ट्रेंडिंग:

>> बुटवलमा ‘मोक्ष सभाहल’ उद्घाटन, जीवन विज्ञान र योग सिकाईने >> जेठ १७ र १८ गते रुपन्देही जिल्लास्तरीय राष्ट्रपति छनौट खेल हुने >> बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु >> रोयल सिद्धार्थ ५८ रनले विजयी >> फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ >> दाङका विभिन्न वन क्षेत्रमा सातवटा वयस्क बाघ फेला >> अवैध रुपमा गोरु ओसार पसार गर्ने दुईजना ट्रक सहित पक्राउ >> तिनाउ ड्यामसाइडमा डुबेर भारतीय युवकको मृत्यु >> परराष्ट्रमन्त्री डा.राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता >> दुर्गा प्रसाईंसहित ५६ जनालाई हिरासतमा राख्न म्याद थप >> शेयर बजारमा १९.१४ अंकको वृद्धि, ९ अर्ब ८२ करोडको कारोबार >> सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि बन्द >> उपाधिका लागि न्यू होराईजन र कान्ति माबि भिड्ने >> एमालेका गण्डकी प्रदेश सदस्य छन्त्यालसहित १३ जना माओवादी केन्द्रमा प्रवेश >> दिगो पर्यटन सहकारीको ऋण नतिरेपछि कृष्ण कुमार अर्याल पक्राउ >> निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिवसहित सचिवहरूको माग >> सार्वजनिक लेखा समितिमा सभापति पोखरेल र सदस्य मोदीबीच भनाभन >> राजतन्त्र पक्षधरलाई दिइएको छुटलाई कमजोरी नठान्नू : मन्त्री गुरुङ >> रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा वकिलको बहस सकियो >> पतञ्जली जग्गा प्रकरणको प्रतिवेदन अख्तियारमा सिफारिस >> सभापति देउवाले कांग्रेस नेताहरूसँग छलफल गर्ने >> सिल्क रोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन सक्ने: तिमिल्सिना >> ‘अब कोही बेपत्ता छैनन्, सबै शहीद भइसके’ – प्रचण्ड >> भारतमा आँधीहुरीको कहरः उत्तर प्रदेशमा १४ जनाको ज्यान गयो >> सुनको मूल्य १ हजार ७ सय रुपैयाँले वृद्धि >> रवि लामिछानेको रिहाइ माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ >> कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा >> चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या >> जुनिचाँदे गाउँपालिकाको नक्कली छाप र रसिद सहित दुई युवा पक्राउ >> पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति >> सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत ‘आयन भी’ ब्रान्डको ‘एन्डोर्सर’ नियुक्त >> बोर्डिङ स्कुलमा निःशुल्क पढ्ने व्यवस्था >> खोला निकासी रोकिँदा निर्माण सामग्रीको अभाव >> लुम्बिनीको नीति तथा कार्यक्रममा जलवायुका मुद्दा >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पाल्पालाई बेरुजुको साढे २० करोडको भारी >> बल्ल पुग्यो ज्यामिरेमा उज्यालो >> मानव तस्करको फन्दामा नाबालक >> बोलाएको बेला उपस्थित हुने गरी अख्तियारबाट छुटे सहसचिव भट्टराई >> चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा >> एक हप्तापछि पुग्यो तिलगाउँमा राहत, अझै पुगेन सरकार >> मायादेवीका ८ पशुपालकलाई भैसी बितरण >> गृहमन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा >> ‘लोडसेडिङ’ सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला हो। -उर्जामन्त्री खड्का >> निर्यातमा ऐतिहासिक छलाङ, १० महिनामै २ खर्ब १७ अर्ब पुग्यो >> त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा >> कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर >> बैजनाथ गाउँपालिकाको मूलगेटमा उपाध्यक्ष रोकायाले लगाइन् ताला >> शेयर बजार ७.९४ अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो >> महिला तथा सामाजिक समितिको बैठकमा माइक प्रहार, सांसद र सभापतिबीच भनाभन

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

आज मिति २०८० साल आश्विन ११ गते बिहिबार। तदनुसार सन् २०२३ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। भाद्र शुक्लपक्ष चतुर्दशी। पुर्वभाद्र नक्षत्र। गण्ड योग। गर करण। कुम्भ राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ५.५५  / सूर्यास्तः १७.५२ बजे।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। शारीरिक र मानसिक रूपले ताजा र प्रसन्न अनुभव गर्नहुनेछ। साथी र परिवारसँग वैचारिक मतभेद भने रहला। उपहार प्राप्त गर्नुहुनेछ। आर्थिक लाभ होला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पूर्ण स्थिर रहेर काम सम्पन्न गर्नुहोला। यात्राको आयोजन सफल हुने छैन। घरपरिवारबाट प्रेम र समर्थन प्राप्त गर्नुहुनेछ। लेखन क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाइनेछ । स्वास्थ्य राम्रो रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईको मन केहि चन्चल रहनेछ,जसकारण उपयुक्त निर्णय लिन कठिनाई हुनेछ । साथै महत्त्वपूर्ण काम पूरा हुनेछैन। प्रतिस्पर्धीको सामना गर्नुपर्ने हुन्छ। बौद्धिक वा तार्किक छलफलमा भाग लिनुहुनेछ। छोटो यात्रा हुन सक्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम गर्ने योजना पूरा हुनेछ। व्यापारी र व्यवसायिक व्यक्तिको लागि लाभदायक दिन साबित हुनेछ। उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ जसकारण पदोन्नति हुन सक्ला। स्वास्थ्य स्वस्थ रहनेछ। पारिवारिक वातावरण रमणीय रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक कारोबारमा सफलता प्राप्त होला। उत्तम भोजन प्राप्त होला। साथीसँग रमणीय स्थानमा जान सक्नुहुनेछ। छोरासँग भेट्ने अवसर प्राप्त हुनेछ। कुनै शुभ प्रसंग प्राप्त हुनेछ। वैवाहिक जीवन राम्रो रहनेछ र श्रीमतीको सहयोग प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा डर एवम् चिन्ताको अनुभव हुनेछ। परिवारमा मतभेदका कारण पारिवारिक वातावरण केही तनावपूर्ण रहनेछ। मानसिक रुपले बेचैन रहनुहुनेछ। बोलिमा विशेष ध्यान राख्नुहोला। अत्यधिक खर्च हुनसक्ला। गलत धारणाबाट टाढा रहनुपर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन आनन्दमा बित्नेछ । स्वादिष्ट भोजन तथा नयाँ कपडा प्राप्त गर्नुहुनेछ। नयाँ व्यक्तितर्फ आकर्षण रहनुको साथै उनीहरुसँगको भेट रोमाञ्चक रहनेछ। तपाईको विचार भने स्थिर रहनेछैन। प्रणय सम्बन्धमा सुखानुभुतिको अनुभव रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। शारीरिक र मानसिक स्वास्थ्यमा केही समस्या देखिएला। रिसलाई नियन्त्रणमा राख्नुहोला। कुनै पनि अनैतिक काम र गतिविधिबाट टाढा रहनुहोला अन्यथा समस्यामा पर्नुहुनेछ। पानीबाट टाढा बस्नुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक कार्य र साहित्य लेखनमा सक्रिय रहनुहुनेछ। छोटो दुरिको रमाइलो यात्रामा जाने सुअवसर प्राप्त हुनेछ। विदेशमा बस्ने साथी र आफन्तबाट शुभ खबर प्राप्त गर्नुहुनेछ जसकारण तपाई निकै प्रसन्न रहनुहुनेछ ।स्वास्थ्यमा सुधारको अनुभव गर्नुहुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाईको आजको दिन त्यति राम्रो छैन। आफन्त र साथीभाइसग वादविवाद हुन सक्ला। शारीरिक तथा मानसिक स्वास्थ्य खराब हुन सक्छ । कुनै पनि जटिल परिस्थिति उत्पन्न हुन सक्छ जसले समस्यामा पनि पार्न सक्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारीरिक तथा मानसिक रुपले निराश रहनुहुनेछ। आजको दिन कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनु नै फाइदाजनक हुनेछ। शीर तथा आँखा सम्बन्धि समस्या देखापर्ला। निर्धारित कार्य पूरा नहुँदा निराश रहनुहुनेछ। मन अशान्त रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। व्यापारको विकासको लागि दिन फलदायक साबित हुनेछ। धन लाभको योग रहेको छ। सहकर्मीको सहयोग मिल्नेछ तर अरुको भर पर्दा धोका पाउन सक्ने सम्भावना देखिन्छ ।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?