ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’

२४ माघ २०७९, मंगलवार
२४ माघ २०७९, मंगलवार

कपिलवस्तु, २४ माघ ।

लुम्बिनी प्रदेशका मन्त्री चेत नारायण आचार्यले विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य रहेको बताएका छन् । शिक्षकले निर्वाह गर्ने जिम्मेवारी भन्दा अभिभावकले खेल्ने भूमिका महत्त्वपूर्ण हुने गरेको उनले बताए । शैक्षिक गुणस्तर बढाउन अभिभावकले कहीँ कतै चुक्न नहुने कुरामा मन्त्री आचार्यले जोड दिए ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–१, गुगौलीमा आयोजित दूधाधारी नमूना विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई समोधन गर्दै मन्त्री आचार्यले मंगलबार यस्तो बताएका हुन् ।

दुधाधारी माध्यमिक विद्यालयमा अध्ययनका लागि करिब दश किलोमिटर टाढाबाट आउने विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै यसै वर्ष नभए आगामी वर्षमा प्रदेश सरकारबाट बस उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले जनाए ।

विद्यार्थी घरबाट निस्किन्छ तर विद्यालयसम्म गएको छ ? छैन ? भन्ने कुरामा अभिभावकले ध्यान नदिँदा अनैतिक क्रियाकलापमा फस्ने गरेको आचार्यले बताए । आफ्ना बालबालिकालाई अभिभावकले ध्यान दिंदै शैक्षिक क्षेत्रमा चाँसो राख्न समेत उनले आग्रह गरे ।

यसैबीच संघीय सांसद बलराम अधिकारीले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा शैक्षिकस्तरमा समस्या हुने गरेको बताए । उनले भने, “प्राइभेट भन्दा सरकारी विद्यालयको गुणस्तर टिक्ने र बिक्ने हुनुपर्छ ।”

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले यस विद्यालयलाई शैक्षिक प्रतिष्ठानको रुपमा स्थापना गर्नका लागि व्यवस्थापन समिति, शिक्षक र अभिभावकले सशक्त रुपमा अगाडि बढ्न आवश्यक रहेको बताए ।

जबसम्म प्रधानाध्यापक लगायत शिक्षकहरुले आफ्नो हो भनी अहोरात्र नखटिएसम्म शिक्षाको विकास हुन नसक्ने सदस्य केसीको भनाई छ । विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिका जिल्लाकै विकट क्षेत्रमा पछिल्लो समय चौतर्फीरुपमा विकास हुँदै गएको बताए । उनले हरेक क्षेत्रको विकासमा प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए । यस क्षेत्रमा १३ हजार विद्यार्थी रहेकाले क्याम्पस सञ्चालनको लागि पालिकाले पहल गरिरहेको अध्यक्ष थापाले जिकिर गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रघट कोरीले गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समितिले आवश्यकता अनुसार निरन्तर लागेको बताए । शिक्षातर्फ मात्र नभई प्राविधिक शिक्षामा अगाडि बढेको उनले बताए । विद्यार्थीहरुको आवश्यकता र चाहना अनुसार प्राविधिक धारतर्फ डिप्लोमा इन्जिनियरिङ्ग कक्षा समेत सञ्चालनमा रहेको अध्यक्ष कोरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?