© २०२३
नवलपुर, १८ भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी नेतृत्व क्रियाशील सदस्यले चयन गर्न सक्ने व्यवस्था गर्ने हो भने ठूलो समस्याको रुपमा रहेको गुटबन्दी आफैँ हटेर जाने बताएका छ्न ।
सोमबार नवलपुरको कावासोतीमा पार्टीको नगर सम्मेलनमा सहभागी हुन आएका केन्द्रीय सदस्य पौडेलले महाधिवेशन प्रतिनिधिले केन्द्रीय सभापति चयन गर्ने व्यवस्था कायम हुँदासम्म नेपाली कांग्रेस भित्रको गुटबन्दी कहिले पनि नसकिने बताएका हुन् ।
‘हामी नेपाली कांग्रेसमा जति क्रियाशिल सदस्य छौ ती सबै सदस्यले केन्द्रीय सभापति चुन्न पायौँ भने नेपाली कांग्रेसको गुट आफैँ भत्किन्छ, आफैँ सकिन्छ’, पौडेलले भने । महाधिवेशन प्रतिनिधिका नाममा गुटबन्दीको ठेक्का पट्टा पार्टीमा मौलाउँदै गएको उनको भनाइ थियो ।
कांग्रेसको अधोगतिको प्रमुख कारण गुटबन्दी भएको बताउदै केन्द्रीय सदस्य पौडेलले कांग्रेसको वर्तमान विधानले गुटलाई मलजल गरेको दाबी गरे ।
पार्टीको विधानलाई संशोधन गरेर केन्द्रीय सभापतिदेखि सम्पूर्ण पदहरु क्रियाशील सदस्यले प्रत्यक्ष चयन गर्न सक्ने व्यवस्था गर्न सके गुटबन्दी हराउने घात अन्तरघातको समस्या नरहने उनको भनाइ थियो ।
यस्तै केन्द्रीय सदस्य पौडेल जनप्रतिनिधिमा पार्टीका तर्फबाट उम्मेदवार बन्न अब पार्टीभित्रै प्राइमरी इलेक्सनलाई अगाडि बढाउनु पर्ने कुरामा समेत जोड दिएका छ्न । प्राइमरी इलेक्सन गरेर जनप्रतिनिधिको उम्मेदवार छान्न सके घात अन्तरघातको समस्या नआउने उनको दाबी थियो ।
नेतृत्व चयनका विधि र प्रक्रिया तथा प्राईमरी ईलेक्सनको व्यवस्था गर्नका लागि देशै भरका गाउँ तथा नगर सम्मेलनले निर्णय गरेर केन्द्रीय नेतृत्वलाई झकझक्याउनु पर्ने उनको भनाइ थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी