ट्रेंडिंग:

>> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु

रहस्यमयी पात्रहरू

५ भाद्र २०७८, शनिबार
५ भाद्र २०७८, शनिबार

उसको खास नाम, थर ठेगाना कसैलाई थाहा थिएन । उसकी आमाले उसलाई ‘किस्ने’ भनेर बोलाउँथी । हेर्दा जीर्ण र अँधबैंसे उमेरकी देखिने उसकी आमाको नाम भने कसैलाई थाहा थिएन । मानिसहरू किस्नेकी आमालाई ‘महाकी जड्याँही’ का रूपमा चिन्दथे । र, किस्नेलाई ‘जड्याँहा’ का रूपमा ।

जुगाड लागेसम्म र पाएसम्म आमाछोराले नै खुब रक्सी खान्थे । आमाको हातमा पोकापकुन्तरा हुन्थ्यो भने किस्नेका हात धेरै जसो खाली । आमाछोरा पसल पसलमा गएर माग्थे । किस्ने त यात्रु बसभित्र पसेर ‘तीन दिन देखि भोको छु’, ‘आमा विरामी छन्’, ‘बाउले सौतेनी आमा ल्याएपछि घरबाट निकाल्यो’ जस्ता दुःखको बिस्कुन फिजाएर माग्थ्यो । नदिनेको खुट्टै समातेर ढोग्थ्यो । मरिगए खुट्टा छोड्दैनथ्यो । र, पाँच दस रुपैयाँ झारेरै छोड्थ्यो ।

धेरै–थोरै पैसा जम्मा भएपछि आमा छोराको प्राथमिकतामा भातभन्दा रक्सी पथ्र्यो । कुनै भट्टीमा छिरेर किस्नेले पानीको बोत्तलमा घरपाला रक्सी किनेर ल्याउँथ्यो । आमा छोराले कहिले चानाका दानासँग रक्सी खान्थे कहिले निस्लै ठाडो घाँटी लाउँथे ।

ती दिनभरि बजारमा यताउता डुली हिँड्थे । रात परेपछि बजारका सडक किनार, पसले सटरका पालीमुनि वा यात्रु प्रतीक्षालयमा रात काट्थे ।

एक रात आमाछोरा प्रतीक्षालयको भुँइमा बोरा ओच्छ्याएर सुतेका थिए । किस्ने आमाको छातीमा टाउको लुकाएर मस्त निदाएको थियो । प्रहरीको गस्ती आइपुग्यो । तिनले आमाछोरालाई केरकार गरे । आमा छोरा दुबैमा रक्सीको रमरम नशा बाँकी नै थियो । किस्नेकी आमालाई प्रहरीले थर्काए ।

प्रहरीलाई किस्नेकी आमाले थर्काई ।

केरकारको जवाफमा किस्नेकी आमाले भनी –‘म नि यै माटोमा जन्मेकी हुँ । मेरो पनि यो माटोमा हक लाग्छ । बिनाबाउको यो अनाथ पनि यै माटोमा जन्मेको हो । यसको पनि यो माटोमा हक लाग्छ । यो प्रतीक्षालय कसको हो ? यो सडक र यसको किनारा कसको हो ? हामी किन सुत्न नहुने यहाँ ? यहाँ सुत्न पाइँदैन भने देशको राजालाई सोध्नु– किस्नेकी आमाको घर कहाँ हो ? सहरको मेयरलाई सोध्नु–किस्नेको स्कुल कहाँ हो ?’

‘पागल्नी आइमाई’ भन्दै प्रहरीले किस्नेकी आमालाई समात्यो । किस्नेलाई समात्यो ।

भोलिपल्ट प्रहरीले दुबैलाई दुव्र्यसनी सुधार केन्द्रमा लगेर बुझाइदिए । प्रहरीलाई लागेको हुन सक्थ्यो–सुधारकेन्द्रबाट ती सुध्रिएर निस्कनेछन् । ती ‘असल नागरिक’ बन्नेछन् ।

तर केही दिन पछि आमा छोरा फेरि त्यही चोकमा देखिए । आश्चार्यका साथ कसैले किस्नेलाई भन्यो–“आबुई ! तिमीहरूलाई त सुधार केन्द्रमा राख्यो भन्थ्यो त । कति चाँडै सुध्रेछौ त !”

व्यङ्ग्यमिश्रित भनाइप्रति निरपेक्ष किस्नेले आफ्नै शैलीमा भन्यो–“भाग्देको ! चार दिनमै भक्कु बोर भयो नि त्याँ त ।”
“किन ? के भयो र त्याँ ?” प्रश्नले किस्नेलाई छाडेन ।

“ह्या के भन्ने । न नुन लागेको दाल दिन्छ न गतिलो खाना । रक्सी सिग्रेट त पूरै बाद । भक्कु लेक्चर मात्रै दिने । अन्त के ! आमाछोरा भाग्देको नि रातारात ।” त्यस दिन किस्नेले यत्ति भनेको थियो । र, हतारिएर नजिकैको भट्टीमा पसेकोथ्यो ।
उसकी आमाको अनुहार भुक्क सुन्निएको थियो । शरीर भने सुकेर सिट्ठो भएको थियो । कामज्वरो आएजस्तो, उसको शरीर विस्तारै विस्तारै काँपिरहेको थियो । ऊ रक्सीको तलतल मेट्न छोरा छिरेको भट्टीतिर हेर्दै थिई ।

त्यो साँझ मानिसहरूले आमाछोरालाई चोकको प्रतीक्षालयमै देखेका थिए । तर भोलिपल्ट बिहान तिनीहरू त्यहाँ थिएनन् । कसैले सोधीखोजी गर्ने कुरा पनि भएन । दिनहरू बित्दै गए । आमाछोरा फेरि त्यो चोकमा देखिएनन् ।

0000

महिनौपछि एकदिन, उही रूपरंग, उही चालढाल र उही मुखाकृतिमा किस्ने बजारको त्यही व्यस्त चोकमा देखिएको थियो । कति मानिसहरूले उसलाई उही चीरपरिचित र हेयका नजरले हेरेका थिए । कतिले सहानुभूति र दयाका नजरले । कतिले पैसा माग्ला कि भनेर अन्तै दृष्टि लगाएका थिए । आँखा अन्तै लगाए पनि तिनका कान भने उसका आवाज सुन्नलाई ठाडै थिए ।

चोकका लागि किस्ने नयाँ थिएन । पहिले पनि ऊ त्यहाँ देखा परिरहन्थ्यो आफ्नी आमासँग । आज भने ऊ एक्लै थियो । भर्खर दस वर्षमा टेक्दै गरेको ऊ, चालढालले बालक देखिदैनथ्यो । उसका कपाल लामा र धुलैधुलोले लट्टा परेको थियो । उसले मैलो र पातलो लामबाहुले टिशर्ट र पुरानै हाफ प्यान्ट लगाएको थियो । पैतालाभन्दा धेरै ठूलो पुरानै म्याजिक चप्पल लगाएका उसका खुट्टाहरू अनियन्त्रित थिए । आँखाको गहन उदासीलाई नशाको पातलो पर्दाले छोपेको थियो । सधैंको जस्तै त्यो नशा शायद रक्सीकै नशा थियो ।

किस्नेको अनुहारमा बालापनको निर्दोष छाया र अबोधपना थिएन । उसको अनुहारमा असिमित दीनहीनता, लापरवाही, उडण्डता, अस्तव्यस्तता र रुखोपन मात्रै देखिन्थे ।

उसको हातमा पाँच रुपैयाँको नयाँ नोट थियो । एउटा किनारा पसल अघि पुगेर उसले साहुजीसँग सिग्रेट माग्यो । साहुजीले उसँग बोल्नै नपरोस् भन्ने भाकामा भन्यो–“सिग्रेट त छैन नि ।”

किस्नेलाई थाहा थियो–त्यो पसलमा सिग्रेट हुन्छ । पहिला पनि धेरै चोटि उसले त्यहाँबाट सिग्रेट किनेकै थियो । तर साहुजी भनिरहेछन्– सिग्रेट छैन । उसलाई झनक्क रिस उठ्यो । उसले काँपिरहेको हातले नोट साहुजीतिर बढाउँदै भन्यो–‘बोर नगर्नु न साहुजी । एक खिल्ली खुकुरी दिम् न ।’

साहुजी उसँग कारोबारै नगर्ने मूडमा थियो । भन्यो–“नभएरै त हो नि छैन भनेको । उ त्यही पान पसलबाट लिउ न ।” साहुजीले किस्नेले देखे जानेकै पान पसलतिर चोर औला देखायो ।

किस्नेले भन्यो–“त्यो मूला पाने अलि हिरो भइराछ के ! अलि ¥याक गर्च त्यसले ।”
यति भनेर किस्ने पान पसलतिर लाग्यो ।

पानपसलमा दुईचार जना ग्राहक पानको बीडा कुरेर बसिरहेका थिए । रक्सीको मातमा बेसुर जस्तै हिँडिरहेको उसलाई पहिलोपटक देखेका मानिसहरूले उदेक माने ।

तिनले भने– “हे बरै ! के जमाना आयो यस्तो । ओंठ निचोर्दा दूध आउने बच्चा पनि जड्याँहा ! कसले सिकायो होला यस्तो बच्चालाई रक्सी खान ?

किस्नेले आफूप्रति लक्षित भनाइप्रति कुनै मतलब गरेन । पाँच रुपैयाँ दिएर उसले एउटा खुकुरी सिग्रेट माग्यो । टंकीको फलेकमा काँटी ठोकेर डोरीमा झुण्ड्याइएको लाइटर बालेर सिग्रेट सल्कायो । एउटा लामो सर्को तान्यो र धुँवालाई फोक्सोसम्म पु¥यायो । धुँवालाई धेरै बेर फोक्सोमा खेल्न दियो । र, विस्तारै सास फाल्यो । फालिएको सासमा थोरै मात्र धुँवा बाहिर निस्कियो ।

किस्नेले सिग्रेटको धुँवा तानेको देखेर पान कुरिरहेका वयस्क ग्राहकहरूले जिब्रो काढे । अरु एक दुई सर्को तानेर किस्ने बिस्तारै बाटो लाग्यो । उसको हिँडाई डेढ वर्षे शिशुको जस्तो थियो, मानौं जो भर्खर उभिएर पाइला चाल्न सिकिरहेछ ।

000

धङ्धङाउँदै गयो । आज आमाबिनाको किस्ने त्यसरी गयो ।

उसकी आमा कहाँ गई ? मरी कि जिउँदै छे ? किस्नेका लागि यति ठूलो र जरुरी प्रश्न सोध्ने मानिस यति ठूलो दुनियामा कोही भएन ।

एउटा रहस्य जस्तो किस्ने, आज त्यसरी धुवाँ उडाउँदै गयो । धुँवा जस्तै गयो ।

मानिसहरू ठान्दथे कि किस्नेका आमा छोरा बडा रहस्यमयी छन् । कतिले भन्थे–किस्नेकी आमा धनी बाउकी छोरी थिई । कुलतमा लागेर ऊ दुव्र्यसनी भई । दुव्र्यसनले गाँज्दै लाँदा ऊ बलात्कृत भई । किस्ने खासमा बलात्कारीको छोरो थियो ।
कतिले भन्थे–किस्नेकी आमाले भागेर बिहे गरेकी थिई । बाउआमाले रिसाएर वास्तै गरेनन् । भगाएर लैजाने केटोेले धोखा दिएर एक्लै भाग्यो । भाग्नु अगाडि किस्नेकी आमाले गर्भ बोकिसकेकी थिई । किस्ने धोखेबाज भगुवाको छोरो थियो ।
कतिले भन्थे–त्यो आइमाई मानसिक सन्तुलन बिग्रेर हिँडेकी थिई । रेक्सावालाहरूले रेक्सामा राखेर बजार डुलाउँथे । रक्सी खुवाउँथे । ऊ रेक्सावालाहरूसँगै बस्थी । कुनै एउटा रेक्सावालाले उसलाई पेट बोकायो र भाग्यो । किस्ने त्यसरी एक अज्ञात रेक्सावालाको छोरा थियो ।

जतिसुकै रहस्यमय भए पनि, किस्ने आखिर जन्मियो । र, आमाको सहयात्री भयो । किस्ने जन्मिएपछि उसलाई भेट्न अनेक दुःख आए । आँसु आयो । पीडा आयो । बिमारी आयो । भोक आयो । जाडोमा शीत लहर आयो । गर्मीमा लू आयो । हुरी आयो । असिना आयो ।

तर उसको बलात्कारी बाउ आएन । भगुवा बाउ आएन । अज्ञात बाउ आएन ।

मानिसहरूले किस्नेलाई हेरेर भने– ‘हे भौमान् ! के जमाना आयो !”

तर जमाना त उही नै हो नि ! समयको प्रवाह पनि उही नै हो । पृथ्वी, चन्द्र र सूर्य पनि उही नै हुन् । रात उही हो । दिन पनि उही । ती बदलिएका छैनन् । बदलिएको त मानिसको स्वभाव हो । मानिसको कर्म र इच्छा हो । स्वार्थ र आकाङ्क्षा हो । बदलिएको त मानिस हिंड्ने बाटो हो । मानिसको गन्तव्य हो । खुद मानिस नै हो ।

किस्नेको ओंठ कसैले निचोरेको छैन । तर निचोरेकै भए पनि दस वर्षीय किस्नेका ओंठबाट आमाको दूध आउने थिएन । किनभने उसले आमाको दूध खानै पाएको थिएन । यो कुरा न किस्नेलाई थाहा छ, न त देखि जान्ने दुनियालाई नै थाहा छ ।
थाहा छ त, सहरको त्यही सडक किनारलाई थाहा छ जहाँ किस्ने श्रीकृष्ण जस्तै मध्यरातमा जन्मेको थियो ।

त्यही प्रतीक्षालयलाई थाहा छ जहाँ उसकी आमाले उसलाई छातीमा गुटुमुटु पारेर कैयौं दिन र रात बिताएकी थिई । सुत्केरी समयका ती दिनहरूमा उसकी आमाले रुखोसुखो एक गास पनि राम्ररी खान नपाएकोले छातीबाट दूध आउँदैनथ्यो । दूध नपाएपछि ऊ बेसरी रुन्थ्यो । रोइरहेको किस्नेलाई भुलाउन आमा चाहिं बरु एक दुई थोपा रक्सी खुवाउँथी । रक्सीको नशामा किस्ने बेहाश भएर सुत्थ्यो । किस्ने आरामसँग सुतेपछि उसकी आमा पनि सुत्थी ।

पाए सम्म आमा रक्सी पिउँथी । मानिसहरूसँग माग्नु परे पनि रक्सी नै माग्थी । पैसा पाए पनि रक्सी नै किन्थी । आफू पिउँथी र किस्नेलाई पनि दुई चार बुँद रक्सी खुवाउँथी । त्यसरी दूधको ठाउँमा रक्सी खाएर हुर्केको बालक किस्नेको ओंठ निचोर्ने नै हो भने पनि उसको ओंठबाट दूध होइन, रक्सी नै आउँथ्यो होला ।

क्रूर समाज व्यवस्था र लूटतन्त्रमा अडिएको शासन व्यवस्थाले बनाएको खुला जेलमा बन्दी हुँदा किस्नेकी आमालाई लाग्यो होला उसलाई त्यो बन्दीगृहबाट मुक्त गर्ने कोही त कृष्ण अवश्य नै जन्मिएला नि ! उसले आफ्नै गर्भको शिशुमा आफ्नो मुक्तिदाता देखी होली । र न उसले आफ्नो शिशुलाई ‘किस्ने’ नाम दिई होली ।

तर कल्पना गर्दैमा र सोंच्दैमा कहाँ जन्मिन्छन् र कृष्णहरू ? अठारौं शताब्दीको जस्तो लाग्ने समाज व्यवस्था र जंगली युगको भन्दा निकृष्ट शासकहरू भएको देशमा किस्नेका आमाछोराहरू जस्ता रहस्यमयी पात्रहरू देखिइरहने छन् र रहस्य जस्तै हराइरहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?