ट्रेंडिंग:

>> प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> कोशी, गण्डकी र बाग्मती  प्रदेशमा चट्याङ्ग सहित वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान >> इन्धनको मूल्य घट्यो >> कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला >> मकैमा फौजी किराको प्रकोप >> प्रदेश सरकारका अस्थिर पर्यटन नीति र त्यसका असरहरू >> प्रगति विवरण होइन, काम देखाउ सरकार >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मोटरबाटोले हरायो बटुवा हिंड्ने गोरेटो >> चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबी प्रहरी नियन्त्रणमा >> काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन >> छिपछिपे सहकारीका ७ जना पुर्पक्षका लागि कारागार चलान >> लुम्बिनीको वजेट ३८ अर्ब ९५ करोड (पूर्ण पाठ सहित) >> चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, १५१ युनिट रगत संकलन >> चाैथाे अधिवेशन । तेह्राैं बैंठक | लुम्बिनी प्रदेश सभा । २०८१ असार १ गते >> आईसीसीले पनि भन्यो– दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक >> राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने >> तिलोत्तमा व्यापार संघद्वारा ९ वटा वस्तुगत समिति गठन >> तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत >> मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न >> राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा >> दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त >> नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोक्यो, कुशल भुर्तेलले लिए ४ विकेट >> नेपाल टस जितेर फिल्डिङ गर्दै, सागरको ठाउँमा सन्दीप >> अभिभावकको छहारी >> उल्टो धारमा सुल्टो धारणा >> ‘बल ब्वाय’ बाट कोच >> बाली बीमामा ‘बढेन आकर्षण’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सप्तकोशी बैंकका पूर्वसीईओ नवीन सुवेदीलाई ३ वर्ष भन्दा बढी कैद, २ करोड बढी जरिवाना >> असार ३ गते सार्वजनिक बिदा >> गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटा पदमुक्त >> विकास र राजनीतिलाई जोडेर लैजाऔं : पौडेल >> लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा तेस्रोपटक आचार्य >> चर्को गर्मीले विद्यार्थी बेहोस, सल्यानमा विद्यालय बन्द >> ‘हरेक ५० जना बालबालिकामा एकजनालाई अटिजम’ >> ताप्लेजुङमा पहिरोले घर बगाउंदा चारजनाको मृत्यु >> एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित >> वेस्ट इन्डिज पुग्यो नेपाली टोली : भोलि दक्षिण अफ्रिकासँग खेल्दै >> टी-२० विश्वकप :आज अफगानिस्तान र पीएनजी तथा अमेरिका र आयरल्याण्डबिच खेल हुँदै >> लुम्बिनी प्रदेशमा आज पनि पानी नपर्नेः यस्तो छ अन्य ठाउँमा मौसम पूर्वानुमान >> नेपालको शिक्षा नीतिमै अलमल : नैतिकता र संस्कारको खडेरी >> निर्माणाधीन नालामा माटोको ढिस्कोले पुरिंदा तीन मजदुरको मृत्यु >> किसानलाई उपकरण वितरण >> १६ दिने निःशुल्क वारिष्ठा तालिम सुरु >> रक्तदातालाई प्रोत्साहनको खाँचो >> बैँकको खाताबाट बचत गायब सेवाग्राहीको बिचल्ली ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मानव विकास सूचकांकले गिज्याउँदै प्रदेश सरकार >> लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा 

गैडहवामा ईलाका प्रशासन कार्यालय राख्न गृहमन्त्रीसँग माग

२७ भाद्र २०८०, बुधबार
२७ भाद्र २०८०, बुधबार

गैंडहवा, २७ भदौ ।

रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै बुधबार प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडलले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गृहमन्त्रालयमा छलफल गरेका छन् ।

क्षेत्र नं. ५ मा पर्ने गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाका ३२ वटा वडाका अधिकांश बासिन्दालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापनाको विषयमा छलफल भएको हो ।

त्यसक्रममा प्रतिनिधिसभा सदस्य घिमिरेले स्थानीय सरकारका जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालाहरुको सर्वदलीय बैठक बसी गरेको निर्णयको छायाँप्रतिसहित आफ्नो तर्फबाट ईलाका प्रशासन कार्यालय स्थापनाको मागसहितको पत्र गृहमन्त्री श्रेष्ठलाई प्रदान गरे । छलफलमा उनले क्षेत्र नं. ५ का ३२ वडाका अधिकांश नागरिकलाई जिल्ला सदरमुकाम भैरहवा पुगेर प्रशासनिक सेवा लिन कठिन रहेकोले यथाशीघ्र ईलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइदिन गृहमन्त्री श्रेष्ठसँग माग गरे ।

पायक पर्ने स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने यहाँका नागरिकहरुको धेरै पहिला देखिको माग रहेको उल्लेख गर्दै उनले यही सन्दर्भलाई लिएर स्थानीय सरकारका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेतालगायत सरोकारवालाहरुको सर्वदलीय बैठक बसेर अधिकांश जनतालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयमा माग गर्ने निर्णय भएको समेत जानकारी गराए ।
यस्तै गाउँपालिका अध्यक्ष पौडेलले जनतालाई छिटोछरितो प्रशासनिक सेवा प्रदान गर्ने नेपाल सरकारको नीति समेत रहेकोले गैडहवामा ईलाका प्रशासन कार्यालय अनिवार्य रहेको बताए । उनले सामाजिक न्यायको लागि पनि क्षेत्र नं. ५ का बासिन्दाका लागि गैडहवामा नैं ईलाका प्रशासन कार्यालय आवश्यक रहेको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?