ट्रेंडिंग:

>> चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> ११४ केजी गाँजासहित बाँकेमा तीन जना पक्राउ >> रोटरी क्लव अफ बुटवल चौतारीले गर्यो आरसी पोखरा भ्यालीको स्थापना >> विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त >> देवीनगर क्रिकेट प्रिमियर लिग २०८२, रोयल सिद्धार्थ विजयी >> प्रहरी र प्रशासनको रोहबरमा खोलियो होटल ब्यवसायी संघको ताला >> कान्ति माबि अन्तिम चारमा, न्यू होराईजन र नयागाउ क्वाटरफाईनलमा >> विश्व पौडेलसहित गभर्नरमा ३ जनाको नाम सिफारिस >> काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग स्पष्टीकरण माग >> भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु >> ‘महत्वपूर्ण एजेण्डा नभएकाले बैठक बहिष्कार गरेका हौ’ >> नेप्से परिसुचक बढ्दा, कारोबार भने घट्यो >> ईलाका प्रशासन सेमरीमा शाखा अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या >> गभर्नरमा विश्व पौडेल नियुक्त हुने निश्चित >> गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद्को बैठक आजै >> साइबर अपराधमा शुद्धोधन गाउँपालिका अध्यक्ष पक्राउ >> पोखरा आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का >> निःशुल्क स्वास्थ्य शिविरमा नागरिकको उत्साह >>  मन्त्रिपरिषद् बैठक बोलाइयो, गभर्नर नियुक्तिको बाटो खुल्ने संकेत >> सम्झौता नगर्ने हो भने प्रधानमन्त्रीलाई हेलिकोप्टर चढाएर जान छुट दिनुपर्छ: राजेन्द्र लिङ्देन >> मिटर ब्याज पीडितलाई न्याय दिलाउने माग गर्दै सांसद सुमना श्रेष्ठको संसदमा प्रश्न >> प्रधानमन्त्री ओली र शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता >> लुम्बिनी ईन्टरनेश्नल कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन >> रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ जारी >> सुनको भाउ स्थिर, चाँदीको भाउ सामान्य घट्यो >> नेपाललाई थाइल्यान्डले ७८ रनले हरायो >> विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तीको गोबरमार्फत >> पानी पिउँदा गलत त गरिरहनुभएको छैन, उसो भए यो ४ तरिका जान्नुहोस् >> रामपुर पूर्णखोप दीगोपना सुनिश्चित पालिका >> ई–रिक्सा श्रमिक महिलाका पीडा सम्बोधन कहिले ? >> सगरमाथा सम्बादको सन्देश >> आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने >> भेरीमा जलनका बिरामीको चाप >> अनलाइन टिभी पत्रकार संघ लुम्बिनी प्रदेशको नेतृत्वमा अधिकारी >> आजको मौसमः बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने >> बुद्धपद्ममा जंकफुड निषेध >> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित >> कान्ति, दीप, नबिन र ईडन विजयी >> समृद्धि हेयर ड्रेसिङ एकेडेमीलाई आईएसओ प्रमाणपत्र, ३६६ विद्यार्थीले पाए सिपको प्रमाणपत्र >> साईबर अपराधबारे एक दिने सचेतना कार्यक्रम >> जबरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ >> चीनले अमेरिका, ईयू र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगायो >> लगातार घट्दै आएको शेयर बजार आज दोहोरो अङ्कले उकालो >> चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४७.८ अर्ब बराबरको खाद्यान्न आयात >> ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरेपछि प्रधानमन्त्रीले भने, ‘बधाई छ’ >> महत्वाकांक्षी लुम्बिनीको नीति तथा कार्यक्रमः कार्यान्वयनमा शंका >> दूधाधारी माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया  >> गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन् बैठकमा >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा
मुख्य खबर

गर्मीबढेपछि निकुञ्जमा जनावरलाई पानीको जोहो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँसेमैदान निर्माण, पोखरी निर्माण तथा व्यवस्थापन र पानी नभएका ठाउँमा सोलार जडान गरी पानी निकाल्ने गरिएको छ ।
२४ जेष्ठ २०८०, बुधबार
२४ जेष्ठ २०८०, बुधबार

बाँके , जेठ- देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा संरक्षण कार्यक्रम संचालन गरेपछि वन्यजन्तु बृद्धि भएका छन् । सन् २००० देखि थालिएको वन र वन्यजन्तु संरक्षण अभियानले सार्थक परिणाम हासिल गर्न गरेको निकुञ्जका प्रमुख श्यामकुमार शाह बताउँछन् । बाँके निकुञ्ज, राष्ट्रिय वन तथा मध्यवर्ती क्षेत्रमा संरक्षण अभियान संचालनमा छ ।
वन र वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ सरकारी तथा स्थानीय तहसंगको साझेदारीमा तराई भु–परिधि कार्यक्रम लागू गरिएको छ । संरक्षण अभियानमा तालले सोझै कार्यक्रम संचालन नगरी बाँके निकुञ्ज र स्थानीय सरोकारवाला निकाय तथा स्थानीय तहसंग साझेदारी गरेर कार्यक्रम गर्दै आएको छ ।
नेपाल सरकारले नै हालसम्म वन वन्यजन्तु संरक्षणको कार्ययोजना बनाएर लागू गरेको कार्यक्रमलाई तालले हातेमालो गर्दै आएको हो । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँसेमैदान निर्माण, पोखरी निर्माण तथा व्यवस्थापन र पानी नभएका ठाउँमा सोलार जडान गरी पानी निकाल्ने गरिएको शाहले बताए । नियमित बजेटले अप्रत्यासित कामका लागि सम्बोधन गर्न नसकेको अवस्थामा तालले गरेको साझेदारीले संरक्षण अभियान संचालन गर्दा आकस्मिक गर्नुपर्ने काममा तालको कार्यक्रम र बजेट महत्वपूर्ण हुने बाँके निकुञ्जले जनाएको छ ।
२०६७ सालमा स्थापना भएको बाँके निकुञ्ज बाघ संरक्षणको मूख्य लक्ष्य रहेको छ । बाघका लागि आहाराजन्य वन्यजन्तुको संरक्षण गरी बाघको संख्यामा वृद्धि गर्नु बाँके निकुञ्जका लागि चुनौती छ । तर, घाँसे मैदान निर्माण, पोखरी निर्माण र पानी नहुने सुख्खा ठाउँमा सोलार जडान गरी पानीको व्यवस्थापनमा तराई भू परिधि कार्यक्रमले सहयोग गरेको तालका सहजकर्ता तिलकराम चौधरीले जानकारी दिए ।
बाँके निकुञ्ज, निकुञ्ज बाहेकको राष्ट्रिय वन, सामुदायिक वन क्षेत्रहरुमा यसरी वन र वन्यजन्तुको संरक्षण अभियान सार्थक देखिएको हो । बाँके निकुञ्जमा सन् २०१३ मा ४ वटा बाघ रहेकोमा चौका, चित्तल, निलगाई, चराचुंगी वृद्धि हुँदा हाल बाघको संख्या २५ पुगेको छ । यता, कम्दी करिडोर क्षेत्रमा निर्माण गरिएको पानी पोखरीले वन्यजन्तु गाउँमा जानबाट रोकिएको स्थानीयको भनाई छ ।
यसरी प्रकृति र वन्यजन्तुको संरक्षणले सहअस्तित्व कायम गर्दै संरक्षण अभियानका कारण पर्यापर्यटनको विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?