ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनी विरुद्व अभिमुखिकरण >> विदेश भ्रमणमा अब ५ प्रतिशत शुल्क नलाग्ने, आर्थिक विधेयकमा व्यवस्था हटाइयो >> प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म >> ११ डिआइजीको सरुवा, को कहाँ? >> सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुटाउनुपर्छ : नैनसिंह महर >> क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सरकारको प्राथमिकतामा: उर्जामन्त्री >> अमेरिकाले पाँच महिनामा १ हजार भारतीयलाई डिपोर्ट गर्‍यो >> पाल्पा बन्यो, पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्ला >> विष्णु रिमाल – नयाँ बजेटप्रति सबैको सकारात्मक प्रतिक्रिया बढ्दो >> काठमाडौंमा राजावादी आन्दोलन जारी: माइतीघर–बानेश्वर सडक अवरुद्ध >> आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग >> बजेट कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट कार्ययोजनाको काम सुरु हुन्छ: अर्थमन्त्री >> जेठ १८ गते काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा >> प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका तय गर्न सिंहदरबारमा बैठक जारी >> वरिष्ठ पत्रकार विजय चालिसेको निधन >> कपालको विकासका लागि उपयुक्त बदामको तेल >> ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता >> भारतीय रुपैयाँ सहित दुई पक्राउ >> सुनको भाउमा ७ सय रुपैयाँको वृद्धि >> माओवादीको रोकिएको मध्यपहाडी अभियान जेठ २१ पछि पुनः सुरु हुने >> गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद नचल्ने : माओवादी केन्द्र >>  नीति तथा कार्यक्रम अघि नीति बहसको आवश्यकता >> गणतन्त्र दिवसमा सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान >> बुटवलको पाँचौँ पटक च्याम्पियनको तयारी >> बजेट वक्तब्यमा वन तथा वातावरण >> अपडेट: दाउन्ने सडक एकतर्फी सञ्चालन >> बुटवलको घटना  मानव सभ्यतामाथिकै कलङ्क >> विकासका नाममा दुई किलोमिटर कालोपत्रे त्यही पनि टिकेन >> सङ्घीय सरकारको बजेट पेस: लुम्बिनीमा के के परे योजना ? >> दाउन्ने सडक पूर्ण अवरुद्ध >> देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना >> चेम्वर लुम्विनीले गर्यो बजेटको स्वागत >> टिकटक र डिजिटल लत ! >> बर्दघाट  नगरपालिकाद्वारा नगर गान  सार्वजनिक >> गणतन्त्र दिवसको अवसरमा वृद्धाश्रममा सहयोग >> अब प्रदेशबाटै सवारी चालक अनुमति पत्र वितरण गरिने >> आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड >> सरकारी तलब यथावत, महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइयो >> गणतन्त्रमाथि प्रश्न उठाउने असंवैधानिक कदम स्वीकृत हुँदैन: मुख्यमन्त्री कँडेल >> विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने व्यवस्था लागू गर्ने >> ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन >> जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण >> खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन >> सहकारी बचतकर्ताको सुरक्षाका लागि ५ लाखसम्मको निक्षेप सुरक्षण >> सामाजिक सुरक्षा बजेटमा १ खर्ब ९ अर्ब, वृद्ध भत्ता उमेर नबढाइने >> २०८१ फागुनसम्म उद्योग विभागमा ९ हजार ९ सय ६३ उद्योग दर्ता >> कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट >> नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट >> अर्थव्यवस्था सकारात्मक लयतर्फ उन्मुखः अर्थमन्त्री पौडेल >> संसद्मा बजेट वक्तव्य जारी हुँदा यस्तो देखियो दृश्य

समानुपातिक निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष मात्रै राखौं : गगन

२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

बुटवल,२३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसलाई बदल्न समानुपातिक निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष मात्रै राख्नुपर्ने बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले गर्ने गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् ।

दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि राखिएको अभिमुखीकरणलाई सम्बोधन गर्दै गगनले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने, गलत निर्णयका विरुद्ध आवाज उठाउन सक्नुपर्ने बताएका हुन् ।

नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने भन्दै नेपाली कांग्रेसलाई बदल्नै पर्ने उनले बताए ।

‘कांग्रेसलाई बदल्न तपाई हामी सबै बदलिनुपर्ने छ । त्यो भन्या निर्वाचन प्रणाली बदलौँ । समानुपातिक निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष मात्रै राखौं । प्रत्यक्षलाई समावेशी बनाऔँ’उनले भने,‘यसो गर्दा कोही सँग गठबन्धन गर्न पनि परेन । पार्टीले काबिल मान्छेलाई मन्त्री बनाऔँ न त । पार्टीभित्र माथिदेखि तलसम्म भएको सबै गुट भत्काऊ त । पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै निर्णय गरौँ त । यही हो बदलिने भनेको ।’

धेरै समय पार्टी र जनप्रतिनिधिको बिचको सम्बन्ध, गर्नुपर्ने काम र लिनुपर्ने नीतिको बारेमा समय खर्चिएका थापाले पार्टीले तयार पारेको घोषणापत्रको आधारमा काम गर्न सुझाए ।

‘अव पनि हामी बोलेनौँ भने, अव पनि प्रश्न गर्न सकेनौँ भने, गल्ती भएको बेलामा गल्ती भयो भनेर बोल्न सक्नुपर्छ,पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ । पार्टीलाई ठिक ठाउँमा उभ्याउन सक्नुपर्छ ।’ उनले भने ।

पार्टी नेतृत्वले चुनावमा गठबन्धन गरेर गल्ती गरेको थापाको आरोप छ । ‘पार्टीले कहाँ गल्ती गर्‍यो भने माथिदेखि तलसम्म कांग्रेसको मान्छेलाई हँसिया हथौडामा भोट हाल्न लगाउने कुरा गल्ती थियो ।
कांग्रेसको मान्छेलाई कलममा भोट हाल्न लगाउने कुरा कांग्रेसको गल्ती थियो ।’

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य विनोद चौधरीले मुलुक आर्थिक रूपमा संकटको अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराएका छन् । उनले साधारण खर्च बढ्ने तर, पुँजीगत खर्च घट्ने अवस्थाले मुलुकलाई अहित गर्ने तर्क गरे ।

नेपाली कांग्रेस प्रशिक्षण विभाग लुम्बिनी प्रदेशले दुई दिनसम्म प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?