© २०२३
काठमाडौं, १४ जेठ ।
सर्वोच्चद्वारा टिकापुर घटनाका दोषी ठहर गरिएका रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपति समक्षा सिफारिश गरेको छ ।
टीकापुर हत्याकान्डका मुख्य योजनाकारका रुपमा जेल सजाय भोगिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। आइतबार बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्।
५० प्रतिशत सजाय शर्माका अनुसार केही कैदीहरुको सजाय मिनाहा लागि सिफारिसको निर्णय भएको बताइन्।
‘केही समयअघि सर्वोच्च अदालतले पनि उच्च अदालतले गरेको रेशमजीको सजाय सदर गरिसकेको छ’, उनले भनिन्, ‘उहाँले ५० प्रतिशत सजाय कटाइसकेकाले बाँकी सजाय माफी मिनाहाको निर्णय भएको हो। अन्य केही कैदीको पनि सजाय माफी मिनाहाको निर्णय भएको छ।’
शर्मा अनुसार कानुनी परामर्श र राय सुझाव लिएपछि यो निर्णय कानुन अनुसार ठीक भन्ने ठहरसहित रेशमको सजाय माफीका लागि सिफारिस गरिदिएको बताएकी छन्।
यसअघि जेठ १२ गते राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफीका लागि पठाइएको फाइल कार्यार्थ गृह मन्त्रालयमा पठाइदिएका थिए।
सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल उनले रायसुझावसहित गृह मन्त्रालयमा पठाइदिएका थिए।
‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरि कानुनबमोजिम गर्न’ भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको थियो।
त्यसबेला टीकापुरमा हत्या गरिएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदाले दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा कार्याथ पठाएको थियो।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी