ट्रेंडिंग:

>> काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा >> कुलमानको दाबीमा महालेखाको आपत्ति : प्राधिकरणको नाफा यथार्थपरक छैन >> ईलिट जेआर र बुटवल १९ फाईनलमा >> कर छलीको आरोपमा रुपन्देहीका दुई व्यवसायी माथि मुद्दा दायर, एक करोड ४४ लाख बिगो माग >> भारततर्फको समस्याले नेपालको विद्युत सेवा आंशिक अवरुद्ध >> घोराही–बंगलाचुली जीर्ण सडक मर्मत गर्ने निर्णय >> राप्ती गाउँपालिकामा आगामी बजेटका लागि सुझाव संकलन >> बजार क्षेत्रमा अग्नि नियन्त्रण स्प्रे जडान >> टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै पाैने ३ अर्ब मागदाबी >> बहराइनमाथि नेपालको संघर्षपूर्ण जित >> पाँचौ दिन लगातार घट्यो सेयर कारोबार >> यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह >> नेपाल बहराइनको खेल वर्षाले रोकियो >> प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना नगरिदिनुहोस’ >> प्रधानमन्त्री देखि मन्त्रीका सल्लाहकारले विचौलिया हावी गराएः रामहरि खतिवडा >> एचआइभी रोग नियन्त्रणको लागि यौनकर्मी परिचालन >> अनलाईन घरधुरी सर्भेक्षण शुरु >> विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागू गर्न अमृत साइन्स क्याम्पस स्ववियुको माग >> प्रधानमन्त्रीसँग चिनियाँ जनकांग्रेसका बीचमा शिष्टचार भेट >> मोहन बस्नेतको सांसद पद निलम्बन हुने >> गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीका नयाँ कुरा, मेरिटोक्रेसीबाट गभर्नर नियुक्ति गरिने >> कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनालाई ३ अर्बको भ्रष्टचार मुद्दा >> राजश्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश >> अब रोटीमा यो चीज मिसाएर पकाउनुहोस्, कब्जियत चट >> घट्यो सुनको मूल्य >> जित्नै पर्नै दबाबका बिच नेपाल बहराइनसँग भिडदैँ >> लखनउमा बस आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु >> थाकलबाट सजावटका सामान >> मालिका गाउँपालिकालाई एमालेको १७ बुँदे ज्ञापनपत्र >> घरेलु श्रमिकको व्यवस्थापनमा चुनौति >> मणिग्राममा जब दुई सवारी जुधे………. >> निरासाको बादल फाट्ने कहिले ? >> सत्यवतीमा ‘कृषि एम्बुलेन्स’ >> अर्घाखाँचीः गर्मीको ‘हाई स्टेशन’ >> अदुरदर्शी संघीय सरकारः जमिन खोस्रिएर रोकियो औद्योगिक >> लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक आज बस्दै, यस्तो छ कार्यसूची >> कपिलवस्तुका युवक बुटवलबाट बेपत्ता >> बदलिँदो नेपाली समाज र पारिवारिक संरचनाको अनुहार >> चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ >> वाईसिएल रुपन्देहीको अध्यक्षमा गोविन्द खरेल >> बाँकेका ६ वटा पालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> सरकारी निकायबाट ४ खर्ब ३५ अर्ब राजस्व तथा ऋण असुल्न बाँकी >> आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहको बेरुजु घट्यो >> विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्छ : अध्यक्ष राउत >> लगातार चौथो दिन शेयर बजारमा गिरावट, नेप्से १३.९६ अङ्कले घट्यो >> ‘ लुम्बिनी पिस अनर २०२५’ बाट पर्यटन व्यवसायी खत्री सम्मानित >> भारतसँगको तनावमा पाकिस्तान बहादुर राष्ट्र प्रमाणित भयो : इमरान खान >> तिलोत्तमामा एसी सहितका खोपकेन्द्र, स्थानीयमा खुसीयाली >> आर्थिक वर्ष २०८०/८१ को ६२औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
सम्पादकीय

सरकार– उद्योग व्यवसाय संरक्षण गर

१९ श्रावण २०८०, शुक्रबार
१९ श्रावण २०८०, शुक्रबार

विश्व आर्थिक मन्दीको असर अझैपनि हटेको छैन । आर्थिक मन्दीले केवल बजारमा प्रभाव परेको मात्र छैन, बजारमा आउने बस्तु अर्थात सामान उत्पादन गर्ने उद्योगमाथि झनै ठूलो असर परेको छ । नेपालमामात्रै होइन विश्वकै ठूला ठूला उद्योगहरू आर्थिक मन्दीका कारण बन्द भएका छन । आर्थिक मन्दीले विश्वलाई प्रभावित गरिरहँदा रूपन्देहीका उद्योगलाई पनि प्रभावित गरेको छ । रूपन्देहीमा पछिल्लोसमय आर्थिक मन्दीको असरकै कारण २१७ वटा उद्योग बन्द भएको सार्वजनिक भएको छ । जसका कारण १२ हजार श्रमिक मजदुरले रोजगारी गुमाएका छन ।

जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार यो आर्थिक वर्षमा २१७ उद्योग बन्द भएका छन । बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र पर्यटन उद्योगमा ५१ रहेका छन् । त्यसैपनि नेपालमा रोजगारीको अवसर पर्याप्त नहुँदा युवाहरू विदेश पलायन भैरहेको स्थितिमा रूपन्देहीमै यतिधेरै संख्यामा उद्योग बन्द हुँदा त्यसले पु¥याउने असर गंभीर हुने अवस्था छ । उद्योगीहरू अनिश्चित लोडसेडिङ, बढ्दो आर्थिक मन्दी, बैङ्कको चर्को ब्याजदर र सरकारी नीति उद्योगमैत्री नहुनु र लगानीको बाताबरण समेत प्रभावकारी नहुँदा बन्दको अवस्थामा पुगेको गुनासो गर्छन । निश्चितरूपमा सरकारी प्रोत्साहन छैन ।

उद्योग चलाउन खोज्नेहरू सरकारी नीतिका कारण अरू क्षेत्रमा विस्थापित हुनुपर्ने अवस्था छ । जसका कारण उद्योग बन्द हुने क्रम बढेको छ । रूपन्देहीमा एक वर्षमै २ सय १७ उद्योग बन्द हुँदा यहाँका उद्योगीहरूको अवस्था कता जाँदैछ भन्ने गंभीर चिन्ता उत्पन्न गरेको छ । यसअघि रूपन्देहीमा कोभिड महामारी र त्यसपछि बैंकको व्याजदर लगायतका कारण उद्योगीहरू समस्यामा थिए । कोभिडपछि सुरु भएको आर्थिक मन्दीका असर अहिलेपनि उस्तै छ । जसको प्रत्यक्ष प्रभाव रूपन्देहीका उद्योगमाथि परिरहेको छ । उद्योगीहरू उद्योग बन्द हुनुमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा नआउनु, बैङ्कको ब्याज र बजारको समस्या रहेको सुनाउँछन । साना उद्योग सञ्चालनको समस्या बढी देखिएको अवस्थामा केही ठूला उद्योगहरूले आफ्नो उत्पादन क्षमता २५ देखि ४० प्रतिशतसम्म कटौती गर्न बाध्य भएका छन ।

देशमा धमाधम उद्योग व्यवसाय समस्यामा परिरहँदा राज्यका जिम्मेवार निकायहरू भने गंभीर देखिएका छैनन् । कोभिडपछि उपयुक्त अर्थ नीति अपनाउने संसारका अरू धेरै मलुकको अर्थतन्त्र लयमा फर्किसकेको बेला नेपाल अपवादमै छ । सरकारले अर्थतन्त्रलाई गति दिने नाममा गरिने नीतिगत परिवर्तन र राज्यको अनुदानको लाभ ठूला उद्यमी व्यापारीले मात्र पाएको गुनासो साना तथा मझौला व्यवसायीले गरेका छन् । देशको अर्थतन्त्र भने साना र मझौला उद्योग व्यवसायमा निर्भर देखिन्छ । धेरै उद्योगी व्यवसायीले बैंकहरूको ब्याज दरका कारण व्यवसाय छाड्नु परेको गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उद्योगीहरूमा उत्साहको संचार गर्न सकेन । समस्या रूपन्देहीको मात्र होइन देशैभरी अहिले अधिकांश साना र मझौला उद्योग बन्द हुँदैछन् । यस्तै धेरै व्यापारीले पसल विक्रीमा भएको सूचना टाँसेका छन् । तर, राज्यका जिम्मेवार पदाधिकारी भने टालटुले अभ्यासमा रमाएका छन् । उता बैंकहरू व्यवसायीलाई कालो सूचीमा राख्न र धितो लिलाम गरेर सम्पत्ति बढाउने र सेयरधनीलाई लाभांश दिनेमै केन्द्रित देखिएका छन । कालोसूचीमा परेपछि इमानदार उद्यमी र व्यवसायी व्यवसायबाटै पलायन हुनुपर्ने हुन्छ । यही अवस्थामा देश कहाँ पुग्ला ? चिन्ताजनक अवस्था छ ।

अव सरकारको हातमा छ– देशको उद्योग व्यवसाय जोगाउने कुरा । सरकारले उद्योगी व्यवसायीलाई राहत दिने हो भने उद्योग संरक्षण सम्वन्धि प्रभावकारी कार्यक्रम सार्वजनिक गरोस् । होइन भने यही अवस्थामा अव उद्योग व्यवसाय धेरै बन्द हुनेछन । राज्यबाट उद्योग व्यवसायलाई कुनैपनि प्रकारको प्रोत्साहन छैन । उल्टै करका नाममा सास्ती बढ्दै गएको छ । सानो उद्योग दर्ता गर्न पनि महिनौ लाग्ने कानुनी जटिलता छन् । कर्मचारीहरू उद्योगी व्यवसायीलाई दुहुनो बनाउन चाहन्छन । उद्योगमैत्री नीतिको अभाव छ । अनि कसरी होला नेपालको औद्योगिक विकास ? बन्द भएका उद्योग खोल्नेतर्फ सरकारको रुची नै छैन । बुटवल धागो कारखाना सञ्चालन भएमात्रै पनि करिव एक हजार युवा श्रमशक्ति रोजगारीमा जोडिने थिए । त्यस्तै नीजि स्तरका धेरै उद्योग छन जसले हजारौं रोजगारी दिन सक्छन । अव धेरै ढिलो भैसकेको छ– सरकार उद्योग व्यवसाय संरक्षण गर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?