ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनी विरुद्व अभिमुखिकरण >> विदेश भ्रमणमा अब ५ प्रतिशत शुल्क नलाग्ने, आर्थिक विधेयकमा व्यवस्था हटाइयो >> प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म >> ११ डिआइजीको सरुवा, को कहाँ? >> सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुटाउनुपर्छ : नैनसिंह महर >> क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सरकारको प्राथमिकतामा: उर्जामन्त्री >> अमेरिकाले पाँच महिनामा १ हजार भारतीयलाई डिपोर्ट गर्‍यो >> पाल्पा बन्यो, पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्ला >> विष्णु रिमाल – नयाँ बजेटप्रति सबैको सकारात्मक प्रतिक्रिया बढ्दो >> काठमाडौंमा राजावादी आन्दोलन जारी: माइतीघर–बानेश्वर सडक अवरुद्ध >> आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग >> बजेट कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट कार्ययोजनाको काम सुरु हुन्छ: अर्थमन्त्री >> जेठ १८ गते काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा >> प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका तय गर्न सिंहदरबारमा बैठक जारी >> वरिष्ठ पत्रकार विजय चालिसेको निधन >> कपालको विकासका लागि उपयुक्त बदामको तेल >> ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता >> भारतीय रुपैयाँ सहित दुई पक्राउ >> सुनको भाउमा ७ सय रुपैयाँको वृद्धि >> माओवादीको रोकिएको मध्यपहाडी अभियान जेठ २१ पछि पुनः सुरु हुने >> गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद नचल्ने : माओवादी केन्द्र >>  नीति तथा कार्यक्रम अघि नीति बहसको आवश्यकता >> गणतन्त्र दिवसमा सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान >> बुटवलको पाँचौँ पटक च्याम्पियनको तयारी >> बजेट वक्तब्यमा वन तथा वातावरण >> अपडेट: दाउन्ने सडक एकतर्फी सञ्चालन >> बुटवलको घटना  मानव सभ्यतामाथिकै कलङ्क >> विकासका नाममा दुई किलोमिटर कालोपत्रे त्यही पनि टिकेन >> सङ्घीय सरकारको बजेट पेस: लुम्बिनीमा के के परे योजना ? >> दाउन्ने सडक पूर्ण अवरुद्ध >> देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना >> चेम्वर लुम्विनीले गर्यो बजेटको स्वागत >> टिकटक र डिजिटल लत ! >> बर्दघाट  नगरपालिकाद्वारा नगर गान  सार्वजनिक >> गणतन्त्र दिवसको अवसरमा वृद्धाश्रममा सहयोग >> अब प्रदेशबाटै सवारी चालक अनुमति पत्र वितरण गरिने >> आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड >> सरकारी तलब यथावत, महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइयो >> गणतन्त्रमाथि प्रश्न उठाउने असंवैधानिक कदम स्वीकृत हुँदैन: मुख्यमन्त्री कँडेल >> विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने व्यवस्था लागू गर्ने >> ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन >> जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण >> खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन >> सहकारी बचतकर्ताको सुरक्षाका लागि ५ लाखसम्मको निक्षेप सुरक्षण >> सामाजिक सुरक्षा बजेटमा १ खर्ब ९ अर्ब, वृद्ध भत्ता उमेर नबढाइने >> २०८१ फागुनसम्म उद्योग विभागमा ९ हजार ९ सय ६३ उद्योग दर्ता >> कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट >> नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट >> अर्थव्यवस्था सकारात्मक लयतर्फ उन्मुखः अर्थमन्त्री पौडेल >> संसद्मा बजेट वक्तव्य जारी हुँदा यस्तो देखियो दृश्य
सम्पादकीय

उपलब्धिमुलक मिडिया सम्मेलन

३ भाद्र २०८०, आईतवार
३ भाद्र २०८०, आईतवार

पछिल्लोसमय संकटमा पर्दै गएको मिडिया क्षेत्रलाई बचाउनै चुनौति देखिएको अवस्थामा बुटवलमा भएको मिडिया सम्मेलनले प्राण सिञ्चन गरेको छ । कोरोनाको लामो त्रासदीपछि मिडिया क्षेत्रका दुर्दिन सुरू भएका हुन । अहिले कोरोनाको जोखिम सकिएको छ तर मिडियाका चुनौति अझै बढ्दैछन् ।

मिडिया बचाउनै सकस परिरहेको अवस्थामा बुटवलमा सम्पन्न सम्मेलनले कम्तिमा पनि आशा सिर्जना गरेको छ । मिडिया क्षेत्र अहिले चुनौतिकै अवस्थामा रहेपनि विस्तारै अवस्थामा सुधार आउने विश्वास सम्मेलनले गरेको छ । सम्मेलनले आशा जगाएको छ । सम्मेलनको यो महत्वपूर्ण पक्ष हो । लुम्बिनी प्रदेशका मिडिया सञ्चालकहरु बुटवलमा पहिलोपटक भेला भएर चुनौतिका बिषयमा गंभीर मन्थन गर्ने काम आरम्भ भएको छ । त्यसका लागि प्रकाशन तथा प्रशारण संघ लुम्बिनी प्रदेश समिति बधाईको पात्र भएको छ । कम्तिमा पनि यसरी मिडिया सञ्चालकहरु एकै ठाउँमा भेला भएर समस्या र सम्भावनाका बिषयमा छलफल हुनु राम्रो पक्ष हो । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित सम्मेलन गरिएको आयोजक संस्थाको भनाई छ । मिडिया सम्मेलनमा बोल्ने अतिथिहरुले समेत मिडिया संकटमा रहेको भन्दै मिडियाको संस्थागत विकास र त्यसमा आश्रितहरुको दिगो व्यवस्थापन र ब्यवसायिकताका लागि मिडिया सञ्चालकहरू एकजुट हुनुपर्ने औंल्याएका छन ।

मिडिया कमजोर हुँदा सरकार तानाशाही हुने खतरा रहेकोले मिडियालाई बलियो बनाउनु पर्ने कुरा समेत सम्मेलनमा उठेको छ । सम्मेलनको यो अर्को महत्वपूर्ण उपलब्धि हो भन्दा अत्युक्ति हुँदैन । लुम्बिनी प्रदेशका छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरु सहभागी रहेको सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकरणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ । त्यसैगरी तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापन समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाईनलाई दिने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।

घोषणापत्रमा सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महसुलमा छुटको व्यवस्था गर्न माग गरिएको छ । त्यसैगरी घोषणापत्रमा सरकारले संचार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शत प्रतिशत बृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानुनी दायरामा ल्याउन, संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न माग गरिएको छ ।

मिडिया सम्मेलनकै क्रममा प्रकाशन तथा प्रसारण संघले कोरोना महामारी तथा आर्थिक मन्दीले धरासायी बनेका सञ्चार गृहहरुको उत्थानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । बिज्ञापन बजारलाई पारदर्शी बनाउनुपर्ने खाँचो औल्याइएको छ । आशा गरौं लुम्बिनी प्रदेशमा कम्तिमा पनि अव बिज्ञापन बजार समानुपातिक बनाउन सहयोग पुग्नेछ । बुटवल मिडिया सम्मेलनप्रति तीनै तहका सरकारको ध्यानाकर्षण होस् । नेपालको राजनैतिक परिवर्तनमा मिडियाको भूमिकाका बिषयमा चर्चा गरिरहनु पर्दैन । यो जगजाहेर छ । तसर्थ तीनै तहका सरकारले यो बिषयलाई बिहंगमरुपले आत्मसाथ गर्नुपर्दछ । अव मिडियालाई बचाउने काममा पनि तीनवटै सरकारको भूमिका महत्वपूर्ण होस् । लोकतन्त्र रहे मिडिया रहन्छ र मिडिया रहेमात्रै लोकतन्त्र जीवन्त बन्छ । मिडिया सम्मेलनले जारी गरेको घोषणापत्र कार्यान्वयनमा सरकारको ध्यानाकर्षण होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?