ट्रेंडिंग:

>> विपत् व्यवस्थापनमा दिनरात खट्ने हिरो >> कमल थापा र दीपक सिंहसहित ७ जना रिहा >> दश हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र कालिकोट पुग्यो >> प्रशिक्षक नेपालीले अब माल्दिभ्समा कोचिङ गर्ने >> बुटवलमा एफडी मोटर्सको शोरुम, ‘एफ–५ ए प्रो’ स्कुटर सार्वजनिक >> रोटरी क्लब बुटवल चौतारीद्वारा मेगा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण >> ‘यो प्रचण्डको होइन, जनताको गणतन्त्र हो’ –  प्रचण्ड >> जलवायु संकटको जोखिम बढ्दो, देउवाको सरकारलाई पूर्वतयारीको सुझाव >> राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैन: नैनसिंह महर >> मदन भण्डारी खुल्ला दौड प्रतियोगिता  हुँदै >> प्रधानमन्त्री ओलीद्वारा मधेसमा एकैपटक ६४ सडकको शिलान्यास >> काठमाडौं ठप्प पार्ने चेतावनीसहित लिङ्देनको आग्रह: ‘कमल थापालाई ससम्मान फिर्ता गरिओस्’ >> छाडा कुकुरको संरक्षणका लागि रुपन्देहीमा आधुनिक उपचार केन्द्र >> राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा >> मिस वर्ल्ड २०२५ को उपाधि थाइल्यान्डकी ओपल सुचातालाई >> भारतमा कोरोना संक्रमण तीव्र बन्दै, दुई दिनमै २१ को मृत्यु >> रुसी कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो >> रेडक्रसको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता >> वरिष्ठ साहित्यकार गणेश रसिकको निधन >> सहकारी क्षेत्रमा ९ खर्बभन्दा बढी कर्जा प्रवाह >> हरेक दिन अनार खादा तपाईँको शरीरमा देखिनेछ नयाँ नयाँ परिवर्तन >> राजसंस्थाको पक्षमा राजावादीहरूको प्रदर्शन आज पनि जारी >> रुसमा रेल्वे ट्रयाकको पुल भत्किदा ७ को मृत्यु >> डोटीमा जिप दुर्घटना : एकको मृत्यु, आठ घाइते >> सार्वजनिक यातायात व्यवसायीहरुले थाले आन्दोलन >> २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ >> तीन सयले बढ्यो सुनको मूल्य >> तिलोत्तमा ब्याडमिन्टन प्रतियोगिता  >> प्रधानमन्त्रीले आज एकै पटक ६४ सडक शिलान्यास गर्दै, १२ सय ७० करोडको योजना >> एकै दिन ३ सय जनाले गरे रक्तदान >> प्रतिवेदन कार्यान्वयनमा स्थानीय तहको भूमिका >> बजेटले बढाएको उत्साह  >> अन्तरपालिका समन्वय गरी विकासमा जोड >> राष्ट्रिय परिचयपत्रको ‘सास्ती’ >>  रक्तदानमा ‘अभियन्ता’ कै भर >> स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार >> देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा >> घरघरमा धारा पुगेपछि फेरियो दैनिकी >> काठको आयात रोक्नुपर्नेमा वनमन्त्रीको जोड >> बेसहारा महिला र अनाथ बालबालिकाको साथमा नेता आनन्द विष्टले मनाए जन्मदिन >> आज राति पनि कोशीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना >> आन्दोलनरत कर्मचारीलाई वार्ताका लागि आह्वान >> सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना >> गृहमन्त्रीकाे राजीनामा माग अनुचित, पूरा हुन सम्भव छैन: प्रधानमन्त्री >> नवलपरासीमा सात सय बढी भूमिहीनका लागि आवास निर्माण हुने >> खुलालु–लालिघाट सडक पुर्ण रुपमा बन्द >> गुल्मेली समाज जापानद्वारा नगर प्रमुखलाई सम्मान  >> दुई वर्षमा तीन लाखले चढे लुम्बिनी केवल कार >> टिकटकमा अन्तरजातीय प्रेम र सामाजिक चुनौती  >> गौतमबुद्ध मावि विद्यार्थीविहीन हुने अवस्थामा

संसद्‍मा एमाले, रास्वपा र राप्रपा एकैठाउँ, प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी

२१ जेष्ठ २०८०, आईतवार
२१ जेष्ठ २०८०, आईतवार

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक असंवैधानिक बाटोबाट प्रमाणीकरण गरेको भन्दै आइतबार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरु आन्दोलित भएका छन्। आइतवार बसेको संसद् बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीसहितले अवरोध गर्दै नाराबाजी गरेका हुन्।

सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्षी दलका सांसद्हरु ड्यासबाट उठेर अवरुद्ध गर्न उत्रिएका हुन्।

बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिए।

बैठकमा खासगरी एमालेका सांसदहरुले असंवैधानिक नारिकता विधेयक खारेज गर, भैंसीसँग देश बेच्न पाइँदैन, प्रधानमन्त्रीको विवादित भनाइ मुर्दावाद जस्ता नारा लगाएका थिए।

सरकारको कदमविरुद्ध प्रतिपक्षी दलहरुले मोर्चाबन्दी गरेपछि सभामुख घिमिरेले बैठक एक घण्टाका लागि स्थगित गरेका छन्।

यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म प्रमाणीकरण नगरेपछि निष्क्रिय भएको नागरिकता विधेयक वर्तमान राष्ट्रपति पौडेलले गत जेठ १७ गते प्रमाणीकरण गरिदिएका थिए।

मन्त्रिपरिषद्को आग्रहमा संसद्‍लाई छलेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै प्रतिपक्षी दलहरु आन्दोलित भएका हुन्।

उक्त विधेयक राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने दिन नै प्रमाणीकरण गरिदिएका थिए।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकै क्रममा अतिक्रमित नेपाली भूमि कालापानीसहितसँग पूर्वी नाकाबाट बंगलादेश जाने बाटो लिन सकिने विवादित अभिव्यक्ति दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?