ट्रेंडिंग:

>> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

युवा विदेशिँदा इन्टरनेट प्रयोगकर्ता घटे, अधिकांश सेवा प्रदायकले गुमाए ग्राहक

६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

काठमाडौं। युवाहरु रोजगारी र अध्ययनको सिलसिलामा विदेशिने क्रम बढ्दाको असर इन्टरनेट बजारमा परेको छ। इन्टरनेटको अधिक प्रयोग गर्ने युवाहरु विदेशिएपछि सेवा प्रदायकको ग्राहक संख्या करिब ४३ हजारले घटेको छ। इन्टरनेट सेवा प्रदायकबीचको कटथ्रोट प्रतिस्पर्धा र सहरी क्षेत्रमा इन्टरनेट स्यचुरेसनमा पुग्दा पनि ग्राहक संख्या घटेको हो।

नियामक नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार वर्ल्डलिंक, नेपाल टेलिकम, सुबीसु, डिस मिडिया (डिसहोम) र ब्रोडलिंकको ग्राहक संख्या घटेको छ। क्लासिक टेक र भायनेटको ग्राहक संख्या स्थिर रहँदा वेबसर्फर र चौधरी समूहको सिजी कम्युनिकेसन्स् (सिजी नेट) को ग्राहक संख्या थोरै बढेको छ।

फिक्स्ड इन्टरनेट सेवामा वर्ल्डलिंकको दबदबा कायमै छ। प्राधिकरणले परिमार्जनसहित सार्वजनिक गरेको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार वैशाखमा वर्ल्डलिंकको कुल इन्टरनेट ग्राहक संख्या ७ लाख ५२ हजार ५७३ छ। वर्ल्डलिंकसँग चैतमा ७ लाख ७१ हजार ४६२ ग्राहक थिए। एक महिनामै उसले १९ हजार ग्राहक गुमाएको हो।

प्राधिकरणले भदौ लाग्दा बल्ल वैशाखको तथ्यांक सार्वजनिक गरेको हो। वर्ल्डलिंकसँग ७ लाख ५२ हजार ३६३ फाइबर, १०७ वायरलेस र १०३ केबल इन्टरनेट ग्राहक छन्।

नेपाल टेलिकमले पनि १० हजारभन्दा बढी ग्राहक गुमाएको छ। उसँग कुल इन्टरनेट ग्राहक संख्या चैतमा २ लाख ८७ हजार १९० थिए। त्यो संख्या वैशाखमा २ लाख ७६ हजार ९२८ मा झरेको छ। टेलिकमसँग वायरलेस ग्राहक छैनन्। फाइबरतर्फ २ लाख २२ हजार ८३४ र केबलतर्फ ५२ हजार ९४ ग्राहक छन्।

क्लासिक टेकसँग भने इन्टरनेट ग्राहक संख्या स्थिर छ। क्लासिक टेकसँग चैत र वैशाखमा २ लाख ७० हजार ३३ ग्राहक रहेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ। क्लासिक टेकसँग फाइबरतर्फ २ लाख ६९ हजार ३२९ र वायरलेसतर्फ ७०४ ग्राहक छन्।

भायनेटको ग्राहक संख्यामा पनि फेरबदल भएको छैन। चैत र वैशाख दुवै महिनामा भायनेटसँग २ लाख ६४ हजार ८३ ग्राहक रहेको एमआईएस प्रतिवेदनमा उल्लेख छ। भायनेटले फाइबर इन्टरनेट मात्रै बिक्री गर्छ।

ग्राहक संख्याका आधारमा सुबिसु पाँचौं स्थानमा छ। उसले एक महिनामा करिब ५ हजार ग्राहक गुमाएको छ। चैतमा २ लाख ६० हजार १५३ ग्राहक रहेकामा त्यो संख्या वैशाखमा २ लाख ५५ हजार ३९४ मा झरेको छ। सुबिसुका इन्टरनेट ग्राहकमध्ये २ लाख ५१ हजार ६८२ फाइबर, ३ हजार ४३५ वायरलेस र २७७ केबल ग्राहक छन्।

छैटौं स्थानको डिस मिडिया नेटवर्कबाट ११ हजार ग्राहक बाहिरिएका छन्। उसँग चैतमा २ लाख ४० हजार ६६८ ग्राहक थिए। वैशाखमा त्यो संख्या २ लाख २९ हजार ६४६ मा झरेको छ। डिस मिडियाले पनि फाइबर इन्टरनेट मात्रै बेच्छ।

वेबसर्फरले भने ग्राहक केही बढाएको छ। उसले चैतको तुलनामा वैशाखमा ५ हजारभन्दा बढी ग्राहक बढाएको हो। उसँग चैतमा १ लाख ४२ हजार १३५ इन्टरनेट ग्राहक थिए। वैशाखमा बढेर १ लाख ४७ हजार ४४७ पुगेका छन्। उसका ग्राहकमध्ये १ लाख ४५ हजार ४०९ फाइबर र २ हजार ३८ वायरलेसतर्फका हुन्।

चितवनको टेकमाइन्ड्स नेटवर्कको ग्राहक संख्या घटबढ भएको छैन। छ। चैत र वैशाखमा टेकमाइन्ड्ससँग १ लाख १५ हजार ४५८ ग्राहक छन्। १ लाख १३ हजार ८८५ फाइबर र १ हजार ५७३ वायरलेस ग्राहक हुन्।

नवौं स्थानको ब्रोडलिंकले २ हजार ६ सय ग्राहक गुमाएको छ। यो कम्पनीसँग चैतमा ६५ हजार ९२८ ग्राहक रहेकामा वैशाखमा त्यो संख्या ६३ हजार ३३२ मा झरेको छ। ब्रोडलिंकका ६३ हजार २३० फाइबर र १०२ वायरलेस ग्राहक हुन्।

दशौं स्थानको सिजी कम्युनिकेसन्सले ग्राहक नगन्य रुपमा बढाएको छ। उसँग चैतमा ४६ हजार ७०२ ग्राहक रहेकामा वैशाखमा ४७ हजार १८४ पुगेको देखिन्छ। सिजीले फाइबर इन्टरनेट मात्रै बेच्छ।

इन्टरनेट व्यवसायी तथा भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहरा इन्टरनेटमा बढी झुम्मिने युवाहरुको बढ्दो विदेश पलायन र सेवा प्रदायकबीच एकअर्काका ग्राहक खोसाखोस हुनुले संख्या घट्न पुगेको बताउँछन्। सस्तोभन्दा सस्तो अफर दिएर एकअर्काका ग्राहक तान्ने अवस्थाको असर सेवाग्राहीको संख्यामा परेको उनको बुझाइ छ। ‘ एक त इन्टरनेटमा धेरै रमाउने युवा विदेशिने क्रम बढ्दो छ। अर्कातिर सस्तोमा अर्को कम्पनीको अफर पाए ग्राहक तुरुन्तै उतैतिर लाग्छन्’ बोहराले भने।

उनले अब ग्राहक बढाउन सक्ने देखेका छैनन्। ‘सहरी क्षेत्रहरुमा इन्टरनेट एउटा मापदण्डअनुसार बिस्तार भइसकेको छ। एउटा गुणस्तरको इन्टरनेट सहरी क्षेत्रमा दिन हामी सक्षम भइसक्यौं। सहरी क्षेत्रमा जहाँ पोल छ त्यहाँ गुणस्तरीय इन्टरनेट पुर्‍याउन सक्छौं। विभिन्न मोडलमा कुनै न कुनै सेवा प्रदायकले इन्टरनेट पुर्‍याइसकेका छन्,’ बोहराले भने, ‘उच्च क्षमताको इन्टरनेट फाइबरबाट दिने काम करिब भइसकेको छ। अब थप ग्रो गर्नलाई स्पेस नै छैन। डोल्पा, रोल्पा, पहाडी, हिमाली क्षेत्र जहाँ पोललगायत पूर्वाधार पुगेको छैन त्यहाँ गए मात्रै बढ्छ। त्यसैले अहिले स्लोडाउन देखिएको हो।’

यस्तै, कोरोना महामारीको समयमा निकै आक्रामक भएको इन्टरनेट बजार अहिले सुस्त बनेको छ। महामारीका बेला थपिएका ग्राहक पछिल्लो एक वर्षमा निस्किसकेका छन्।

‘कोरोनाको बेला अफिस, विद्यालयदेखि अरु काम गर्न इन्टरनेट चाहिएर जोड्ने धेरै थिए। अहिले त्यति आवश्यक नभएपछि उनीहरुले हटाए। १००० रुपैयाँ तिर्न पनि गाह्रो भएको अवस्था छ। त्यस किसिमको संख्या ठूलो छ। यसले पनि ग्राहक संख्या घटाइदियो,’ बोहराले भने।

अहिलेको आर्थिक सुस्तताले पनि कुनै न कुनैरुपमा इन्टरनेट ग्राहक घटाइरहेको सेवा प्रदायकहरुको विश्लेषण छ।

‘अफिस र सटर बन्दले पनि इन्टरनेट ग्राहक संख्या घटाइरहेको छ,’ बोहराले भने, ‘कोरोनाको बेला कोठा कोठामा इन्टरनेट जोडेकाहरु (इन्टरनेट त चाहिहाल्यो नि भन्नेहरु) ले सेयरिङमा चलाउन थाले। राउटर थपेर बरु हजार रुपैयाँको इन्टरनेट बाँडेर चलाउन थालेका छन्। तीनवटा कोठामा बस्नेहरुले पहिला तीनवटा लाइन चलाउँथे भने अब एउटा लाइन लिएर तीन वटामा सेयर हुन थालेको छ।’

कसको बजार हिस्सा कति?

प्राधिकरणका अनुसार फिक्स्ड ब्रोडब्यान्ड सेवाको हकमा वर्ल्डलिंकको बजार हिस्सा २८ प्रतिशत छ। टेलिकमको हिस्सा ११ प्रतिशत छ। क्लासिक टेक, भायनेट र सुबिसुको १०/१०, डिसहोमको ९ , वेबसर्फरको ६, टेकमाइन्ड्सको ४ तथा ब्रोडलिंक र सिजीको समान २/२ प्रतिशत बजार हिस्सा छ। अन्य आईएसपीहरुको बजार हिस्सा ८ प्रतिशत रहेको प्राधिकरणको तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?