ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

विद्यालयस्तरमा जिम्न्यास्टिक्स खेल विकासलाई जोड

कास्कीको अध्यक्षमा सोमबहादुर निर्वाचित
२४ भाद्र २०८०, आईतवार
२४ भाद्र २०८०, आईतवार

पोखरा, २४ भदौ । कास्की जिल्ला जिम्न्यास्टिक्स संघको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सोमबहादुर साईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्ष एनशोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा दिपेन्द्र अधिकारी, सहकोषाध्यक्षमा अर्जुन गुरुङ तथा सदस्यहरुमा मीनबहादुर थापा, सुवर्णराज पन्त, पविन बास्तोला, दिपेश राना, रामबहादुर क्षेत्री, मुना लामिछाने र बालकुमारी गुरुङ छन् ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक नेपाल जिम्न्याष्टिक्स संघका केन्द्रीय सदस्य योगेन्द्रबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारी, सदस्य केशवशरण पौडेल, राजु कायस्थ र राजु केसीले सपथ खुवाएका थिए ।
कार्यक्रममा कास्की जिल्ला जिम्यास्टिक्स संघका सचिव प्रकाशचन्द्र सापकोटाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष थमनबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन सभाले सर्वसम्मत पास गरेको थियो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष ध्वजकुमार गुरुङले खेलाडी उत्पादनमा सबै संघसंस्थाहरुको पहल जरुरी रहेको बताए । अब हुने दशौ राष्ट्रिय खेलकुद महोत्वसलाई लक्षित गरेर खेलाडी उत्पादन गर्न सुझाव दिदै उनले पुर्वाधार र खेल विकासमा एकिकृत योजना बनाउनुपर्ने बताए । ‘सुस्ताएको जिम्न्यास्टिकलाई चलायमान गराएर कास्कीमा पनि जिम्न्याष्टिक खेल छ है भन्ने अवस्था तपाईहरुले ल्याउनुभएको छ ।’ उनले थपे, ‘अब खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेललाई पुर्याउने दायित्व संघको काधमा आएको छ ।’ जिम्यास्टिकका हरेक गतिविधिमा प्रदेश खेलकुद परिषदले समन्वय गरेर अगाडि बढ्ने उनले विश्वास दिलाए ।

कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारी, नेपाल जिम्न्यास्टिक्स संघका केन्द्रीय सदस्य योगेन्द्रबहादुर गुरुङ, कास्की जिल्ला जिम्न्यास्टिक्स संघका सल्लाहकार केशवशरण पौडेलले निजि तथा सामुदायिक विद्यालयस्तरमा जिम्न्यास्टिक्स खेल विकासलाई जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?