ट्रेंडिंग:

>> ईलिट जेआर र बुटवल १९ फाईनलमा >> कर छलीको आरोपमा रुपन्देहीका दुई व्यवसायी माथि मुद्दा दायर, एक करोड ४४ लाख बिगो माग >> भारततर्फको समस्याले नेपालको विद्युत सेवा आंशिक अवरुद्ध >> घोराही–बंगलाचुली जीर्ण सडक मर्मत गर्ने निर्णय >> राप्ती गाउँपालिकामा आगामी बजेटका लागि सुझाव संकलन >> बजार क्षेत्रमा अग्नि नियन्त्रण स्प्रे जडान >> टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै पाैने ३ अर्ब मागदाबी >> बहराइनमाथि नेपालको संघर्षपूर्ण जित >> पाँचौ दिन लगातार घट्यो सेयर कारोबार >> यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह >> नेपाल बहराइनको खेल वर्षाले रोकियो >> प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना नगरिदिनुहोस’ >> प्रधानमन्त्री देखि मन्त्रीका सल्लाहकारले विचौलिया हावी गराएः रामहरि खतिवडा >> एचआइभी रोग नियन्त्रणको लागि यौनकर्मी परिचालन >> अनलाईन घरधुरी सर्भेक्षण शुरु >> विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागू गर्न अमृत साइन्स क्याम्पस स्ववियुको माग >> प्रधानमन्त्रीसँग चिनियाँ जनकांग्रेसका बीचमा शिष्टचार भेट >> मोहन बस्नेतको सांसद पद निलम्बन हुने >> गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीका नयाँ कुरा, मेरिटोक्रेसीबाट गभर्नर नियुक्ति गरिने >> कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनालाई ३ अर्बको भ्रष्टचार मुद्दा >> राजश्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश >> अब रोटीमा यो चीज मिसाएर पकाउनुहोस्, कब्जियत चट >> घट्यो सुनको मूल्य >> जित्नै पर्नै दबाबका बिच नेपाल बहराइनसँग भिडदैँ >> लखनउमा बस आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु >> थाकलबाट सजावटका सामान >> मालिका गाउँपालिकालाई एमालेको १७ बुँदे ज्ञापनपत्र >> घरेलु श्रमिकको व्यवस्थापनमा चुनौति >> मणिग्राममा जब दुई सवारी जुधे………. >> निरासाको बादल फाट्ने कहिले ? >> सत्यवतीमा ‘कृषि एम्बुलेन्स’ >> अर्घाखाँचीः गर्मीको ‘हाई स्टेशन’ >> अदुरदर्शी संघीय सरकारः जमिन खोस्रिएर रोकियो औद्योगिक >> लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक आज बस्दै, यस्तो छ कार्यसूची >> कपिलवस्तुका युवक बुटवलबाट बेपत्ता >> बदलिँदो नेपाली समाज र पारिवारिक संरचनाको अनुहार >> चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ >> वाईसिएल रुपन्देहीको अध्यक्षमा गोविन्द खरेल >> बाँकेका ६ वटा पालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> सरकारी निकायबाट ४ खर्ब ३५ अर्ब राजस्व तथा ऋण असुल्न बाँकी >> आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहको बेरुजु घट्यो >> विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्छ : अध्यक्ष राउत >> लगातार चौथो दिन शेयर बजारमा गिरावट, नेप्से १३.९६ अङ्कले घट्यो >> ‘ लुम्बिनी पिस अनर २०२५’ बाट पर्यटन व्यवसायी खत्री सम्मानित >> भारतसँगको तनावमा पाकिस्तान बहादुर राष्ट्र प्रमाणित भयो : इमरान खान >> तिलोत्तमामा एसी सहितका खोपकेन्द्र, स्थानीयमा खुसीयाली >> आर्थिक वर्ष २०८०/८१ को ६२औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश >> प्रधानमन्त्री ओलीसँग ‘कोरिया रेलरोड कर्पोरेसन’ का प्रमुखको भेटवार्ता >> पोखरामा नगरबस दुर्घटना, २२ जना घाइते

पाकिस्तानलाई हराउँदै श्रीलङ्का एसिया कपको फाइनलमा

२९ भाद्र २०८०, शुक्रबार
२९ भाद्र २०८०, शुक्रबार

काठमाडौँ, २९ भदौ ।

एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह—आयोजक श्रीलङ्काबीच भिडन्त हुने भएको छ । श्रीलङ्काले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्‍यो ।

निर्णायक खेलमा जित हात पारेसँगै श्रीलङ्का प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ ।

वर्षाका कारण खेल ४२—४२ ओभरमा घटाइएको थियो । पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

श्रीलङ्काका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९१ रनको योगदान गरे । उनले केवल ८७ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । सदिरा सामराबिक्रमाले पनि टोलीका लागि ४८ रनको योगदान गरे । उनले ५१ बलमा चार चौका प्रहार गरे । यी दुई ब्याट्सम्यानले एक सय रनको साझेदारी गरेका थिए ।

श्रीलङ्काको जितमा चरिथ असालंका नायक बने । उनले अविजित ४९ रन बनाए । उनले ४७ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । ओपनर पाथुम निसानकाले २९ रन बनाए । अर्का ओपनर कुशल परेरा पनि १७ रनमै पेभेलियन फर्किएका थिए ।

कप्तान दुसान सानका भने दुई रनमै आउट भए । धनन्जय डा सिल्भा पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी पाँच रन बनाउँदै पेभेलियन फर्किए । दुनिथ वेल्लालागे ‘डक आउट’ भए । प्रमोद मदुसन पनि एक रन बनाउँदै पेभेलियन फर्किए । पाकिस्तानी बलर इफ्तिखार अहमदले तीन र साहिन शाह अफरिदीले दुई विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निर्णय लिएको पाकिस्तानले पालीको खराब सुरुआत गरेको थियो । पाकिस्तानले नौ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान फाखर जामन चार रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

अर्का ओपनर अब्दुल्लाह सफिकले भने टोलीका लागि ५२ रनको योगदान गरेका थिए । उनले ६९ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । पाकिस्तानको पाली भने चौथो नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले समालेका थिए ।

विकेटकिपर ब्याट्सम्यान रिजवानले टोलीका लागि अविजित ८६ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएको रिजवानले केवल ७३ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काए । रिजवान र इफ्तिखार अहमदले टोलीका लागि एक सय आठ रनको साझेदारी गरे ।

इफ्तिखार अहमले ४०।३ ओभरमा आउट हुनुअघि ४७ रन बनाए । उनले केवल ४० बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काएका थिए । त्यसअघि तेस्रो नम्बरका ब्याट्सम्यान बाबर आजमले टोलीको खातामा २९ रन थपेका थिए ।

कप्तान आजमले ३५ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । मोहम्मद नवाजले १२ बलमा दुई चौकाको मद्दतले १२ रन बनाए । मोहम्मद ह्यारिस तीन रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानले अतिरिक्त रुपमा १५ रन पाएको थियो ।

सदाब खान पनि तीन रनमा आउट भए । साहिन शाह अफरिदी एक रनमा अविजित रहे । श्रीलङ्काली टोलीका बलर मथिसा पाथिरानाले तीन विकेट लिए । प्रमोद मदुसनले पनि दुई विकेट हात पारे । महिस थिकसना र दुनिथ वेल्लालागेले एक—एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%