© २०२३
बुटवल,५ बैसाख । बुटवल र भैरहवामा ह्वात्तै गर्मी बढेको छ । मंगलबार भैरहवा र नेपालगन्जमा नेपालमै सबैभन्दा धेरै ४४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । दिउसो २ बजेर १८ मिनेटको तापक्रम मापन अनुसार भैरहवामा नेपालमै सबैभन्दा धेरै ४४ डिग्री र बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम छ । विश्वव्यापीरुपमा विश्वसनीय मानिने एक्कुवेदर डटकमका अनुसार बढ्दो तापक्रमका कारण बुटवलको हावाको गुणस्तर एकदमै खराब (नाजुक) देखिएको छ ।
यस्तै भैरहवा र नेपालगन्जको हावाको गुणस्तर अस्वस्थकर देखिएको छ ।
धनगढी र बीरगन्जको तापक्रम समान ४३, जनकपुरको ४२ र काठमाडौंको ३१ डिग्री सेल्सियस रहेको छ । आज दिउसो तानसेनको तापक्रम ३८ र मुस्ताङको डिग्री सेल्सियस रहेको एक्कुवेदर डटकमले देखाएको छ ।
काठमाडौंको हावाको गुणस्तर पनि नाजुक (खराब) छ ।
तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, बृद्धबृद्धा र विरामीको श्वास प्रस्वासमा असर पुर्याउने चिकित्सकहरु बताउंछन् ।
यस्तो गर्मीमा अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन, निस्कुनु परे छाता ओढेर हिंड्न र प्रशस्त पानी पिउनुपर्ने सुझाव फिजिसियन डाक्टर नन्दु पाठकको छ ।
बढ्दो गर्मीसंगै झाडा पखाला,लगायतका मौसमी रोगहरुको संक्रमण बढ्ने भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुपर्ने डा. पाठकको सुझाव छ ।
प्रदेश वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले अघिल्लो वर्षको तुलनामा यस वर्ष छिटै गर्मी (तापक्रम) बढेको बताए ।
मानवीय व्यवहार र गतिविधि,उद्योग,कल कारखानाले तापक्रम बृद्धि र वातावरणमा असर गर्ने बताउंछन् । फोहोर मैलाको उचिव व्यवस्थापन नहुंदा पनि हावा प्रदुषित हुने उनले बताए । जंगलमा आगलागीका घटनाले पनि वायु प्रदुषण र तापक्रम बढ्नमा भूमिका खेलेको चौधरीले बताए ।
तीनै तहका सरकारले मौसम र वातावरणीय सचेतनामा उचित ध्यान दिई नागरिकलाई सुरक्षित बनाउन ध्यान दिनुपर्ने चौधरीको सुझाव छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी