ट्रेंडिंग:

>> वरिष्ठ साहित्यकार गणेश रसिकको निधन >> सहकारी क्षेत्रमा ९ खर्बभन्दा बढी कर्जा प्रवाह >> हरेक दिन अनार खादा तपाईँको शरीरमा देखिनेछ नयाँ नयाँ परिवर्तन >> राजसंस्थाको पक्षमा राजावादीहरूको प्रदर्शन आज पनि जारी >> रुसमा रेल्वे ट्रयाकको पुल भत्किदा ७ को मृत्यु >> डोटीमा जिप दुर्घटना : एकको मृत्यु, आठ घाइते >> सार्वजनिक यातायात व्यवसायीहरुले थाले आन्दोलन >> २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ >> तीन सयले बढ्यो सुनको मूल्य >> तिलोत्तमा ब्याडमिन्टन प्रतियोगिता  >> प्रधानमन्त्रीले आज एकै पटक ६४ सडक शिलान्यास गर्दै, १२ सय ७० करोडको योजना >> एकै दिन ३ सय जनाले गरे रक्तदान >> प्रतिवेदन कार्यान्वयनमा स्थानीय तहको भूमिका >> बजेटले बढाएको उत्साह  >> अन्तरपालिका समन्वय गरी विकासमा जोड >> राष्ट्रिय परिचयपत्रको ‘सास्ती’ >>  रक्तदानमा ‘अभियन्ता’ कै भर >> स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार >> देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा >> घरघरमा धारा पुगेपछि फेरियो दैनिकी >> काठको आयात रोक्नुपर्नेमा वनमन्त्रीको जोड >> बेसहारा महिला र अनाथ बालबालिकाको साथमा नेता आनन्द विष्टले मनाए जन्मदिन >> आज राति पनि कोशीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना >> आन्दोलनरत कर्मचारीलाई वार्ताका लागि आह्वान >> सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना >> गृहमन्त्रीकाे राजीनामा माग अनुचित, पूरा हुन सम्भव छैन: प्रधानमन्त्री >> नवलपरासीमा सात सय बढी भूमिहीनका लागि आवास निर्माण हुने >> खुलालु–लालिघाट सडक पुर्ण रुपमा बन्द >> गुल्मेली समाज जापानद्वारा नगर प्रमुखलाई सम्मान  >> दुई वर्षमा तीन लाखले चढे लुम्बिनी केवल कार >> टिकटकमा अन्तरजातीय प्रेम र सामाजिक चुनौती  >> गौतमबुद्ध मावि विद्यार्थीविहीन हुने अवस्थामा >> गाउँकै अस्पतालमा उपचार पाउँदा स्थानीय दङ्ग >> कृषिमार्फत ‘समृद्धि सपना’ >> आज पनि देशभर पानी पर्ने, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना >> बजेटमा कर्णाली : अधिकांश पुरानै योजनालाई निरन्तरता >> विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनी विरुद्व अभिमुखिकरण >> विदेश भ्रमणमा अब ५ प्रतिशत शुल्क नलाग्ने, आर्थिक विधेयकमा व्यवस्था हटाइयो >> प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म >> ११ डिआइजीको सरुवा, को कहाँ? >> सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुटाउनुपर्छ : नैनसिंह महर >> क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सरकारको प्राथमिकतामा: उर्जामन्त्री >> अमेरिकाले पाँच महिनामा १ हजार भारतीयलाई डिपोर्ट गर्‍यो >> पाल्पा बन्यो, पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्ला >> विष्णु रिमाल – नयाँ बजेटप्रति सबैको सकारात्मक प्रतिक्रिया बढ्दो >> काठमाडौंमा राजावादी आन्दोलन जारी: माइतीघर–बानेश्वर सडक अवरुद्ध >> आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग >> बजेट कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट कार्ययोजनाको काम सुरु हुन्छ: अर्थमन्त्री >> जेठ १८ गते काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा >> प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका तय गर्न सिंहदरबारमा बैठक जारी

रेडियो मुक्तिको तीज गीत प्रतियोगितामा इङ्गुरिया दिदिबहिनी समूह प्रथम

२३ भाद्र २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार

बुटवल, २३ भदौ ।

रेडियो मुक्ति बुटवलको आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगितामा सैनामैनाको इङ्गुरिया दिदिबहिनी आयआर्जन महिला समूह प्रथम भएको छ ।

खानेपानी, सरसफाई र स्वच्छता, समावेशी सहभागिता सहितको लैङ्गिक समानता बिषयक आयोजना गरिएको प्रतियोगितामा रुपन्देही र पाल्पाका ७ टिमको सहभागिता रहेको थियो ।

७ टिम मध्ये इङ्गुरिया दिदिबहीनी आयआर्जन महिला समूह प्रथम भएको हो । प्रथम भएको महिला समूहले नगद २५ हजार प्राप्त गर्न सफल भयो । त्यस्तै ज्योति जागृति आमा समूह तिनपाले द्वितीय स्थान हासिल गर्दै रु २० हजार रुपैयाँ र प्रमाणपत्र, तृतीय हुन सफल प्रगतिशिल आमा समूह बुटवल बमघाटले रु १५ हजार रुपैयाँ र प्रमाणपत्र हात पारेको छ ।

प्रोत्साहन पुरस्कार सयपत्री आमा समूह तिनाउ गाउँपालिका पाल्पाले प्राप्त गरेको छ । सयपत्रीले रु १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । सबै बिजेता समूहलाई र उपबिजेता समूहलाई रेडियो मुक्तिका अध्यक्ष दिपु पोखरेल र बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले पुरस्कार र प्रदान गरेका थिए ।

प्रतियोगितामा गायक तथा सर्जक नारायण खनाल लेकाली, गायिका कल्पना कुसुम र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट आनिक राना निर्णायक रहेका थिए ।

कार्यक्रममा कलाकारहरु नारायण लेकाली, कल्पना कसुम, प्रचण्ड जिसी, दुर्गा नेपाल र पत्रकार निरु गौतमले तिजका भाका गाएर मनोरञ्जन प्रदान गरेका थिए । त्यसअघि कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेबि अर्यालले उदघाटन गरेकी थिईन् ।

महिला समानताका लागि संचार अभियानद्वारा संचालित रेडियो मुक्ति ९५.५ बुटवल वि.सं २०६५ सालमा महिलाहरुद्वारा संचालनमा आई निरन्तर सञ्चारको माध्यमबाट लैंिगक समानता, महिला सशक्तीकरण लगायतको क्षेत्रमा आवाज बिहिनको आवाज बुलन्द गर्दै आएको छ ।

रेडियो मुक्ति ९५.५ बुटवल हाल १ सय ५२ जना संस्थापक महिला सदस्यद्वारा संचालित रहेको छ । उक्त कार्यक्रममा रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारी र समाचार प्रमुख अस्मिना पाण्डेले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?