ट्रेंडिंग:

>> एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या >> अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान >> तौलिहवामा यात्रुवाहक सवारी साधनको चरम लापरवाही >> नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति >> बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही >> सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय >> पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र >> भारतको तरबुजाले नेपाली किसान मर्कामा >> ‘राजतन्त्रको विषयमा भ्रममा नपरे हुन्छ’ >> अनधिकृत रुपमा निर्माण गरिएका घरटहरा हटाएर सडक निर्माणमा सहयोग गर्न आग्रह >> रक्तचाप नियन्त्रणमा सावधानी जरुरी >> सगरमाथा संवाद आज समापन हुँदै : काठमाण्डौ घोषणापत्र जारी गर्ने >> बल्झिंदै आङ खस्ने समस्या >> बाँझो जमिनमा काँक्रा क्रान्ति >> खानेपानी र सरसफाई सम्बन्धि अभिमुखीकरण >> बुटवल डोजाङ च्याम्पियन >> आज सबै प्रदेशमा वर्षा, तराईमा हावाहुन्डरीको सम्भावना >> ७ हजारको लगानीबाट सुरु, विदेशसम्म चप्पल पठाउँदै सुनिता गुरुङ >> नयाँशक्तिको बुटवलमा रुचाल >> वडा नं १९ लाई उपाधि >> आईतबारबाट प्रथम मेयर कप क्रिकेट >> घरछेउमा स्वास्थ्य सेवा पाएपछि घोरदौराका महिला खुसी >> लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङ्गविरुद्धको अविश्वास प्रस्ताव पारित >> चप्पल व्यवसायबाट भविष्य बुन्दै सुनिता गुरुङ्ग, महिला उद्यमशीलताको उज्यालो अनुहार >> विज्ञले भने- हिमाल जीवनशैलीको प्रमुख स्रोत हो, तिनको संरक्षण गर्नु विश्व समुदायको दायित्व >> ईलिट जेआर र बुटवल १९ बीच उपाधि भिडन्त >> सुपादेउरालीको भजनबाट प्रचारप्रसार >> ललितपुरका मेयर महर्जन मितेरी गाउँ गुल्मीको मालिकामा >> हावाहुरीले क्याम्पस भवनमा क्षति >> आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै >> चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा >> अम्रिसो खेतीले चिनिएको पाल्पाको ओखलढुंगा >> महिलालाई नै अघि सार्दै >> देउरालीमा ‘एक्ला मान्छे’ >> कांग्रेस संसदीय दलको बैठक बस्दै >> जेठ ४ देखि भैरहवामा प्रथम माननीय कप क्रिकेट प्रतियोगिता >> नेपालगन्जमा करिव एक दशकपछि भयो मुशायरा >> चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> बालबालिकाको मुटु चेकजाँच अभियान >> हुण्डी कारोबार गर्ने तीनजना रुपन्देहीबाट पक्राउ >> कर्णालीका कर्मचारीहरु फेरि आन्दोलनमा उत्रिने >> थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’ >> रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते >> रुखले च्यापिएर १४ वर्षीया बालिकाको मृत्यु >> षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’ >> लुम्बिनीमा पिकअप र कार ठोक्किदा २ जनाको मृत्यु >> उपेन्द्र यादवले भने, ‘भूमि सबन्धी विधेयकको विरोध रहन्छ’ >> ४३.१ प्रतिशत विद्यालयहरूमा मात्र इन्टरनेट पहुँच >> १९ वर्षमुनिको साफ फुटबल: सेमिफाइनलमा नेपाल आज बङ्गलादेशसँग भिड्दै >> विद्युत अवरुद्धपछि प्राधिकरणको स्पष्टीकरण : “चिन्ता लिनु पर्ने अवस्था छैन”

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

जेठ १८ गते भारतीय समकक्षीसँग हैदरावाद हाउसमा वार्ता
१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

काठमाडौँ ।

जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन् । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै  भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।  भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री दाहाल जेठ २० मा काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

नेपालको प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने मन्त्रालयले आशा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?