© २०२३
बुटवल,१८ जेठ । कपिलवस्तुको बाणगंगामा एक युवाले चक्कु प्रहार गरी दुईजनाको हत्या गरेका छन् । रुपन्देहीको कंचन गाउपालिका २ का २२ बर्षिय मोहन थारुले बाणगंगा नगरपालिका–५ मटेरियामा आफनै प्रेमिका र प्रेमिकाका काकाको चक्कु प्रहार गरी हत्या गरेका छन्।
बिहीवार बिहान सवा नौ बजेतिर प्रेमिका २२ बर्षिया अन्जीन थारु र उनका काका ७० बर्षिय बम बहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन्।
चक्कु प्रहार पछि दुबै जना गंभीर घाईते भएका थिए। बम बहादुरको ४ नम्बरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए।
चक्कु प्रहार गर्ने मोहन थारु प्रहरी नियन्त्रणमा छन्। मोहन र अन्जनी बिच बिगतमा प्रेम सम्बन्ध रहेपनि पछिल्लो समय बिहे गर्न नमानेपछि विवाद बढे पछि अन्जनीले मोहनलाइ बेवास्ता गर्दैै आएकी थिईन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी