ट्रेंडिंग:

>> एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडा अध्यक्षहरूको भेला हुँदै >> खोज र खोप अभियान:  घरघर स्वास्थ्यकर्मीको सेवा >> मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु, चालकसहित २ घाइते >> डेँगु नियन्त्रणमा पूर्व सतर्कता जरुरी  >> पुल नबन्दै स्थानीय खुसी ! >> तेस्रो बिआईटिएम रुपन्देहीमा समापन हुदै >> सरकार सराप्ने सडक ! >> ६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना >> बाँके राष्ट्रिय निकुञ्जमा यस वर्ष ७ सय पर्यटकले गरे अवलोकन >> चौरजहारीकाे घट्नालाई सम्झिंदै दिप प्रज्वलन >> रुपन्देहीका १९ रोटरी क्लबको संयुक्त छलफल, कर सचेतनामा जोड >> नेपाल भाषा र धिमे बाजा बजाउने तालिम सम्पन्न >> चिदिका–रुपन्देही सम्पर्क समाजको दशौंं साधारण सभा >> तिनाउ नदी जोगाऔं >> न्यू होराईजनलाई यु–१४ टेबलटेनिसको उपाधि >> गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदैगर्दा मन्त्रीले राजीनामा दिँदै जाने हो? >> युवा क्लबलाई  जलवायु न्यायका बारेमा  जानकारी  >> योग समिति नेपाल सातौं वर्षमा प्रवेश, नेपालगन्जमा ’विशेष’ कार्यक्रम >> ब्याडमिन्टन प्रतियोगिताको फाइनल समीकरण पूरा >> युवा क्लबमार्फत समाज परिवर्तन गर्दै  >> नागरिक सचेतना अभिमुखिकरण : सूचनाको हकको प्रभावकारी प्रयोगमा जोड >> लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित >> पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रद्वारा ढोरपाटनमा स्वास्थ्य शिविर >> एक महिने बाद्य सामग्री बजाउने तालिम सम्पन्न >> भिजिट भिसा प्रकरणमा गृहमन्त्री- मन्त्रालयले आजै विज्ञप्ति निकाल्छ, दुईचार दिनमा म पनि बोल्छु >> जानकी गाउँपालिकामा जग्गाको नाप नक्सा सुरु >> शेखरले भने–नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिंदा राम्रो हुन्छ >> न्यु होराईजनलाई उपाधि >> दाउन्ने सडक एकतर्फी सञ्चालन >> दुर्गममा निःशुल्क आयुर्वेद शिविर >> प्रगतिशील हैन पर (पश्चिम) गतिशील विवाह >> पोषण पुनर्स्थापना  केन्द्र स्थापनाको माग  >> पनाहा खोलामा सेना र प्रहरीको उद्धार अभ्यास >> रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक >> संरक्षणको बाटोमा ‘हुलासी घोल’ >> दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध >> देशमा चार वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> रवि नै सहकारी ठगीका ‘मुख्य योजनाकार’, यसकारण छाड्न अस्वीकार गर्‍यो सर्वोच्चले >> ब्रेकिङः रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी >> ‘जोयफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन’ अभिमुखीकरण सम्पन्न >> फोर्सको नयाँ एम्बुलेन्स सार्वजनिक, लुम्बिनी मेडिकल कलेजलाई हस्तान्तरण >> पौडी खेल्दा वेपत्ताको शव भेटियो >> जसले पाँच करोडमा घर किने, तर प्रयोग गर्न पाएनन् ! अर्को पक्ष भन्छ–यसमा जालसाजी भयो >> तीनकुने घटनाको प्रहरी प्रतिवेदन सरकारी वकिललाई बुझाइयो, १०८ जना प्रतिवादी >> नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा निर्वाचित, तीन वर्षे कार्यकाल सुरु >> भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ >> पेस्तोल र गोली सहित दुई जना पक्राउ >> सरकारद्वारा पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय, एक वर्षभित्र कार्यान्वयन

बुटवल उपमहानगरले ग-यो शैक्षिक संस्थाका अगुवाहरुसँग छलफल

५ चैत्र २०७९, आईतवार
५ चैत्र २०७९, आईतवार

बुटवल, ५ चैत ।

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आइतबार बुटवलभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले सामुदायिक र संस्थागत विद्यालयले उत्पादन गर्ने जनशक्ति विदेश जानबाट रोक्नका लागि तीन तहकै सरकारले योजना ल्याउनुपर्ने सुझाव दिएका छन् ।

उनीहरुले देशमा उत्पादन भएको जनशक्ति खपत गर्नका लागि पर्याप्त क्षेत्र नभएकाले दक्ष जनशक्तिसमेत विदेश पलायन हुने अवस्था रहेकाले आगामी नीति कार्यक्रममार्फत् उत्पादित जनशक्ति स्वदेशमै रोजगार र स्वरोजगार हुनसक्ने गरी नीति ल्याउन सुझाव दिएका हुन् ।

सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरुले बुटवल शिक्षाको क्षेत्रमा अग्रणी रहेको भन्दै उत्पादित जनशक्तिलाई खपत गर्ने नीति ल्याउनुपर्ने बताए । उनीहरुले बुटवलभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधार गर्दै देशमै उदाहरणीय नगरका रुपमा स्थापित गर्न साथ दिने बताए ।

संस्थागत विद्यालयका अगुवाहरुले सरकारी नीतिका कारण मर्कामा परेको र केही राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुको धम्की र चन्दाआतंकका कारण निरुत्साहित भएको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन उपमहानगरसँग माग गरे ।

उनीहरुले विद्यालयहरुले स्तरीय शिक्षा प्रदान गर्न लाखौं करोडौं लगानी गरेपनि लगानी सुरक्षित हुने र अभिभावकले जिम्मेवारीबोध गर्ने वातावरण बिग्रदै गएको भन्दै सरकारी नीतिमा सुधार ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई शैक्षिक क्षेत्रमा अग्रणी नगर बनाउनका लागि शिक्षा क्षेत्रमा थप सुधार ल्याउन सार्वजनिक र संस्थागत विद्यालयले अझै मेहनत गर्नुपर्ने बताए ।

बुटवललाई शैक्षिक हबका रुपमा चिनिएपनि बजारले माग गरे अनुसार सीप र प्राविधिक क्षेत्रमा कमजोर रहेकाले आगामी दिनमा सुधार गर्दै जानका लागि प्राविधिक शिक्षामा जोड दिन उनले आग्रह गरे ।

उनले सामुदायिक र संस्थागत विद्यालयहरुले किताबी ज्ञानका साथसाथै अनुशासनमा जोड दिनुपर्ने र कुलतमा फस्नबाट जोगाउने गरी नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए । बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

गत सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वय सम्बन्धी कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।

चैत ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताइन् । यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिए ।

सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?