ट्रेंडिंग:

>> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो >> कर्णालीमा बेरुजु रकम घट्दै, चार निकायको बेरुजु शून्य >> वृहत स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न >> थोराङ्ग पास क्षेत्र सफा गर्दै सैनिक उच्चशिखर शिक्षालय कैसाड्गले मनायो ५० औं वार्षिकोत्सव >> फार्मेसीलाई औषधी ब्यवसायीको सम्मान >> देवीनगर क्रिकेट प्रिमियर लिगमा जेके वारियर्सको जित >> न्यू होराईजन विजयी शुरुवात >> प्रधानमन्त्रीद्वारा एसियाली टेनिस बिजेतालाई बधाई >> नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक संसदीय समितिमा >> सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ? >> चार जनालाई ११ महिना कैद >> जनजाति भएकै कारण उपसभामुखलाई हटाउन खोजिँदैछ : सांसद सिंह >> सहकारी ठगीमा रकम फिर्ता गरे जेलमुक्ति सम्भव हुनुपर्ने सांसद आचार्यको प्रस्ताव >> सुनको मूल्य एकैदिन ६ सय रुपैयाँले घट्यो >> स्याउको मूल्य घट्यो >> एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या >> अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान >> तौलिहवामा यात्रुवाहक सवारी साधनको चरम लापरवाही >> नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति >> बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही >> सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय >> पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट उपाधि वडा नम्बर ५ लाई

१० चैत्र २०७९, शुक्रबार
१० चैत्र २०७९, शुक्रबार

बुटवल(बुटवल टुडे) चैत ।
ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि ओमसतिया गाउँपालिका वडा नम्बर ५ले जितेको छ ।
बिहीबार गाउँपालिकाको वडा नम्बर २ केउटलिया कर्मडाडा स्थित खेलमैदानमा सम्पन्न फाईनलमा ओमसतिया गाउँपालिका वडा नम्बर २ लाई १ विकेटले पराजित गर्दै अध्यक्ष कपको पहिलो शंस्करण जितेको हो ।
टस जितेर वार्डनम्बर ५ले क्षेत्र रक्षण(फिल्डींग) गर्ने निर्णय गरेको थियो । उस्ले जितका लागि पाएको ११५ रनको लक्ष्यलाई निर्धारीत १५ ओभरको खेलमा अन्तिम बल बाकी छदा १ विकेटको रोमाञ् चक जित निकाल्दै उपाधि चुमेको हो।
वडा नम्बर ५ ले उपाधि सहित ६० हजार रुपैया नगद पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता वडा नम्बर २ले ३० हजार रुपैया र ट्रफी प्राप्त गरेका छन् ।
वडा नम्बर ५ को जितमा बिजय यादवले सर्बाधिक ३० रन प्रहार गरे भने बिरु चौधरीले २३, सोनु हरीजनले २१ तथा सुनिल चौधरीले १३ रनको योगदान दिएका थिए ।
बलिंगमा वडा नम्बर २ का तुल बहादुर थापा, बसन्त चौधरी र राकेश गुप्ताले समान २।२ विकेट लिएका थिए । यस अघि टस हारेर ब्याटिंग गर्ने निम्तो पाएको वडा नम्बर २ ले निर्धारीत १५ ओभरमा १ सय १४ रनको योगफल तयार गरेको थियो । जस्मा राकेश गुप्ताले २६, बसन्त चौधरीले २५, तुल बहादुर थापाले १८, गोबिन्द मल्लाहले १३ रन बनाएका थिए । बलिंगमा वडा नम्बर ५ का सुनिल चौधरी, बिजय यादव, सन्तोष शाहनीले समान २।२ विकेट लिदा दिनेश राई, बिरु चौधरीले एक एक विकेट लिएका थिए ।
फाईनल खेलमा म्यान आफ द फाईनल वडा नम्बर ५ का बिजय यादव भए । अनुशासित टिमको पुरस्कार ओमसतिया गाउँपालिकाको कर्मचारी टिम एले प्राप्त गर्न सफल भयो ।
प्रतियोगितामा म्यान अफ द सिरीजको ५ हजार रुपैया सहितको उपाधि वडा नम्बर २का तुल बहादुर थापाले प्राप्त गर्दा वडा नम्बर २ कै खेलाडीहरु अजय यादवले ३ हजार रुपैया सहितको उत्कृष्ट क्षेत्ररक्षण(फिल्डींग) पुरस्कार, तुल बहादुर थापाले ३ हजार रुपैया राशीको उत्कृष्ट ब्याटसम्यान एवं अभिषेक कोहारले ३ हजार रुपैया राशीको उत्कृष्ट बलर घोषित भई पुरस्कार प्राप्त गरे । प्रतियोगितामा लगातार तिन छक्का प्रहार गर्ने खेलाडीहरु तुल बहादुर थापा ५ पटक(वडा २), लाल बहादुर अधिकारी २ पटक(वडा १), बिजय यादव १ पटक तथा हैट्रिक विकेट,( वडा ५), धनञ्जय धवल २ पटक (वडा ४), सन्देश धवल १ पटक( वडा ३), सन्जय धवल २ पटक(वडा ३)ले प्रति हैट्रिक छक्का ५ सयका दरले पुरस्कार प्राप्त गरे । त्यसै गरी एक हातले क्याच समात्ने दर्शकहरु पनि जनही २ सय रुपैया पुरस्कारबाट पुरस्कृत भए । पुरस्कार प्राप्त गर्नेमा निरज मौर्य(४ पटक), उपेन्द्र यादव(१ पटक),सुरेन्द्र यादव (१ पटक) छन् ।
बिजेता तथा उप बिजेता टिमका खेलाडीहरुलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जीत कुमार यादव (सोनु), उपाध्यक्ष सुनिता चौधरी, प्र्रमुुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, आयोजक सस्था द राईजिंग क्लव अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ता लगायतले ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा द राईजिंग क्लव अफ बर्दिहवाको आयोजनामा चैत्र १ गते बाट सुरु भएको प्रतियोगितामा ओमसतिया गाउँपालिकाको कर्मचारीको २ टिम सहित सवै ६ वार्डका गरी ८ टिमको सहभागिता रहेको आयोजक सस्थाका अध्यक्ष गुप्ताले बताए ।
समापन समारोहमा गाउँपालिकाका अध्यक्ष मन्जित यादवले गाउँपालिकाले क्रिकेट सहित अन्य खेल गतिबिधीलाई प्राथमिकतामा राखेको र गाउँपालिकाको आफनै क्रिकेट टिम बनाईने बताए । त्यसै गरी शिक्षा शाखा प्रमुख हरी पोखरेलले सभ्य एवं भब्य तरीकामा क्रिकेट सम्पन्न भएको र खेलाडीले अवसर पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?