ट्रेंडिंग:

>> बहराइनमाथि नेपालको संघर्षपूर्ण जित >> पाँचौ दिन लगातार घट्यो सेयर कारोबार >> यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह >> नेपाल बहराइनको खेल वर्षाले रोकियो >> प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना नगरिदिनुहोस’ >> प्रधानमन्त्री देखि मन्त्रीका सल्लाहकारले विचौलिया हावी गराएः रामहरि खतिवडा >> एचआइभी रोग नियन्त्रणको लागि यौनकर्मी परिचालन >> अनलाईन घरधुरी सर्भेक्षण शुरु >> विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागू गर्न अमृत साइन्स क्याम्पस स्ववियुको माग >> प्रधानमन्त्रीसँग चिनियाँ जनकांग्रेसका बीचमा शिष्टचार भेट >> मोहन बस्नेतको सांसद पद निलम्बन हुने >> गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीका नयाँ कुरा, मेरिटोक्रेसीबाट गभर्नर नियुक्ति गरिने >> कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनालाई ३ अर्बको भ्रष्टचार मुद्दा >> राजश्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश >> अब रोटीमा यो चीज मिसाएर पकाउनुहोस्, कब्जियत चट >> घट्यो सुनको मूल्य >> जित्नै पर्नै दबाबका बिच नेपाल बहराइनसँग भिडदैँ >> लखनउमा बस आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु >> थाकलबाट सजावटका सामान >> मालिका गाउँपालिकालाई एमालेको १७ बुँदे ज्ञापनपत्र >> घरेलु श्रमिकको व्यवस्थापनमा चुनौति >> मणिग्राममा जब दुई सवारी जुधे………. >> निरासाको बादल फाट्ने कहिले ? >> सत्यवतीमा ‘कृषि एम्बुलेन्स’ >> अर्घाखाँचीः गर्मीको ‘हाई स्टेशन’ >> अदुरदर्शी संघीय सरकारः जमिन खोस्रिएर रोकियो औद्योगिक >> लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक आज बस्दै, यस्तो छ कार्यसूची >> कपिलवस्तुका युवक बुटवलबाट बेपत्ता >> बदलिँदो नेपाली समाज र पारिवारिक संरचनाको अनुहार >> चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ >> वाईसिएल रुपन्देहीको अध्यक्षमा गोविन्द खरेल >> बाँकेका ६ वटा पालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> सरकारी निकायबाट ४ खर्ब ३५ अर्ब राजस्व तथा ऋण असुल्न बाँकी >> आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहको बेरुजु घट्यो >> विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्छ : अध्यक्ष राउत >> लगातार चौथो दिन शेयर बजारमा गिरावट, नेप्से १३.९६ अङ्कले घट्यो >> ‘ लुम्बिनी पिस अनर २०२५’ बाट पर्यटन व्यवसायी खत्री सम्मानित >> भारतसँगको तनावमा पाकिस्तान बहादुर राष्ट्र प्रमाणित भयो : इमरान खान >> तिलोत्तमामा एसी सहितका खोपकेन्द्र, स्थानीयमा खुसीयाली >> आर्थिक वर्ष २०८०/८१ को ६२औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश >> प्रधानमन्त्री ओलीसँग ‘कोरिया रेलरोड कर्पोरेसन’ का प्रमुखको भेटवार्ता >> पोखरामा नगरबस दुर्घटना, २२ जना घाइते >> चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस् >> क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीप लामिछानेको घोषणा >> गुर्भाकोटमा नर्सिङ पढाई सुरु हुने, स्थानीय खुसी >> ‘सबैभन्दा गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन >> प्रतिनिधिसभामा अर्थमन्त्री अनुपस्थित हुँदा माओवादीको नियमापत्ति >> रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा सुनुवाइ सकियो >> सीपसँगै सशक्तिकरण

दाङमा एसईईमा १३ हजार बढी विद्यार्थी सहभागी हुँदै

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

दाङ, ११ चैत ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दाङबाट करीव साढे १३ हजार विद्यार्थी सहभागी हुँदैछन् । यही चैत १७ गतेदेखि हुन लागेको यस वर्षको एसईईमा सहभागी हुने कुल परीक्षार्थीको संख्या १३ हजार ४ सय ५२ रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवमणि चौधरीले जानकारी दिए । उनका अनुसार ७ हजार १ सय ६ जना छात्रा छन् भने ६ हजार ७ सय ४६ जना छात्र रहेका छन् । छात्रभन्दा छात्राको संख्या धेरै छ ।

परीक्षाका लागि साधारण धारतर्फ ६ हजार ७ सय ६६ छात्रा रहेका छन् भने ६ हजार ६२ जना छात्र गरी १२ हजार ८ सय २८ जना रहेका छन् । प्राविधिक धारतर्फ १ सय ७४ छात्र र १ सय ६६ जना छात्रा गरी ३ सय ४० जनाले परीक्षा दिँदैछन् ।

ग्रेड वृद्धितर्फ पनि १ सय ७४ जना छात्रा र १ सय १० जना छात्र गरी २सय ८४ जना विद्यार्थीले परीक्षा दिन लागेका समन्वय एकाई प्रमुख चौधरीले जानकारी दिए ।

उनका अनुसार, जिल्लाका १० वटै पालिकाका २ सय ३६ विद्यालयबाट यो वर्ष एसईईमा परीक्षार्थीले आवेदन दिएका छन् । तुलसीपुरबाट ८० विद्यालय, घोराही उपमहानगरपालिकाबाट ७० विद्यालय, लमही नगरपालिकाबाट १८ विद्यालय, राप्ती गाउँपालिकाबाट १५ विद्यालय, शान्तिनगरबाट १२ विद्यालय, बबई गाउँपालिकाबाट ११ विद्यालय, दंगीशरण गाउँपालिकाबाट ७ विद्यालय र बंगलाचुली गाउँपालिकाबाट ६ विद्यालयका गढवा गाउँपालिकाबाट ९ विद्यालय, राजपुर गाउँपालिकाबाट ८ विद्यालय विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।

विगत वर्षहरुमा प्राविधिक धारका परीक्षार्थीहरुलाई जिल्ला सदरमुकाममा गएर परीक्षा दिनुपर्ने बाध्यता थियो । यो पटकबाट जुन विद्यालयबाट प्राविधिक धारको पढाई गरेको त्यहीका साधारण धारका विद्यार्थी सरह एकै परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाईएको छ । एकाई प्रमुख चौधरीले भने, ‘प्राविधिक धारलाई जिल्ला सदरमुकाममा केन्द्र तोक्ने व्यवस्था हटाईएको छ ।’ यो पटक जुन विद्यालयमा पढेको छ, साधारण धारको जस्तै सोही केन्द्रबाट प्राविधिक धारका परीक्षार्थीले परीक्षा दिनेछन् । यो केन्द्रको निर्देशन अनुसार व्यवस्था गरिएको छ ।

उनका अनुसार जिल्लाभर ४५ वटा परीक्षा केन्द्र र केन्द्राअध्यक्ष पनि तोकिएको छ । परीक्षा संचालनका लागि केन्द्रबाट आवश्यक उत्तरपुस्तिकालगायत सामग्री जिल्लामा आईसकेको छ । अरु आन्तरिक तयारी पनि पूरा भईसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?