© २०२३
बुटवल, २५ भदौ ।
राष्ट्रिय बाल दिवस –२०८० को अवसरमा नेपाल बाल संगठन रुपन्देहीले जिल्लाव्यापी विद्यालयस्तरीय तीज गित प्रतियोगिता सम्पन्न गरेको छ । बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बुटवल बाल मन्दिरको सभाहलमा सम्पन्न भएको उक्त प्रतियोगितामा रुपन्देहीका ११ बिद्यालय सहभागी भएको नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा एभरेस्ट बोर्डिङ स्कुल प्रथम, गाग्री एकेडेमी द्वितीय, न्यू होराईजन तृतीय भएको छ भने उक्त प्रतियोगितामा होराईजन गौतम बुद्ध एकेडेमी सान्त्वना भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५ हजार सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको नेपाल बाल संगठनका कार्यसमिति सदस्य सुरज भट्टराईले जानकारी दिए । प्रतियोगितामा नारायण प्रसाद खनाल, अन्जु श्रेष्ठ र अनु रजकले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यसअघि प्रतियोगिताको उदघाटन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले गरेकी थिइन् । त्यस अवसरमा उनले तीज पर्वको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वमाथि चर्चा गर्दै बदलिंदो परिवेशसँग तीज मनाउने प्रचलन पनि फेरिंदै गएको बताइन् ।
त्यस अवसरमा प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे, समाजसेवी अरुणा श्रेष्ठ, नमस्ते नेपाल बाल क्लबको उपाध्यक्ष एलिजा थारु, संगठनका उपाध्यक्ष अञ्जु श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । प्रतियोगी टिमहरुको सहजीकरण संगठनको सचिव कल्पना पाँडे मगरले गरेकी थिइन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी