© २०२३
लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गरिएको करिव एक वर्ष पूरा भएको छ । बाकेको खजुरामा स्थापना भएको यो विश्वविद्यालयले स्थापनाको छोटो समयमै विभिन्न विधामा विद्यार्थी भर्ना खुलाएको छ । विश्वविद्यालयका उपकुलपति विनोद ढकाल दीर्घकालीन योजनाका साथ विश्वविद्यालय अघि बढेको बताउँछन् । नेपालगन्ज स्थित डिभिजन वन परिसर भित्र रहेको भवनमा सञ्चालित लुम्बिनी प्राविधिक विश्वविद्यालयको शैक्षिक कार्यक्रम, विश्वविद्यालयको भावी योजना लगायतका विषयमा केन्द्रित रहेर न्युज बुटवल टुडेले विश्वविद्यालयका उपकुलपति ढकालसँग गरेको कुारकानीको सारसंक्षेपः
विश्वविद्यालयले कस्ता शैक्षिक कार्यक्रमहरु अगाडि बढाएको छ ?
विश्वविद्यालयमा इन्जिनियरिङ्ग, कृषि, वन, सूचना प्रविधि तथा पर्यटन गरी पाँचवटा विधामा शैक्षिक कार्यक्रमहरु छन् । त्यसमध्ये विश्वविद्यालयले ‘बी टेक इन सीएस एन्ड एआई’ र ‘बी टेक इन आईटी’मा भर्ना खुला गरेको छ ।
यी विषयमा भर्ना हुन चाहने विद्यार्थीको मापदण्ड के हो ?
बी टेक इन सीएस एन्ड एआई विषयमा भर्ना हुन कक्षा ११÷१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्छ । त्यस्तै बी टेक इन आईटीमा भर्ना हुन भने कक्षा ११÷१२ मा जुनसुकै विषय लिए पनि न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ । इच्छुक विद्यार्थीले आगामी असोज ५ गतेसम्म नियमित र विलम्ब शुल्कमा असोज १२ सम्म फाराम भर्न सक्नेछन् । यी दुवै विषयको प्रवेश परीक्षा भने असोज १७ गते हुने छ । साथै असोज मसान्तसम्म ओरियन्टेसन कक्षा सञ्चालन गर्ने विश्वविद्यालयको योजना छ ।
यसको कोर्षबारे बताइदिनु न ?
बी टेक इन सीएस एन्ड एआई भनेको ब्याचर अफ टेक्नोलोजी इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स हो । यो कोर्ष चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्षमा कम्प्युर विज्ञान र एआई दुवै क्षेत्रको विषयहरू समेटिएको छ । प्रविधि तथा एआईसँग सम्बन्धित उद्योगका लागि जनशक्ति उत्पादन गर्न कोर्षमा सैद्धान्तिक सँगै प्रयोगात्मक विषय राखिएको छ । यो कोर्ष नियमित शुल्कमा पढ्न एक लाख ३० हजार र पूर्ण शुल्कमा पढ्न पाँच लाख १८ हजार रुपैयाँ लाग्छ ।
बी टेक इन आईटी भनेको ब्याचलर अफ टेक्नोलोजी इन इन्फर्मेसन टेक्नोलोजी कोर्ष हो । जुन चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीलाई आईटी प्रिन्सिपल, कम्प्युटर सिस्टम, प्रोग्रामिङ ल्याङ्ग्वेज, नेटवर्किङ, डेटाबेस र सफ्टवेयर डेभलपमेन्टका विषयहरूको ज्ञान दिइने छ । प्रयोगात्मक कक्षा र सैद्धान्तिक ज्ञानलाई मिसाएर आईटी क्षेत्रका लागि विभिन्न जनशक्ति तयार पार्नु कोर्षको उद्देश्य रहेको छ । यो कोर्ष नियमित शुल्कमा पढ्न एक लाख १५ हजार र पूर्ण शुल्कमा पढ्न चार लाख ६० हजार रुपैयाँ लाग्छ ।
यसका लागि कति विद्यार्थीलाई अध्यापन गराउने विश्वविद्यालयको योजना छ ?
यी दुवै कोर्षको कोटा ४८ रहेको छ । जसमा विश्वविद्यालयले ४ जनालाई पूर्ण छात्रवृत्ति र १२ जनालाई नियमित शुल्कमा अध्यापन गराउने तयारी गरेको छ । यो भनेको भर्ना हुन आएका १२.५ प्रतिशत विद्यार्थीलाई लुम्बिनी प्रदेश मुख्यमन्त्री छात्रवृत्ति र ८.३ प्रतिशतलाई मेरिटका आधारमा छात्रवृत्ति दिइने छ । साथै नेपाल इन्जिनियरिङ परिषदबाट कोर्षको अनुमति पाउन साथै आईटी इन्जिनियरिङको पनि भर्ना खुला गर्ने तयारीमा छौं ।
विश्वविद्यालयको पूर्वाधार निर्माणको काम त अगाडि बढेको छैन नि ?
विश्वविद्यालयको पूर्वाधार निर्माणको काम हुन नसके अहिले रहेको कार्यालयबाटै पढाउने योजना छ । विश्वविद्यालय खजुरामा प्रस्तावित गरिएकोले पूर्वाधार निर्माणको काम पनि अव छिटै नै अघि बढ्ने विश्वासमा छौं । अर्को वर्षको शैक्षिक सत्रबाट थप शैक्षिक कार्यक्रम संचालन गर्ने योजनामा छौं ।
शैक्षिक कार्यक्रम कहाँकहाँ सञ्चालन हुँदैछन् ?
खजुराको केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ्ग र सूचना प्रविधि र निकट भविष्यमा दाङ्ग र रुपन्देहीमा कृषि, वन र पर्यटनसंग सम्बन्धित कार्यक्रम संचालन हुने छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी