ट्रेंडिंग:

>> बुटवलको पाँचौँ पटक च्याम्पियनको तयारी >> बजेट वक्तब्यमा वन तथा वातावरण >> अपडेट: दाउन्ने सडक एकतर्फी सञ्चालन >> बुटवलको घटना  मानव सभ्यतामाथिकै कलङ्क >> विकासका नाममा दुई किलोमिटर कालोपत्रे त्यही पनि टिकेन >> सङ्घीय सरकारको बजेट पेस: लुम्बिनीमा के के परे योजना ? >> दाउन्ने सडक पूर्ण अवरुद्ध >> देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना >> चेम्वर लुम्विनीले गर्यो बजेटको स्वागत >> टिकटक र डिजिटल लत ! >> बर्दघाट  नगरपालिकाद्वारा नगर गान  सार्वजनिक >> गणतन्त्र दिवसको अवसरमा वृद्धाश्रममा सहयोग >> अब प्रदेशबाटै सवारी चालक अनुमति पत्र वितरण गरिने >> आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड >> सरकारी तलब यथावत, महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइयो >> गणतन्त्रमाथि प्रश्न उठाउने असंवैधानिक कदम स्वीकृत हुँदैन: मुख्यमन्त्री कँडेल >> विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने व्यवस्था लागू गर्ने >> ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन >> जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण >> खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन >> सहकारी बचतकर्ताको सुरक्षाका लागि ५ लाखसम्मको निक्षेप सुरक्षण >> सामाजिक सुरक्षा बजेटमा १ खर्ब ९ अर्ब, वृद्ध भत्ता उमेर नबढाइने >> २०८१ फागुनसम्म उद्योग विभागमा ९ हजार ९ सय ६३ उद्योग दर्ता >> कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट >> नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट >> अर्थव्यवस्था सकारात्मक लयतर्फ उन्मुखः अर्थमन्त्री पौडेल >> संसद्मा बजेट वक्तव्य जारी हुँदा यस्तो देखियो दृश्य >> चालू आवको बजेट ८९ प्रतिशत मात्रै खर्च हुने, राजस्व १७ प्रतिशतले बढ्ने >> आर्थिक वर्ष २०८२/८३ को बजेट (लाइभ) >> आलम प्रकरण न्यायालयको इतिहासमा कलङ्कका रूपमा दर्जः नारायणकाजी >> मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, केहीबेरमै संसदमा प्रस्तुत हुँदै >> एमालेको उत्सव र राजावादीको र्‍याली एकै स्थानमा, राजधानीमा चर्कियो तनाव >> चालू आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान >> दाङमा चोरीको आरोपमा ६ जना पक्राउ >> गणतन्त्र दिवसमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घद्वारा मानव सेवा आश्रममा नगद सहयोग >> प्रतिनिधिसभामा चालू आवको आर्थिक सर्वेक्षण पेस >> भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो >> गणतन्त्र दिवस र यसका उपलब्धिहरू  >> आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक >> सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो >> पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन >> एमालेको प्रदर्शन सुरु, जुट्दै राजावादी >> गणतन्त्र दिवसमा तौलिहवामा नगर सरसफाई >> प्रदेश राजधानीमा उत्सवमय गणतन्त्र दिवस >> बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक >> मुसिकोट र जापानको बुङ्गोओन नगरबिच मैत्रीपूर्ण सहयोग सम्झौता >> थारु परम्परा अब कानुनी ढाँचामा लुम्बिनीमा ‘वडघर ऐन’ ल्याउने तयारी  >> सुन्दर बजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान >> मुगुमा सामूहिक आलु खेती, बजार नपाउने चिन्ता >> बढ्दै दण्डहिनता, खुम्चिँदै नागरिकको भूमिका
मुख्य खबर

धुुर्कोटमा नयाँ गुफा हेर्नेको धुईरो

२६ फाल्गुन २०७९, शुक्रबार
२६ फाल्गुन २०७९, शुक्रबार

गुल्मी फागुन- गुल्मीको धुर्कोट गाउँपालिका नयाँ गुफा भेटीएको छ । गत छ दिन अघि हाडहाडेको बर्दबास स्थीत धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम बिष्टले जानकारी दिएका छन । गुफा भेटीएको जानकारी पाएपछि अहिले धुर्कोट गाउँपालिकादेखि जिल्ला सदरमुकाम तम्घास लगायतका स्थानवाट हेर्न जाने मानिसहरुको दिनहुँ भीड बढ्दै गएको छ ।
दुम्सीको दूलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्न सक्ने प्वाल रहेको थियो । गुफाभित्र शिव लिङ्ग, गाईका थुन, मुर्ती, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग तथा खेतबारी जस्तो देखिने विभिन्न आकर्षक आकृतीहरु रहेको वडाध्यक्ष बिष्टले बताए । नयाँ गुफा फेला परेको जनाकारी पाएपछि यतिबेला दैनिक सयौं मानिसहरु अवलोकनका लागि गुफा पुग्ने गरेका छन । पाँच दिनको अबधिमा आठ सय भन्दा बढी व्यक्तिहरुले गुफाको अवलोकन गरिसकेको वडाध्यक्ष विष्टले बताए ।
२०२८ सालमा स्थानीय भुमिराम घिमिरे बहुदलीय र निर्दलीय बीचको लडाई हुँदा सोही ठाउँमा गई लुकेको स्थानीयले बताएका छन । ०६२ सालमा स्थानीय तुलाराम पाण्डे लगायतका स्थानीयहरुले सो ठाउँमा ढुंगा झिकेर भित्र पस्ने प्रयास गर्दा प्वाल भित्र कुनै जंगली जनावर बस्न सक्ने हुँदा आक्रमणको डरले भित्र पस्न नसकेको बताइएको छ ।


मान्छे लुक्न मिल्ने प्वाल भेटिएपनि स्थानीयले उक्त ठाउँलाई साराको दुलोको नामले परिचित रहेको थियो । स्थानीयहरुले केही दिनअघि बसिवियाँलोको गरि गफगाफको क्रममा उक्त ठाउँमा प्वाल भएको चर्चा चलाएका थिए । सबै मिलेर छलफल गरेपछि गुफाभित्र पसेर हेर्ने निस्कर्षपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा प्वाल भित्र जाँदा गुफा रहेको पत्ता लागेको हो । उक्त गुफाको चौडाई र उचाई पाँचदेखि आठ फुटसम्म रहेको बताईएको छ ।
नयाँ फेला परेको गुफालाई स्थानीयले ‘धनिश्वर मनोरम नागेश्वर गुफा’ भनि नामाकरण गरेका छन् । गुफालाई संरक्षण गर्नको लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचार–प्रसार समिति र जुद्ध बहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समितिको गठन समेत गरिएको छ । हाडहाडेमा भेटीएको नयाँ गुफासँगै धुर्कोट गाउँपालिकामा बिचित्र गुफा सहित गुफाको सङ्ख्या दुई पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?