ट्रेंडिंग:

>> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

‘ककटेल कला’

तरल अर्थात पेय पदार्थमा प्रयोगमा रहेको ककटेल कला अहिले ठोस खाने वस्तुमा पनि प्रयोगमा आएको छ । उक्त ककटेल कलाको सीपम विष्णुमा छ । ककटेल कलाका कारण उनी रोजगारी मात्रै पाएका छैनन् १३ देश घुमिसकेका छन् । धेरै यूवाहरूलाई रोगजार बन्ने सीप दिइरहेका छन् ।
१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

बुटवल, १६ भदौ

नाम फरक, चिनिने ककटेल गुरु ।
सात वर्षको अवधिमा उनले सयौ चेलाहरू जन्माए ।
सिक्न र सिकाउन १३ देश घुमे । पाल्पाको बौघा पोखराथोकमा जन्मिएका विष्णु सारु ।

विद्यालय तहको अध्ययन बुटवलमा पुरा गरे । थप अध्ययनको लागि लागे काठमाण्डौ । भर्खरमात्र नेपालमा शुरु भएको होटल ब्यवस्थापनको पढाइप्रति उनको चासो थियो । उनि काठमाडौंको आईएसटी कलेजमा एप्लाईड साइन्स (होटल ब्यवस्थापन) अध्ययन शुरु गरे । ब्याचलर कोर्षको क्रममा उनि धेरै ज्ञान लिए । कलेजमा पढाईसंगै उनि प्राक्टिकल कोर्षकै क्रममा अष्ट्रिया, मलेशिया, भारतसम्म पुगे । मलेसियाको ताज होटलमा उनले एक वर्ष आफूले पढेको विषय बार, प्रडक्सन, एफ एण्ड डि लगायत विभागमा काम गरे । कोर्ष पुरा गरेर उनी भारतको ताज होटलमा रोजगार गरे । विश्वभर १ सय १९ ठाउँमा शाखा भएको ताजमा उनले ५४ महिना काम गरे । कलकत्ता, दिल्ली, केरला, चेन्नईका शाखाहरूमा पुगेर उनि फलेयर बारटेन्डरको पेशालाई थप तिर्खाने अवसर पाए ।

कामको अनुभव बटुल्दै उनी सन २०११ मा नेपालमै आफ्नो सीपलाई उपयोग गरेर स्वरोजगारमुलक बार खोल्ने योजना बुने । ककटेल, मकटेल, वाईन, ह्वीस्कीका आईटममा उनी पोख्त थिए । यो बुटवलमा भने नयाँ थियो । बजार बुझे तर उनले सोचेजस्तो सम्भावना देखेनन् । उनी पुनः दुबई हानिए । दुबईमा २६ महिना उनी विश्वकै नम्बर वन बार बेष्ट्रिन होटलमा काम गरे । त्यसपछि केही समयमा उनि माल्दिभ्सको स्मल लक्जरी होटलमा मिस्कलोजिस्टका रूपमा काम गर्न पुगे । सात महिनाको अवधिमा फेरि सिसेल्स फोर सिजनमा पुगे ।

 

ककटेलले उनलाई धेरै देश घुमायो । त्यसपछि तान्जेनिया ४ महिना, साउथ अफ्रिका ३ महिना बसे भने त्यहाँबाट फर्किएर माल्दिभ्समा ४ महिना काम गरे । धेरै देश घुमेका उनी लामोसमयपछि घर फर्किए । बिचको समयमा उनी मास्टर क्लास लिन सिगापुर, भियतनाम र टर्किसम्म पुगे । सात वटा देशमा काम गरेका उनी विभिन्न थप देशहरूमा तालिममा समेत गरि १३ वटा भन्दा धेरै देश घुमेका छन । उनको यो भोगाईले विश्वका मिस्कलोजिस्टको श्रेणीमा पुर्र्याईसकेको थियो । दुबइमा रहदा उनि मिडल ईष्ट क्षेत्रको मिस्कोलोजी च्याम्पियनसिपमा उत्कृष्ट दशमा पर्न सफल भएका थिए । यसैगरि दुबईमा नै भएको अर्को मस्को म्युल च्याम्पियनसिपमा समेत उनी तेस्रो स्थान हासिल गरे ।

सन् २०१६ मा नेपाल फर्किएका उनि आफ्नो लामो अनुभवलाई अब भने स्वदेशमा नै पेशाका रूपमा अघि बढाउने सोच बनाए । सुख्खानगरमा स्टेप अप हस्पिटालिटि (ककटेल वर्कसप) स्थापना गरे । जहाँ उनले ककटेल बारसंगै नया युवाहरूलाई स्वरोजगार बनाउने गरि कक्षा संचालन गरे । आफुजस्ता होटल ब्यवस्थापनका दक्ष विद्यार्थीहरू उत्पादनमा लागे । सिटिईभिटी अन्तरगत रहेर उनले यहाबाट डिप्लोमा लेभलको अध्ययन गराउछन । न्युनतम ३ महिनाको कोर्षमा फ्लेयर, मिक्सोलोजी, स्पिच, मोटिभेसनल, कम्युनिकेसन डेभलोपमेन्ट क्लास, अडियोभिडियो क्लास, जब एसिस्टेन्स, विभिन्न तालिम र प्रतियोगितामा समेत विद्यार्थीहरूले भाग लिन अवसर पाउँछन् । नया कोर्ष हो । ‘युवाहरूमाझ आकर्षक छ ।’—उनले भने । १८ देखि २५ वर्ष उमेर समुहका युवाहरू तालिम लिने र त्यसपछिको अवसर राम्रो हुदा पनि आकर्षण रहेको उनले बताए । न्युनतम ४० हजार रूपैया लाग्ने कोर्ष धेरै उपयोगी भएको उनि दाबी गर्छन । तालिमपछि रोजगारको ग्यारेन्टी हुँदा पनि धेरै आकर्षण भएको उनले बताए ।

उनले नेपालमा नै पहिलोपटक रूपन्देहीमा लिक्विण्ड मास्टर फ्लेयर च्याम्पियनसिप २०१९ आयोजना गरे । जहाँ ईण्डोनेसिया, श्रीलंका, युक्रेन, भारत र नेपालका गरि प्रतियोगितामा ६० जना बार टेन्डरहरूले प्रतिस्प्रधा गरेका थिए । भारतका पीयूष बोहराले उत्कृष्ट हुदै उपाधि चुमे । उनी नगद ५० हजार रूपैया, कप जिते । यसबाहेक काठमाडौंमा एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छ । भर्खर जेठमा बेलायतको कम्पारी एकेडेमी म्यागाजिनबाट एशियाको उत्कृष्ट बारटेन्डरका रूपमा उनको परिचित गराउदा दिदा दंग भए । उनी अन्तरास्ट्रिय धेरै प्रतियोगितामा जजको भुमिका निर्वाह गरेका छन ।

ककटेल कला

ककटेल बनाउनु एउटा कलाको रूपमा उनि लिन्छन । डिष्टिल अल्कोहललाई जुस, सिरप, मोडिफायर, कन्जेनरेस, पोडियर्रहरूको मिश्रण गरेर नया स्वादिलो पेय तयार गर्ने कला नै ककटेल भएको उनी बताउछन । यसमा प्रयोग हुने कतिपय कच्चा पदार्थ आफै बनाउने र कतिपय बाहिरबाट ल्याउने गरिन्छ । पाल्पा जिल्ला बौघा पोखराथोकमा जन्मिएका उनी ३ वर्षको उमेरमा बुटवल झरेका थिए । सारु अहिले युवाहरूलाई रोजगार दिलाउन सफल भएका छन । उनको कलेजमा उनले सिकाएका धेरै चेलाहरू नै प्रशिक्षणमा छन । कडा मेहनत लाग्ने यो पेशा सजिलो भने छैन । धेरै नै मेहनत र लगाव जरुरी रहने उनी बताउँछन ।

ककटेलको विश्व ईतिहास

ककटेल पिउने प्रचलन १९ औ शताब्दीमा अमेरिकामा भएको पाउछौ । समयक्रमसंगै अमेरिकामा सन १९२०–१९३५ को समय मदिरा प्रतिबन्धित भयो । यो अवधिमा ककटेल पारखीहरू संकटमा परे । अमेरिकामा ककटेलमै जिविका चलाएकाहरू अब अन्य महादेशमा बसाई सरे । कोही एशिया, साउथ अमेरिका र युरोपमा गए । त्यहा उनिहरूले ककटेलको बजारीकरण गरे । प्रतिबन्धित समयमा स्याजरयाक, वल्ड फेसन, पंन्चेज ककटेल्सहरूलाई पुनजागृत भए । सन १९३५ देखि पुन विश्वभर ककटेलको बजार फैलियो । अझ सन १९८८ सालमा टम कु्रजको फिल्म ‘ककटेल’ ले विश्वमा नै युवाहरूमा फ्ल्येवर वारटेन्डरप्रतिको आर्कषण बढायो ।
पछिल्लो समय पिउने ककटेल्सहरूलाई विभिन्न पोलिसाईन्सको प्रयोगसंगै पिउने होईन होईन खाने अवधारणा विकास भएको छ । जसमा ककटेललाई काटाचम्चाबाट खाने रूपमा नयाँ स्वरूप बिस्तार भएको छ । स्प्रेरिफिकेसन, क्लियरीफिकेसन, जेलिफिकेसन, फोमिङ्क्स र स्मोक्स अहिलेको आधुनिक ककटेल ट्रेन्स हुन । नेपाललाई विश्वकै ककटेल म्यापमा राख्न सकिने सम्भावना उनले बुनेका छन । ‘हामीले हाम्रो ककटेल पिउन विदेशीलाई भित्राउन सक्छौ ।’— उनले भने ।

दर्जन बढी देशमा विद्यार्थी

फलेयर बारटेण्डर र मिक्सोलोजीको ३ महिने कोर्ष चलाएका सारु आफ्ना चेला (विद्यार्थी) हरू विश्वका विभिन्न देशहरूमा रहेको बताउछन । उनको कलेजको तेस्रो ब्याचका दिपक थापाले २०२२ मा मिस्कोलोजी विश्व च्याम्पियनसिपमा ईण्डियन ओसियनमा विजेता बने । उनी हाल माल्दिभको पाचतारे हिलटन होटलमा काम गरिरहेका छन । सानो उमेरमा मिलन थापाले अन्तरास्ट्रिय प्रतियोगितामा भाग लिएर सफलता हासिल गरेका छन । उनि योगेस्ट बारटेन्डर हुन । नेपालबाट प्रतिनिधित्व गर्दै बिशाल थापाले भारतमा आई सर्ट च्याम्पियनसिप भाग लिएका छन । यसैगरि तुफान थापाले दुबईमा विश्व टकिला प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको उनले बताए । स्वदेशमा अवसर नपाएर गलत बाटोमा हिडेका धेरै युवालाई उनले बाटो देखाउने काम गरेका छन । उनि नया पुस्ताका युवाहरूको अभिभावकमात्र नभई साथी हुन ।
परिवारमा बुबाआमाको कुरा नमान्नेहरू उनको कक्षा कोठामा आएपनि सहज रूपमा भनेको मान्छन । उनको विद्यार्थीहरू सेराटन, हिलटन, फोर सिजन्स, क्याम्पेक्सी, ताज लगायत पाचतारेसहित बेलायत, हङकङ, माल्दिभ्स, दुबइ, ओमन, सिसेल्स, स्विजेरल्याण्ड, क्यानडा, सिगापुरमा काममा छन । सयौ विद्यार्थीहरू उत्पादन गरेका उनि सतप्रतिसत रोजगारको ग्यारेन्टी भएको पेशा मान्छन । धेरै अभिभावक खुशि छन । आफुले कोभिड १९ संक्रमणका समयमा धेरै कठिनाई भोगको उनी बताउछन । कबिता लेख्न, घुम्न उनलाई मन पर्ने रुचिको विषय हो । गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई समेत उनले स्कलर्ससिप दिने र सहयोग गरेका छन् ।

 

भिडियो सामग्री

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?