ट्रेंडिंग:

>> बुटवलको पाँचौँ पटक च्याम्पियनको तयारी >> बजेट वक्तब्यमा वन तथा वातावरण >> अपडेट: दाउन्ने सडक एकतर्फी सञ्चालन >> बुटवलको घटना  मानव सभ्यतामाथिकै कलङ्क >> विकासका नाममा दुई किलोमिटर कालोपत्रे त्यही पनि टिकेन >> सङ्घीय सरकारको बजेट पेस: लुम्बिनीमा के के परे योजना ? >> दाउन्ने सडक पूर्ण अवरुद्ध >> देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना >> चेम्वर लुम्विनीले गर्यो बजेटको स्वागत >> टिकटक र डिजिटल लत ! >> बर्दघाट  नगरपालिकाद्वारा नगर गान  सार्वजनिक >> गणतन्त्र दिवसको अवसरमा वृद्धाश्रममा सहयोग >> अब प्रदेशबाटै सवारी चालक अनुमति पत्र वितरण गरिने >> आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड >> सरकारी तलब यथावत, महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइयो >> गणतन्त्रमाथि प्रश्न उठाउने असंवैधानिक कदम स्वीकृत हुँदैन: मुख्यमन्त्री कँडेल >> विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने व्यवस्था लागू गर्ने >> ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन >> जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण >> खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन >> सहकारी बचतकर्ताको सुरक्षाका लागि ५ लाखसम्मको निक्षेप सुरक्षण >> सामाजिक सुरक्षा बजेटमा १ खर्ब ९ अर्ब, वृद्ध भत्ता उमेर नबढाइने >> २०८१ फागुनसम्म उद्योग विभागमा ९ हजार ९ सय ६३ उद्योग दर्ता >> कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट >> नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट >> अर्थव्यवस्था सकारात्मक लयतर्फ उन्मुखः अर्थमन्त्री पौडेल >> संसद्मा बजेट वक्तव्य जारी हुँदा यस्तो देखियो दृश्य >> चालू आवको बजेट ८९ प्रतिशत मात्रै खर्च हुने, राजस्व १७ प्रतिशतले बढ्ने >> आर्थिक वर्ष २०८२/८३ को बजेट (लाइभ) >> आलम प्रकरण न्यायालयको इतिहासमा कलङ्कका रूपमा दर्जः नारायणकाजी >> मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, केहीबेरमै संसदमा प्रस्तुत हुँदै >> एमालेको उत्सव र राजावादीको र्‍याली एकै स्थानमा, राजधानीमा चर्कियो तनाव >> चालू आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान >> दाङमा चोरीको आरोपमा ६ जना पक्राउ >> गणतन्त्र दिवसमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घद्वारा मानव सेवा आश्रममा नगद सहयोग >> प्रतिनिधिसभामा चालू आवको आर्थिक सर्वेक्षण पेस >> भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो >> गणतन्त्र दिवस र यसका उपलब्धिहरू  >> आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक >> सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो >> पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन >> एमालेको प्रदर्शन सुरु, जुट्दै राजावादी >> गणतन्त्र दिवसमा तौलिहवामा नगर सरसफाई >> प्रदेश राजधानीमा उत्सवमय गणतन्त्र दिवस >> बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक >> मुसिकोट र जापानको बुङ्गोओन नगरबिच मैत्रीपूर्ण सहयोग सम्झौता >> थारु परम्परा अब कानुनी ढाँचामा लुम्बिनीमा ‘वडघर ऐन’ ल्याउने तयारी  >> सुन्दर बजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान >> मुगुमा सामूहिक आलु खेती, बजार नपाउने चिन्ता >> बढ्दै दण्डहिनता, खुम्चिँदै नागरिकको भूमिका

समितिमा भागबन्डा मिलेपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक अगाडि बढाउन एमाले तयार

३१ बैशाख २०८०, आईतवार
३१ बैशाख २०८०, आईतवार

काठमाडौँ ।

दलहरूबिच संसदीय समितिको सभापतिमा भागबन्डा मिलेको छ । साथै संवैधानिक परिषद्सम्बन्धी विधेयक समेत अघि बढाउन प्रमुख तीन दलबीच सहमति जुटेको छ ।

निर्वाचन सम्पन्न भएको पाँच महिना बित्दा समेत दलहरूबिच भागबन्डा नमिल्दा संसदीय समिति गठनले पूर्णता पाएको थिएन । आइतबार प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबिच बालुवाटारमा भएको छलफलमा संसदीय समितिमा भागबन्डा मिलेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

‘यसअघि दलहरूका बिचमा भएको सहमति भत्कियो, अब के हुन्छ ? कसो हुन्छ भन्नेजस्ता आशङ्का र प्रश्नहरू उठेका थिए’, ‘त्यस सम्बन्धमा आधारभूत कुरामा दलहरू फेरि एक ठाउँमा उभिएर जानुपर्छ भन्ने मोटो सिद्धान्तमा फेरि पनि सहमति भएको छ’ नेम्वाङले  भने, ‘हिजोअस्ति भत्किएको भनिएको सहमति पनि कार्यान्वयन गर्न दलहरूबिच सहमति भएको छ ।’

आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक र एमाले अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।

पहिला प्रचण्ड, देउवा र ओलीबिचको छलफलपछि अन्य नेतालाई बालुवाटार बोलाएर छलफल भएको थियो ।

छलफलमा तीन दलका शीर्ष नेताहरूबिच सांसदका १२ वटा समितिको सभापतिमध्ये ३ वटाको नेतृत्व एमालेलाई दिने सहमति भएको छ । जसअनुसार संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले लिने सहमति भएको छ ।

‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, सार्वजनिक लेखा समिति र थप एक विषयगत समितिको सभापति एमालेलाई दिने र बाँकी समितिमा सत्ता पक्षले नेतृत्व गर्ने सहमति भएको छ’, बालुवाटार छलफलमा सहभागी एक नेताले भने,‘संवैधानिक परिषदसम्बन्ध विधेयक पनि आजभोलि नै अघि बढाउन नेताहरू सहमत भएका छन् ।’

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य रहने संयुक्त समिति हो । समितिमा भागबन्डा मिलेसँगै संवैधानिक परिषद्सम्बन्धी विधेयक अघि बढ्ने भएको छ । यसअघि एमालेले उक्त विधेयक अघि बढाउन अनिच्छा जनाएको थियो ।

यसैबिच माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले बालुवाटारमा भएको छलफलमा जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको जानकारी दिए ।

उनका अनुसार बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको छ । ‘निकै सकारात्मक छलफल भएको छ । संसद्को बजेट अधिवेशन जारी छ, सांसदलाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ मुख्य सचेतक पाण्डेले भने, ‘संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन । संसद् सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ । छिट्टै निष्कर्षमा पुग्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?