ट्रेंडिंग:

>> रुपन्देहीका १९ रोटरी क्लबको संयुक्त छलफल, कर सचेतनामा जोड >> नेपाल भाषा र धिमे बाजा बजाउने तालिम सम्पन्न >> चिदिका–रुपन्देही सम्पर्क समाजको दशौंं साधारण सभा >> तिनाउ नदी जोगाऔं >> न्यू होराईजनलाई यु–१४ टेबलटेनिसको उपाधि >> गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदैगर्दा मन्त्रीले राजीनामा दिँदै जाने हो? >> युवा क्लबलाई  जलवायु न्यायका बारेमा  जानकारी  >> योग समिति नेपाल सातौं वर्षमा प्रवेश, नेपालगन्जमा ’विशेष’ कार्यक्रम >> ब्याडमिन्टन प्रतियोगिताको फाइनल समीकरण पूरा >> युवा क्लबमार्फत समाज परिवर्तन गर्दै  >> नागरिक सचेतना अभिमुखिकरण : सूचनाको हकको प्रभावकारी प्रयोगमा जोड >> लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित >> पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रद्वारा ढोरपाटनमा स्वास्थ्य शिविर >> एक महिने बाद्य सामग्री बजाउने तालिम सम्पन्न >> भिजिट भिसा प्रकरणमा गृहमन्त्री- मन्त्रालयले आजै विज्ञप्ति निकाल्छ, दुईचार दिनमा म पनि बोल्छु >> जानकी गाउँपालिकामा जग्गाको नाप नक्सा सुरु >> शेखरले भने–नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिंदा राम्रो हुन्छ >> न्यु होराईजनलाई उपाधि >> दाउन्ने सडक एकतर्फी सञ्चालन >> दुर्गममा निःशुल्क आयुर्वेद शिविर >> प्रगतिशील हैन पर (पश्चिम) गतिशील विवाह >> पोषण पुनर्स्थापना  केन्द्र स्थापनाको माग  >> पनाहा खोलामा सेना र प्रहरीको उद्धार अभ्यास >> रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक >> संरक्षणको बाटोमा ‘हुलासी घोल’ >> दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध >> देशमा चार वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> रवि नै सहकारी ठगीका ‘मुख्य योजनाकार’, यसकारण छाड्न अस्वीकार गर्‍यो सर्वोच्चले >> ब्रेकिङः रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी >> ‘जोयफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन’ अभिमुखीकरण सम्पन्न >> फोर्सको नयाँ एम्बुलेन्स सार्वजनिक, लुम्बिनी मेडिकल कलेजलाई हस्तान्तरण >> पौडी खेल्दा वेपत्ताको शव भेटियो >> जसले पाँच करोडमा घर किने, तर प्रयोग गर्न पाएनन् ! अर्को पक्ष भन्छ–यसमा जालसाजी भयो >> तीनकुने घटनाको प्रहरी प्रतिवेदन सरकारी वकिललाई बुझाइयो, १०८ जना प्रतिवादी >> नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा निर्वाचित, तीन वर्षे कार्यकाल सुरु >> भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ >> पेस्तोल र गोली सहित दुई जना पक्राउ >> सरकारद्वारा पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय, एक वर्षभित्र कार्यान्वयन >> शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ : देउवा >> मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन >> कृषि क्षेत्रमा १ वर्षभित्र वैदेशिक लगानी खुला गर्ने तयारी >> अर्थ मन्त्रालय प्रवेशमा कडाई >> रवि लामिछानेको रिहा सम्बन्धी निवेदनमा बहस सकियो >> भिजिट भिसा दुरुपयोग प्रकरण: सहसचिवसहित ९ जना कर्मचारी सरुवा >> गृहमन्त्री लेखकद्वारा लागुऔषध, सडक दुर्घटना र साइबर क्राइममा कडाइ गर्ने निर्देशन >> परराष्ट्रमन्त्री डा. आरजु राणा र जाइकाका अध्यक्षबीच टोकियोमा भेटवार्ता >> बर्दघाटमा मृगौला पीडित बचाउ महा अभियान आजबाट सुरु >> गभर्नर विश्व पौडेलको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा पुनः निवेदन दर्ता
कला वार्ता

लुकेको प्रतिभा फुकाउने मञ्च बनाएका छौं

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

राजिव खनाल
प्रबन्ध निर्देशक, नेक्स्ट रिभोलुसन नेपाल
मिस बेष्ट्रन नेपालको शनिबार होटल फ्लामिङगोमा फिनालेको आवश्यक तयारी पूरा भएको छ । मिस नेपाल हिडन ट्रेजरको फ्रेन्चाईचीका रुपमा नेक्स्ट रिभोलुसन नेपालले पाचौ संस्करणको प्रतियोगिताको तयारी पुरा गरेको हो । अन्तर्राष्ट्रिय मान्यताअनुसार न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्षका अविवाहित ९ जना अन्तिम सहभागीहरु दुई हप्तासम्म योगा प्रशिक्षक निश्चल ईन्द्रायणी, राजिव खनाल, गोपाल अधिकारी, छबि शर्मा, समुन्द्र घिमिरे जिसिबाट तालिम लिएर फिनालेको चरणमा पुगेका छन । तिलोत्तमा नगरपालिकाका बिनिता भट्टराई, बुटवलका ममता घिमिरे, बुटवल निशा पाण्डे, सबिता बेलबासे, तिलोत्तमाका करुणा काफ्ले, सैनामैना अफसना सुनार, सैनामैना कृष्णा माहोत्रा, सिद्धार्थनगरकी मनिषा चौधरी, सैनामैनाकी अजिता रेग्मी अन्तिम ९ प्रतियोगी हुन ।
यसै विषयमा नेक्स्ट रिभोलुसन नेपालका प्रबन्ध निर्देशक राजिव खनालसंग बुटवल टुडेकर्मी स्वस्तिक श्रेष्ठले गरेको कुराकानी ।

मिस बेष्ट्रन नेपाल आयोजनाको मुख्य उद्येश्य के हो ?
सन २०१८ बाट यो क्षेत्रमा हामीले पहिलो प्रतियोगिता गरेका थियौ । पाचौ संस्करणमा आईपुग्दा हामीले धेरैलाई प्लेटफर्म दिन सफल भएका छौ । वास्तवमै महिला शसक्तिकरण कुरा गर्नेभन्दा पनि ब्यवहारमा उतार्न जरुरी छ । संस्थागत रुपमा हामीले पाचौ संस्करणसम्म आईपुग्दा धेरै युवाहरुलाई उनिहरुको लक्ष्य देखाउन सफल भएका छौ । मिस बेष्ट्रन नेपाल युवा उमेरमा समाज चिनाउने, उनिहरुको चाहना, भावना बुझ्ने बुझाउने र भविष्य उनिहरु के बन्न चाहन्छन त्यसबारे दिशानिर्देश गर्ने महत्वपूर्ण कार्यक्रम हो । लिगको आधारमा हुने विभेदलाई अन्त्य गर्न महिलाहरुको क्षमता विकासमा जोड दिनुपर्छ । अझ भन्नुपर्दा यो कार्यक्रम उनिहरुलाई बाहिरी सुन्दरतासंगै उनिहरुको लुकेको प्रतिभा र क्षमता प्रस्फुटन गराउने मंच हो ।

यसमा सहभागीहरुले के कस्ता क्षमता विकासमा सहभागी हुन्छन ?
सुन्दरी प्रतियोगिताको बारेमा कुनै बेला नकारात्मक टिकाटिप्पणी हुने गरेको थियो । समाज बदलिएको छ । आज यो युवाहरुलाई एउटा उपयोगी प्लटफर्मका रुपमा रहेको छ । महिलाको सुन्दरतालाई मात्र हेर्ने नभई बौद्धिकता समेत मापन गर्ने रुपमा यो प्रतियोगिता बनेको छ । सहभागीहरुलाई दक्ष प्रशिक्षकहरुबाट नेतृत्व विकास, समाजमा आफनो मनका कुरा पोख्न सक्ने आत्मविश्वास बढाउने तालिम, जिवनमा सकारात्मक परिवर्तन ल्याउन उपयोगी हुने क्षमता विकासका अवसरका साथै सुचना प्रविधिको उपयोग र दुरुपयोग रोक्ने विषयमा ज्ञान दिएका छौ । क्लोज क्याम्पमा योगा, नेतृत्व तालिम, बजारीकरण, फोटो र भिडियो सुट, युवा उद्यमी सम्बन्धि तालिम उनिहरुलाई दिईएको छ । समाज रहेका विसंगति, बेतिथिहरुका बिरुद्ध आवाज उठाउन सक्ने गरि हामीले उनिहरुलाई तयार गर्दछौ ।

उपाधि विजेताले के उपलब्धि प्राप्त गर्नेछन ?
यो प्रतियोगिताको फिनालेमा विजेता एक जनाले पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्दै मिस नेपालमा भाग लिने छ । ब्यक्तिगत प्रतिस्प्रर्धामात्र नभई समुहगत विकास र समन्वय विकास गराउन र जीवन जिउन सिकाउन सफल भएका छौ । सन २०१८ बाट यो क्षेत्रमा वर्षेनी गरिएको प्रतियोगिताबाट दर्जनौ सहभागीहरुलाई विभिन्न क्षेत्रमा सफलता दिलाउन सफल भएका छौ । यस क्षेत्रबाट प्रतिनिधित्व गरेका सहभागीले मिस नेपालमा टप १२ सम्म पुगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?