ट्रेंडिंग:

>> तिनाउ ड्यामसाइडमा डुबेर भारतीय युवकको मृत्यु >> परराष्ट्रमन्त्री डा.राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता >> दुर्गा प्रसाईंसहित ५६ जनालाई हिरासतमा राख्न म्याद थप >> शेयर बजारमा १९.१४ अंकको वृद्धि, ९ अर्ब ८२ करोडको कारोबार >> सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि बन्द >> उपाधिका लागि न्यू होराईजन र कान्ति माबि भिड्ने >> एमालेका गण्डकी प्रदेश सदस्य छन्त्यालसहित १३ जना माओवादी केन्द्रमा प्रवेश >> दिगो पर्यटन सहकारीको ऋण नतिरेपछि कृष्ण कुमार अर्याल पक्राउ >> निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिवसहित सचिवहरूको माग >> सार्वजनिक लेखा समितिमा सभापति पोखरेल र सदस्य मोदीबीच भनाभन >> राजतन्त्र पक्षधरलाई दिइएको छुटलाई कमजोरी नठान्नू : मन्त्री गुरुङ >> रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा वकिलको बहस सकियो >> पतञ्जली जग्गा प्रकरणको प्रतिवेदन अख्तियारमा सिफारिस >> सभापति देउवाले कांग्रेस नेताहरूसँग छलफल गर्ने >> सिल्क रोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन सक्ने: तिमिल्सिना >> ‘अब कोही बेपत्ता छैनन्, सबै शहीद भइसके’ – प्रचण्ड >> भारतमा आँधीहुरीको कहरः उत्तर प्रदेशमा १४ जनाको ज्यान गयो >> सुनको मूल्य १ हजार ७ सय रुपैयाँले वृद्धि >> रवि लामिछानेको रिहाइ माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ >> कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा >> चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या >> जुनिचाँदे गाउँपालिकाको नक्कली छाप र रसिद सहित दुई युवा पक्राउ >> पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति >> सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत ‘आयन भी’ ब्रान्डको ‘एन्डोर्सर’ नियुक्त >> बोर्डिङ स्कुलमा निःशुल्क पढ्ने व्यवस्था >> खोला निकासी रोकिँदा निर्माण सामग्रीको अभाव >> लुम्बिनीको नीति तथा कार्यक्रममा जलवायुका मुद्दा >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पाल्पालाई बेरुजुको साढे २० करोडको भारी >> बल्ल पुग्यो ज्यामिरेमा उज्यालो >> मानव तस्करको फन्दामा नाबालक >> बोलाएको बेला उपस्थित हुने गरी अख्तियारबाट छुटे सहसचिव भट्टराई >> चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा >> एक हप्तापछि पुग्यो तिलगाउँमा राहत, अझै पुगेन सरकार >> मायादेवीका ८ पशुपालकलाई भैसी बितरण >> गृहमन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा >> ‘लोडसेडिङ’ सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला हो। -उर्जामन्त्री खड्का >> निर्यातमा ऐतिहासिक छलाङ, १० महिनामै २ खर्ब १७ अर्ब पुग्यो >> त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा >> कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर >> बैजनाथ गाउँपालिकाको मूलगेटमा उपाध्यक्ष रोकायाले लगाइन् ताला >> शेयर बजार ७.९४ अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो >> महिला तथा सामाजिक समितिको बैठकमा माइक प्रहार, सांसद र सभापतिबीच भनाभन >>  सिंहदरबारमा शिक्षा समिति बैठक सुरू >> काठमाडौँको गौशालामा यात्रुबाहक बस दुर्घटना, तीन घाइते >> बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ >> रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित >> सिमराबाट उपचार गर्न काठमाडौँ ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु >> १ हजार र ५० रुपैयाँका नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय >> ४ लाखभन्दा बढी ठगी गर्ने ट्राभल्स सञ्चालक पक्राउ
विचार

विकृत बन्दै टिकटक

१६ चैत्र २०७९, बिहीबार
१६ चैत्र २०७९, बिहीबार

वर्तमान समयमा हरेक मान्छे सामाजिक सञ्जालसँग जोडिएका छन् । अझै भन्नुपर्दा त सामाजिक सञ्जाल गास, बास, कपास जस्तै जीवन जिउने आधारभूत माध्यम बन्न गएको छ । मानिस एकपल पनि सामाजिक संजालबाट टाढा हुँदा उसलाई छटपटी हुने जस्ता समस्या व्यापक रुपमा देखिन थालेका छन् । हरेक कुरा सामाजिक संजालमा खोज्न र देखाउन खोज्ने प्रवृत्ति बढ्दै गएकोले सामाजिक संजालको प्रयोग मानिसमा एक लत जस्तै बनेको छ । कतिपय ठाउँमा सामाजिक संजालले सहयोग गरेको पाइन्छ त कतिपय समय यसले मानिसप्रति प्रतिकुल असर गरेको पाइन्छ । सामाजिक सञ्जालले गर्दा अहिले एकै परिवारमा पनि दुरी उत्पन्न भएको देख्न सकिन्छ । यसले सबै मानिसलाई मानसिक रुपबाट कमजोर बनाउँदै आएको छ । अहिले मानिसले सानो भन्दा सानो समस्याको हल पनि सामाजिक सञ्जाल मार्फत खोज्छन्, जसले गर्दा मानिसको आफ्नै बौद्धिक क्षमतामा पनि गिरावट आएको पाइन्छ । सामाजिक सञ्जाल ज्ञानगुनका कुरा आदान प्रदान गर्न सृजना गरिएता पनि मानिसले यसलाई आफ्नो मनोरञ्जनको एक माध्यम बनाएका छन् । सामाजिक सञ्जालले कतिपय मानिसलाई पलभरमै भाइरल गराउँछ त पलभरमै गिराउन पनि सक्छ । अहिले मानिसमा छिटो समयमा चर्चित हुने भोग चढेको छ । जसको सजिलो माध्यम सामाजिक संजाल बन्न पुगेको छ । सामाजिक संजालमा निकै छिटो समयमा चर्चित बनाउने र मनोरञ्जनको अनुभुती गराउने एक माध्यम हो टिकटक ।

सन् २०१६ मा यो एप सन् २०१६ मा चिनियाँ प्रविधि कम्पनी Bytedance द्वारा पहिलो पटक सञ्चलानमा आएको थियो । यो पहिलो पटक सार्वजनिक हँुदा भने यसलाई musically भनेर चिनिने गरिन्थ्यो । तर पछि यसको नाम परिवर्तन गरेर टिकटक रखियो । सुरु सुरुमा टिकटकको खासै प्रचार प्रसार भने देखिदैन थियो । समयको माग सँगै टिकटकले पनि चर्चा पाउन थाल्यो । जब संसार कोरोनाको महामारीबाट ग्रसित थियो तब टिकटक कोरोना संक्रमण भए जसरी यो दुनिया भर फैलिएको थियो । सन् २०१९ देखि २०२० सम्म यसले बिश्वभर आफ्नो बजार बिस्तार गरिसकेको थियो । लकडाउनमा घर भित्रै बस्नु परेको बेला टिकटक समय बिताउने एक उत्कृष्ट माध्यम बन्न पुग्यो । यो एप मर्फत कतिपयले जानकारी तथा समाचार प्रदान गर्थे भने कतिपयले मनोरञ्जनका भिडियो बनाएर प्रसारण गर्ने गर्थे । यसको प्रयोगकर्ता ह्वात्तै बढेसँगै यसलाई प्रयोग गर्ने प्रयोगकर्ता रातारात चर्चित हुन थाले । सुरु सुरुमा समाचार आदान प्रदान गर्ने, मनोरञ्जनको माध्यम बनेको टिकटकको कुनै प्रतिकुल असर देखिएको थिएन । समयमा बिस्तारै सुधार आउँदै गयो, कोरोनाको महामारी पनि सकिदै गयो तर मानिसलाई टिकटकप्रति लत बसिसकेको थियो, जो समयसँगै परिवर्तन हुन सकेन । बेरोजगारीले सताइरहेका युवा वर्गलाई टिकटक फेरि समय बिताउने एक माध्यमको रुपमा स्थापित भयो । यसको प्रयोग गरेर कतिपय प्रयोगकर्ता आफ्नो सफलताको बाटोतर्फ लम्किने अवसर पाए । दुनियाँको अगाडि नदेखिएका कलाहरुले प्रष्फुटन हुने अवसर पाए र मानिस चर्चित भैरहने अवस्था भने रहिरह्यो ।

युवा वर्गमा चर्चित हुने भोग चलिरहेको थियो । आफू कसरी चर्चित हुने भन्दै यसका प्रयोगकर्ताले अनेक उपाय लगाउन लागे । कोही आफ्नो कला तथा आफुले उठान गरेको बिषयबस्तुका कारण चर्चित भए त कतिपय अश्लिल तथा छाडा भिडियो बनाएर चर्चित बने । यसरी चर्चित हुने भोगले बिश्वभर समस्या निम्त्याएको थियो । यो समस्याले समाजमा जरा नगाडोस् भन्दै बिश्वका कतिपय देशहरुले टिकटकमाथि प्रतिबन्ध लगाए । हाम्रै छिमेकी देश भारतमा पनि टिकटकमा प्रतिबन्ध लागेको छ । बिश्वका कतिपय ठुला राष्ट्रमा टिकटकमाथि प्रतिबन्ध लागेपनि यसका प्रयोगकर्ता लगभग १ बिलियनको हाराहारीमा रहेका छन् ।

टिकटकले नेपालमा पनि धेरै प्रभाव पारेको छ । यो नेपाली समाजको परिवर्तनको कारण बन्न पुगेको छ । अजकल यसलाई चर्चित हुने माध्यमका रुपमा प्रयोग गरिदै आइएको छ । चर्चित हुने भोग यो सम्म पुगेको छ कि मानिसहरु विशेष गरेर महिलाहरु आफ्नो यौन अंग देखाउन समेत पछि हट्दैनन् । स–साना बालबालिकाको प्रयोग गरेर उनीहरुको इच्छा विपरित गएर भिडियो बनाइएको पाइन्छ त कतिपय आमाबुबाले आफुसँगै बालबालिकालाई अश्लिल तथा समाजले स्वीकार गर्न नसक्ने शब्दको प्रयोग गरेर भिडियो बनाउन लगाउँछन् । सरसर्ती हेर्दा टिकटकबाट चर्चित भएका कतिपय यसका प्रयोगकर्ता डुबेका पनि छन् र खान समेत धौ–धौ पर्ने स्थितिमा गएका छन् । त कतिपयले बिगतमा छाडा विषयवस्तु उठान गरेको कारण समाजबाट तिरस्कृत हुने गरेका छन् । वर्तमान समयमा मानिस सफलता प्राप्त गर्न भन्दा पनि सफलता प्राप्त गरेजस्तो देखाउन लागेका छन् । आफ्ना भिडियो मार्फत झुटो सफलताको पाठ देखाउँदा अन्य दर्शकको मानसिकतामा हानी पर्न जान्छ । स–साना बालबालिकालाई प्रयोग गरेर भिडियो बनाउँदा उनीहरुको हक अधिकार हनन भएको हुन्छ । अहिले टिकटकमा छाडा विषयवस्तुको उठान व्यापक रुपमा देख्न सकिन्छ । यसले सानादेखि ठुला सबै मानिसमा प्रभाव परेको छ । टिकटकमा आफ्ना गोप्य अंग देखाउने र आफू चर्चित हुने भन्ने भ्रमले समाजमा बलात्कार तथा महिला हिंसालाई समर्थन गरेको पाइन्छ । अझै विद्यालयको पोशाक लगाएर नै त्यस्ता क्रियाकलाप गरेको पाइन्छ जसले उक्त विद्यालयले समेत बदनामी सहन बाध्य भएको हुन्छ । समाजमा पनि उक्त ब्यक्ति तथा उसको परिवारले यसको प्रभाव भोग्नु परेको हुन्छ । यो एक समस्या बनेको छ जो समाजमा जरो गाडेर नकारात्मक प्रभाव पार्दै विभिन्न अपराध निम्त्याएको छ ।

समय बदिलदै जान्छ तर बिगतमा गरेका कामले निकै लामो समय सम्म प्रभाव पार्ने हुन्छ । पहिले टिकटकमा अभद्र भिडियो बनाउने टिकटक प्रयोगकर्ता अहिले समजमा अपहेलित भएर आत्महत्या गर्न बाध्य भएका छन् । वर्तमान समयमा हेर्ने हो भने त्यस्ता भिडियो बनाउने व्यापक रुपमा रहेका छन् जसको अगामी दिनमा आत्महत्याको संख्यामा वृद्धि निम्त्याउन सक्छ । त्यसकारण सरोकारवाला र सम्बन्धित निकाय अलि सकृय रहेमा निकट भविष्यमा आत्महत्याको संख्यालाई रोक्न सकिन्छ । कि त प्रतिबन्ध लगाउने नत्र कडा नियम लागू नगरेसम्म यो समस्याले समाजबाट जरो निकाल्ने छैन । आफ्ना घरपरिवार पनि कतै यस्तै सस्तो फेम पाउने चक्करमा समाजले पचाउन नसक्ने क्रियाकलाप त गरेका छैनन् भनेर हेर्नू सबैको कर्तव्य रहने छ ।

(लेखकः कालिका मानवज्ञान मावि, बुटवल कक्षा ११ मा कानुन संकायका विद्यार्थी हुन् )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?