिक संकट समाधानका लागि संविधानमा पुनरावलोकन हुनुपर्छः त्रिपाठी >> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल
संस्कृति

राष्ट्रिय ज्योतिष सम्मेलनको तयारी पूरा : सम्मेलन ऐतिहासिक हुने आयोजकको दाबी

१५ कार्तिक २०८०, बुधबार
१५ कार्तिक २०८०, बुधबार

दाङ, १४ कात्तिक ।

दाङको घोराहीमा बिहीबारदेखि सुरु हुने १८ औं राष्ट्रिय ज्योतिष सम्मेलनको तयारी पूरा भएको छ । बुधबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल ज्योतिष परिषद्ले सम्मेलनको बारेमा जानकारी गराएको छ । उक्त सम्मेलनको सबै तयारी पुरा भएको र सम्मेलनको नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

नेपालभित्र रहेका ज्योतिष वास्तु तथा कर्मकाण्ड क्षेत्रमा लागेकाहरुलाई संगठित गरी ज्योतिष वास्तु तथा कर्मकाण्ड पेसालाई मर्यादित र व्यवस्थित गराउनुका साथै जनमानसमा यी विधाहरूको प्रचारप्रसार गर्न र ज्योतिष विज्ञानको अध्ययन, अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छरिएर रहेका गणित ज्योतिष र फलित ज्योतिष विधामा रहेका मतमतान्तरहरुलाई मनन गरी वास्तविक तथ्यको निक्र्यौल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

ज्योतिषीय परामर्श जन्मदेखि मृत्युप्रयन्त सबैलाई आवश्यकता पर्ने भएकोले सर्वसाधारण सवैमा प्रारम्भिक ज्योतिषको ज्ञान दिलाउन प्रयास गर्ने, ज्योतिष विज्ञानको गरिमा र सत्यतालाई समाजमा जानकारी गराउने संस्थाको उद्देश्य अनुसार नै संस्थाको संगठन सुदृढीकरण र विस्तारका लागि २५ औं वार्षिक साधारणसभा तथा १८ औं राष्ट्रिय ज्योतिष, वास्तु तथा अध्यात्म सम्मेलन २०८० को आयोजना गरिएको छ ।

नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश समितिले विभिन्न सृजनात्मक कार्य गर्नुका साथै अत्याधुनिक सभाहल, विद्युतीय पुस्तकालय, वेधशाला, ग्रहवाटिका, ज्योतिष प्रवर्तकहरुको मुर्ति समेत स्थापना गरि सुविधासम्पन्न भवन निर्माण गर्ने प्रशंसनीय कार्य गरेकोले सो कार्यलाई प्रोत्साहन गर्न स्वर्गद्वारी महाप्रभुको क्रिडास्थल लुम्बिनी प्रदेशको सुन्दर नगरी घोराही दाङमा यो कार्यक्रम आयोजना गरिएको हो ।

सम्मेलनमा कार्यपत्र प्रस्तोता उपप्राध्यापक.कपिलदेव सुवेदी, वैदिक वास्तु विषयक ई. लक्ष्मीप्रसाद सोती वास्तुमा पञ्चतत्वको अवस्था र महत्व विषयक कार्यपत्र प्रस्तोता प्राडा अर्जुन प्रसाद भट्टराई, ज्योतिषमा विद्या र सन्तान विचार विषयक प्राध्यापक. प्रेमकुमार आचार्य संस्कारको महत्व र सोह्र संस्कारहरु विषयक कार्यपत्र प्रस्तुत हुनुका साथै नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको मुखपत्र ज्योतिष सन्देशसमेत लोकार्पण हुने आयोजकले जनाएको छ । विभिन्न विषयहरूलाई दुइदिने कार्यक्रममा समेटिने भएकाले सम्मेलन ऐतिहासिक हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?