ट्रेंडिंग:

>> रुस माथि युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु विमान पार्‍यो ध्वस्त >> मेयर कप क्रिकेटको उपाधि वडा नम्बर २ लाई >> यातायात व्यवसायीको बन्दको कारण देशैभरिको सार्वजनिक यातायात प्रभावित >> न्यून पुँजीगत खर्च, सार्वजनिक वित्त व्यवस्थापनको चुनौती >> सिठी नखःको अवसरमा कक्षपति समाजको कुल पूजा सम्पन्न, “कक्षपति युवा समाज“ गठन >> व्यवसायीद्वारा अनिश्चितकालीन  यातायात बन्दको घोषणा >> रास्वपाले बोलायो पार्टी सचिवालय र संसदीय दलको बैठक >> बजेटमाथि छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक >> भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु >> देवदहमा ‘कुकुरशाला’ >> भारतमा बढ्दै कोरोना, सावधानी छिमेकमा  >> खुम्चियो वृद्ध भत्ताको सपना  >> नेपाली क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै >> भारतीय कृषक धानको बीउ खरिद गर्न नेपालगञ्जमा >> विपत् व्यवस्थापनमा दिनरात खट्ने हिरो >> कमल थापा र दीपक सिंहसहित ७ जना रिहा >> दश हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र कालिकोट पुग्यो >> प्रशिक्षक नेपालीले अब माल्दिभ्समा कोचिङ गर्ने >> बुटवलमा एफडी मोटर्सको शोरुम, ‘एफ–५ ए प्रो’ स्कुटर सार्वजनिक >> रोटरी क्लब बुटवल चौतारीद्वारा मेगा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण >> ‘यो प्रचण्डको होइन, जनताको गणतन्त्र हो’ –  प्रचण्ड >> जलवायु संकटको जोखिम बढ्दो, देउवाको सरकारलाई पूर्वतयारीको सुझाव >> राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैन: नैनसिंह महर >> मदन भण्डारी खुल्ला दौड प्रतियोगिता  हुँदै >> प्रधानमन्त्री ओलीद्वारा मधेसमा एकैपटक ६४ सडकको शिलान्यास >> काठमाडौं ठप्प पार्ने चेतावनीसहित लिङ्देनको आग्रह: ‘कमल थापालाई ससम्मान फिर्ता गरिओस्’ >> छाडा कुकुरको संरक्षणका लागि रुपन्देहीमा आधुनिक उपचार केन्द्र >> राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा >> मिस वर्ल्ड २०२५ को उपाधि थाइल्यान्डकी ओपल सुचातालाई >> भारतमा कोरोना संक्रमण तीव्र बन्दै, दुई दिनमै २१ को मृत्यु >> रुसी कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो >> रेडक्रसको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता >> वरिष्ठ साहित्यकार गणेश रसिकको निधन >> सहकारी क्षेत्रमा ९ खर्बभन्दा बढी कर्जा प्रवाह >> हरेक दिन अनार खादा तपाईँको शरीरमा देखिनेछ नयाँ नयाँ परिवर्तन >> राजसंस्थाको पक्षमा राजावादीहरूको प्रदर्शन आज पनि जारी >> रुसमा रेल्वे ट्रयाकको पुल भत्किदा ७ को मृत्यु >> डोटीमा जिप दुर्घटना : एकको मृत्यु, आठ घाइते >> सार्वजनिक यातायात व्यवसायीहरुले थाले आन्दोलन >> २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ >> तीन सयले बढ्यो सुनको मूल्य >> तिलोत्तमा ब्याडमिन्टन प्रतियोगिता  >> प्रधानमन्त्रीले आज एकै पटक ६४ सडक शिलान्यास गर्दै, १२ सय ७० करोडको योजना >> एकै दिन ३ सय जनाले गरे रक्तदान >> प्रतिवेदन कार्यान्वयनमा स्थानीय तहको भूमिका >> बजेटले बढाएको उत्साह  >> अन्तरपालिका समन्वय गरी विकासमा जोड >> राष्ट्रिय परिचयपत्रको ‘सास्ती’ >>  रक्तदानमा ‘अभियन्ता’ कै भर >> स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार

रोहिणीका किसानले पाए ५० प्रतिशत अनुदानमा पम्पसेट

२६ बैशाख २०८०, मंगलवार
२६ बैशाख २०८०, मंगलवार

भैरहवा, २६ वैशाख ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा५० प्रतिशत अनुदानमा कृषकहरुलाई पम्पसेट वितरण गरिएको छ । ३ नम्बर वडा कार्यालय, धकधईमा सोमबार आयोजित कार्यक्रममा २० वटा पम्पसेट वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका कृषि शाखा प्रमुख जितेन्द्र यादवले कृषि उपकरणमा कृषकको पनि लगानी भए अपनत्व हुने भएकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताए । उनले मेशिनरीको रेखदेख, मर्मतसम्भारमा ध्यान दिन कृषकहरुलाई आग्रह गरे । उनले भने, ‘उपलब्ध भएको पम्पसेटबाट कसरी लाभ लिने, कसरी उत्पादकत्व बढाउने भन्नेतर्फ ध्यान दिनुपर्छ । मेशिनको दुरुपयोग नहोस् । ’ कृषि शाखा प्रमुख यादवले कृषिको व्यवसायीकरण र आधुनिकीकरण आवश्यक रहेको बताए ।

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले कुनै पनि किसानलाई भेदभाव नगरिएको बताए । उनले वडाका विभिन्न स्थानमा बोरिङ जडान गरिएको बताए । उनले भने, ‘हिजो जुन स्थानमा केही उत्पादन भएको थिएन, आज त्यहाँ हराभरा छ । यसले हामीलाई खुसीको अनुभुति भएको छ । ’

गाउँ कार्यपालिका सदस्य नियामत अलीले तरकारी खेतीमा जोड दिन कृषकहरुलाई आग्रह गरे । उनले भने, ‘नेपाल कृषिप्रधान देश हो । तरकारी खेतीमा जोड दिन सक्यौं भने तरकारी किनेर खानुपर्दैन ।’

रोहिणी–३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले आगामी दिनमा पनि कृषि क्षेत्रको विकासका लागि वडा कार्यालय र गाउँपालिकाबाट सक्दो काम अगाडि बढाउने बताए ।

गाउँपालिकाका योजना शाखाका सव–इञ्जिनियर राजकुमार मिश्राले रोहिणी गाउँपालिकामा ८० प्रतिशत बढी नागरिक कृषि पेशामा आश्रित रहेको बताए । उनले भौतिक पूर्वाधारसँगै गाउँपालिकाले सामाजिक विकासमा पनि जोड दिएको बताए । उनले भने, ‘कृषिमा आत्मनिर्भर हुनुपर्छ । परम्परागत रुपमा गरिने खेतीका कारण उत्पादनमा वृद्धि हुन सकेको छैन । नयाँनयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ ।’उनले सामूहिक खेतीमा जोड दिन कृषकहरुलाई आग्रह गरे ।

कृषकहरुको तर्फ बोल्दै स्थानीयचन्द्र कुमार सिंहले कृषकलाई पम्पसेट वितरण गरेकोमा धन्यवाद दिदै सिंचाईको व्यवस्था गर्नेतर्फ ध्यान दिन आग्रह गरे । उनले भने, ‘पम्पसेट उपलब्ध भएको छ । सिंचाईका लागि व्यवस्था गर्नेतर्फ वडा कार्यालय र गाउँपालिका लाग्नुपर्छ ।’

रोहिणी गाउँपालिका–३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका कृषि शाखा प्रमुख जितेन्द्र यादवको प्रमुख आतिथ्यता, ३ नम्बर वडा कार्यालयका सहायक कम्प्युटर अपरेटर कृष्णमोहन यादवको स्वागत तथा वडा सचिव पुर्णिमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?