ट्रेंडिंग:

>> एमाले सचिवालय बैठक सुरु >> बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा >> सिंहदरबारमै विरोध: निजामती कर्मचारीको विधेयकविरुद्ध आन्दोलन >> सहकारी लुटेराले न्यायको भाषण गर्छन्, माओवादीले जनसागर खोज्छन् : प्रधानमन्त्री ओली >> एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडा अध्यक्षको भेला सुरु >> मनकामना दर्शनका लागि आएका भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु >> अब आँपको दाना नफाल्नुहोस्, यसबाट मिल्नेछ ५ फाइदा >> केन्द्रीय बैंकको हस्तक्षेप दोहोरिँदै: एक सातामै फेरि ३० अर्ब तानियो >> क्रियाशील सदस्यता टुङ्गाउन भोली काँग्रेस पदाधिकारी बैठक बस्ने >> दिल्लीको कुस्ती प्रतियोगितामा सुरेश चुनाराले जिते कांस्य पदक >> सुनको भाउ बढ्दा चाँदीको भाउ स्थिर >> सेतो कमलले ढकमक्क कमलपोखरी: पाल्पाको नयाँ पर्यटकीय आकर्षण >> चिरिबाबु महर्जन भन्छन्–नेपालमा काम गर्न धेरै अप्ठेरो छ >> सामुदायिक वन व्यवस्थापनमा सहकार्यको प्रतिवद्धता >> एमबाप्पेको गोलमा रियल म्याड्रिड बिजयी, गोल्डेन बुटका दाबेदार >> प्लेनमा परपुरूषलाई चुम्बन गर्दा डेढ करोड जरिवाना >> एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने >> एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडा अध्यक्षहरूको भेला हुँदै >> खोज र खोप अभियान:  घरघर स्वास्थ्यकर्मीको सेवा >> मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु, चालकसहित २ घाइते >> डेँगु नियन्त्रणमा पूर्व सतर्कता जरुरी  >> पुल नबन्दै स्थानीय खुसी ! >> तेस्रो बिआईटिएम रुपन्देहीमा समापन हुदै >> सरकार सराप्ने सडक ! >> ६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना >> बाँके राष्ट्रिय निकुञ्जमा यस वर्ष ७ सय पर्यटकले गरे अवलोकन >> चौरजहारीकाे घट्नालाई सम्झिंदै दिप प्रज्वलन >> रुपन्देहीका १९ रोटरी क्लबको संयुक्त छलफल, कर सचेतनामा जोड >> नेपाल भाषा र धिमे बाजा बजाउने तालिम सम्पन्न >> चिदिका–रुपन्देही सम्पर्क समाजको दशौंं साधारण सभा >> तिनाउ नदी जोगाऔं >> न्यू होराईजनलाई यु–१४ टेबलटेनिसको उपाधि >> गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदैगर्दा मन्त्रीले राजीनामा दिँदै जाने हो? >> युवा क्लबलाई  जलवायु न्यायका बारेमा  जानकारी  >> योग समिति नेपाल सातौं वर्षमा प्रवेश, नेपालगन्जमा ’विशेष’ कार्यक्रम >> ब्याडमिन्टन प्रतियोगिताको फाइनल समीकरण पूरा >> युवा क्लबमार्फत समाज परिवर्तन गर्दै  >> नागरिक सचेतना अभिमुखिकरण : सूचनाको हकको प्रभावकारी प्रयोगमा जोड >> लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित >> पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रद्वारा ढोरपाटनमा स्वास्थ्य शिविर >> एक महिने बाद्य सामग्री बजाउने तालिम सम्पन्न >> भिजिट भिसा प्रकरणमा गृहमन्त्री- मन्त्रालयले आजै विज्ञप्ति निकाल्छ, दुईचार दिनमा म पनि बोल्छु >> जानकी गाउँपालिकामा जग्गाको नाप नक्सा सुरु >> शेखरले भने–नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिंदा राम्रो हुन्छ >> न्यु होराईजनलाई उपाधि >> दाउन्ने सडक एकतर्फी सञ्चालन >> दुर्गममा निःशुल्क आयुर्वेद शिविर >> प्रगतिशील हैन पर (पश्चिम) गतिशील विवाह >> पोषण पुनर्स्थापना  केन्द्र स्थापनाको माग  >> पनाहा खोलामा सेना र प्रहरीको उद्धार अभ्यास
खबर

‘नेपाल विश्वविद्यालय विश्वविद्यालयको मोडल बन्नेछ’

१० चैत्र २०७९, शुक्रबार
१० चैत्र २०७९, शुक्रबार

काठमाण्डौं- नेपाल विश्वविद्यालय नेपालको मोडल विश्वविद्यालयको रुपमा स्थापित हुने डा. अर्जुन कार्कीले बताएका छन् । उच्च शिक्षा सुधार र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रस्तावित नेपाल विश्वविद्यालय महत्वपूर्ण हुने नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समितिका अध्यक्ष समेत रहेका कार्कीको भनाइ थियो ।
बिहिबार शिक्षा पत्रकार समुहले काठमाडौंमा गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै उनले उच्च शिक्षामा देखिएका विभिन्न समस्या सामाधानका लागि नयाँ विश्वविद्यालयको आवश्यकता रहेको बताए । डा. कार्कीले नेपालमा उच्च शिक्षाको जग नै लुलो भएकाले जग बलियो बनाउँदै विश्वबजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि नेपाल विश्वविद्यालय महत्वपूर्ण हुने बताए।

अहिलेको शिक्षा प्रणालीले निश्चित विषयको मात्र ज्ञान दिने भएकाले प्रस्तावित नेपाल विश्वविद्यालयले विकास र राष्ट्रका समस्या समाधानको लागि सभ्य बहस गर्न सक्ने आलोचनात्मक चेतसहितका विज्ञ जनशक्ति उत्पादन गर्ने उनको भनाइ थियो। उनले नेपाल विश्वविद्यालय सिंगो नेपाल र नेपालीको लागि महत्वपूर्ण भएको भन्दै सबैले आ –आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नेपाल विश्वविद्यालयले सिर्जनशील र नवपर्वतनकारी विद्यार्थी उत्पादन गर्ने उनको भनाइ थियो। शुरुमा सरकारले बोर्ड गठन गरिदिएपछि विश्वविद्यालय बोर्ड अफ ट्रष्टी बाट चल्ने उनले बताए। राजनीतिक नियुक्ति नहुने भएकाले विश्वविद्यालय माथि राजनीति पनि शून्य रहने डा.कार्कीले स्पष्ट पारे। विश्व विद्यालयले सम्बन्धन नदिने र आंगिक क्याम्पस मात्रै रहने उनले जानकारी दिए।े
नेपाल विश्वविद्यालयका लागि २०७७ चैत २० मा मन्त्रिपरिषद् बैठकबाट ‘नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति’ गठन आदेश २०७७ जारी भई डा। अर्जुन कार्कीको अध्यक्षतामा विकास समिति गठन गरिएको छ। २०७९ माघ ५ मा नेपाल विश्वविधलय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश भएको र २०७९ माघ १० गते राष्ट्रिय सभाले सो विधेयक विचार गरियोस भन्ने प्रस्ताव बहुमतबाट पारित गरेको थियो। हाल उक्त विधेयक राष्ट्रियसभाको विधायन समितिमा छलफलको क्रममा रहेको छ ।विश्वविद्यालयका लागि आवश्यक जग्गा प्राप्तिका लागि नवलपरासीको गैंडाकोट नगरपालिका र अन्य पालिकाको आसपासका क्षेत्रमा औपचारिक निर्णय सहित प्रक्रिया अघि बढाइएको छ ।
अहिले भएका विश्वविद्यालय सुधारले मात्रै उच्च शिक्षा नसुध्रिने भएकाले नयाँ विश्व विद्यालय आवश्यक परेको सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले बताए। सरकारले विश्वविद्यालय नियमन गर्दा प्राज्ञिकता मर्ने भएकाले स्वतन्त्र विश्वविद्यालय आवश्यक परेको उनको भनाइ थियो। नेपाल विश्वविद्यालयको एकमात्रै उद्देश्य विश्वबजारमा प्रतिस्पर्धी अब्बल जनशक्ति उत्पादन गर्नु रहेको डा. आचार्यले स्पष्ट पारे।
‘पुरानो विश्वविद्यालयलाई विसङ्गत राजनीतिले गिजोलिसक्यो, अब सामान्य प्रयासले त्यहाँ सोचेजस्तो सुधार सम्भव नहुने भएकाले उच्चकोटिको नयाँ विश्वविद्यालयको आवश्यकता छ।अब विश्वविद्यालय कस्तो हुन्छ हामी दैखाउँछौं’, आचार्यले भने। ‘यो विश्व विद्यालयमा पढ्ने विद्यार्थीमा एक महिनामै परिवर्तन देखिनेछ।’ प्रस्तावित नेपाल विश्वविद्यालय विशुद्ध विद्यार्थीको शुल्कमा सञ्चालन हुने, प्राध्यापकहरुको सुविधा निजी क्षेत्रको समन्वयमा व्यवस्थापन गरिने र ३०÷४० प्रतिशत विदेशी प्रध्यापक ल्याएर पढाउन लगाइने डा. आचार्यले स्पष्ट पारे।
विद्यमान विश्वविद्यालयले आलोचनात्मक चेत भएका जनशक्ति उत्पादन नगरेका कारण नेतृत्व तहमा भएका मानिसले राम्रो परिणाम दिन नसकेको आचार्यले दाबी गरे। उच्चस्तरीय बौद्धिक वर्ग र विज्ञता भएको जनशक्ति तयार पार्ने प्रस्तावित नेपाल विश्वविद्यालयको अवधारणा रहेको उनको भनाइ छ।
प्रध्यापक डा. पूर्णकान्त अधिकारीले विश्वविद्यालयको संख्या थप्न मात्रै भन्दा पनि उच्च शिक्षालाई सुधार गर्ने र प्रतिस्पर्धी दक्ष जनशक्ति उच्पादन गर्ने उद्देश्यका साथ नेपाल विश्वविद्यालय स्थापना गर्न खोजिएको दाबी गरे। अबको दिनमा एकांकी शिक्षाले मात्रै काम नगर्ने बहुविधात्मक शिक्षा आवश्यक पर्ने भएकाले नयाँ विश्वविद्यालयको आवश्यकता र महत्व बढाएको उनको भनाइ थियो। नेपाल विश्वविद्यालयले विकास र राष्ट्रका समस्या समाधानको लागि सभ्य बहस गर्न सक्ने आलोचनात्मक चेतसहितका विज्ञ जनशक्ति उत्पादन गर्ने उनको भनाइ थियो।

नेपालको शिक्षा प्रणालीले भाषा, धर्म, भूगोल, संस्कृति, साहित्य, संगीत जस्ता विषयलाई धेरै महत्व नदिएको डा. अधिकारी बताउँछन्। बहुजातीय, बहुभाषी, आफ्नै धर्म–संस्कृति र फरक भौगोलिकता भएको देशमा यस्ता विषयवस्तु नपढाउँदा विकास र मौलिकतामा असर परेको उनको भनाइ छ। उनका अनुसार राजनीति भन्दा पर, नेपाल सरकारको विश्वास भएको तर बेग्लै बोर्ड अफ ट्रष्टीले यो विश्वविद्यालय सञ्चालन गर्नेछ।
शिक्षा अभियन्ता टिका भट्टराईले हालको विश्वविद्यालयको संरचना र कार्यशैलीभन्दा फरक मूल्यमान्यता, संस्कृति, शैली तथा स्वायत्त शासकीय संरचना सहितको र आजको आवश्यकतालाई महसुस गरेर नेपाल विश्वविद्यालयको प्रस्ताव गरेको स्पष्ट पारे। शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले नेपाल विश्वविद्यालयले संख्या मात्रै थप्ने भन्दा पनि विश्वस्तरिय प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा नयाँ आयाम थप्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?