ट्रेंडिंग:

>> लुम्बिनीमा ७ करोड पोषण बजेट : अधिक तालिम र गोष्ठीमै केन्द्रित, कुपोषण जटिल बन्दै >> आईसीसी विश्वकप लिग-२ : जितका लागि नेपाललाई स्कटल्यान्डले लियो २९७ रनको लक्ष्य >> संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति >> सिंहदरबारमा तीन दलको बैठक >> माओवादी केन्द्रले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् अवरोध जारी राख्ने >> प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलविरुद्ध सर्वोच्चमा अदालत अवहेलनाको मुद्दा दायर >> बजेट घोषणापछि सेयर बजारमा १.६० अंकको वृद्धि >> गृहमन्त्रीमाथि कुनै उजुरी नभएको भन्दै ओलीले राजीनामा मागको विरोध >> त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जना यात्रु फिर्ता >> समितिद्वारा भूकम्पपछिको पुनर्निर्माणको लागि कर्णाली सरकारलाई निर्देशन >> संसद खुलाउन प्रचण्डसँग कुरा गर्न खोजे तर सम्पर्कमा आउनुभएन- प्रधानमन्त्री ओली >> शिवराजमा पाठेघरको बिरामी खोज्न बस्तीमा पुग्दै चिकित्सक >> यातयात व्यवसायीले आन्दोलन फिर्ता लिने >> जन्मदिनमा विद्यार्थीलाई २५ हजार रुपैया बराबरको पोशाक सहयोग >> अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ >> नेपाली नोटमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न सांसद थापाको सुझाव >> गणतन्त्रको पक्षमा कांग्रेसको आमसभा हुने >> मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा >> बैंकमा लगानी गर्ने र व्यवसायी छुट्ट्याउन कानुनी स्पष्टता आवश्यक: गभर्नर पौडेल >> जुन महिनामा रिलिज हुदै ७ ठुला चलचित्र >> ट्याक्टरबाट लडेर एक जनाको मृत्यु >> पोखरामा अलपत्र परेका ५६४ यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरी गन्तव्यतर्फ पठायो >> अस्ट्रेलियन स्टार म्याक्सवेलको ओडीआई क्रिकेटबाट सन्यास >> चीन भ्रमण सकेर स्वदेश फर्किइन् पूर्वराष्ट्रपति भण्डारी >> यो हो बदाम खाने असली पाँच तरिका >> सुनको मूल्य १ हजार रुपैयाँले वृद्धि >> राम्रो नतिजा लिनु छ भन्ने एआईलाई धक्काउनु होस्: गुगलका सह संस्थापक >> राजावादी आन्दोलनबारे कांग्रेस – संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित >> रुस माथि युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु विमान पार्‍यो ध्वस्त >> मेयर कप क्रिकेटको उपाधि वडा नम्बर २ लाई >> यातायात व्यवसायीको बन्दको कारण देशैभरिको सार्वजनिक यातायात प्रभावित >> न्यून पुँजीगत खर्च, सार्वजनिक वित्त व्यवस्थापनको चुनौती >> सिठी नखःको अवसरमा कक्षपति समाजको कुल पूजा सम्पन्न, “कक्षपति युवा समाज“ गठन >> व्यवसायीद्वारा अनिश्चितकालीन  यातायात बन्दको घोषणा >> रास्वपाले बोलायो पार्टी सचिवालय र संसदीय दलको बैठक >> बजेटमाथि छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक >> भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु >> देवदहमा ‘कुकुरशाला’ >> भारतमा बढ्दै कोरोना, सावधानी छिमेकमा  >> खुम्चियो वृद्ध भत्ताको सपना  >> नेपाली क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै >> भारतीय कृषक धानको बीउ खरिद गर्न नेपालगञ्जमा >> विपत् व्यवस्थापनमा दिनरात खट्ने हिरो >> कमल थापा र दीपक सिंहसहित ७ जना रिहा >> दश हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र कालिकोट पुग्यो >> प्रशिक्षक नेपालीले अब माल्दिभ्समा कोचिङ गर्ने >> बुटवलमा एफडी मोटर्सको शोरुम, ‘एफ–५ ए प्रो’ स्कुटर सार्वजनिक >> रोटरी क्लब बुटवल चौतारीद्वारा मेगा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण >> ‘यो प्रचण्डको होइन, जनताको गणतन्त्र हो’ –  प्रचण्ड >> जलवायु संकटको जोखिम बढ्दो, देउवाको सरकारलाई पूर्वतयारीको सुझाव

डोको दैनिकी

१६ कार्तिक २०७५, शुक्रबार
१६ कार्तिक २०७५, शुक्रबार

रोल्पा नगरपालिका–९ रिसवाङकी जुनकुमारी घर्ती तरकारी बेच्न दिनहुँ सदरमुकाम पुग्छिन । घर छेवैमा तरकारी संकलन केन्द्र स्थापना गरिए पनि उनी डोको वोकेर तरकारी विक्री गर्न निस्कन्छिन । पिठ्यूँमा ४०/५० किलो तरकारीले भरिएको डोको बोकेर घरवाट सदरमुकाम पुग्न उनलाई झण्डै २ घण्टा लाग्ने गर्छ । तरकारी वोकेर मात्र हैन बालवच्चा विरामी पर्दा समेत डोकोमा बोकेर अस्पताल ल्याउन उनलाई सहज लाग्छ ।

रोल्पाका प्रायः सवै वडामा सडक पहुँच पुगेको छ । वर्षातको समय वाहेक अन्य सिजनमा जिल्लामा प्रायः सवै वडा सम्म गाडी पुग्ने गर्दछ । टोल टोल सम्म गाडीको सुविधा विस्तार भए पनि ग्रामीण क्षेत्रका रोल्पालीहरूलाई गाडी भन्दा डोको नै प्यारो लाग्ने गर्दछ । डोको विनाको यहाँको दैनिकी करिव करिव असम्भव जस्तै वनेको छ । तरकारी विक्री गर्न सदरमुकाम आउँदा होस् या बिरामी लिएर अस्पताल पुग्दा होस डोको नै प्रयोग हुन्छ । किसानको दैनिक कामका अतिरिक्त अन्य सामान ढुवानीको समेत भरपर्दो सामाग्री बनेको छ रोल्पामा डोको । गाउँमा तरकारी संकलन केन्द्र भए पनि मैले दैनिक उत्पादन गर्ने तरकारी डोकोमा बोकेर सदरमुकाम ल्याउँछु रोल्पा नगरपालिका–९ गर्पाकी शितला वुढाले भनिन् । गाउँमा उत्पादन भएको तरकारी गाउँमै बिक्री गर्ने सजिलोका लागि तरकारी संकलन केन्द्र स्थापना भए पनि मलाई सदरमुकाम आएर विक्री गर्न नै सजिलो लाग्ने भएकाले उत्पादित तरकारी डोकोमा बोकेर ल्याउने गरेको छु कृषक बुढाले भनिन् ।
गाडीको भरपर्दो सुबिधा पनि छैन, गाडी मिलिहाले भाडा निकै चर्को तिर्नु पर्दा तरकारी बेचेको पैसा भाडामै ठिक्क हुने भएकाले तरकारी बिक्री गर्न आउँदा पैदल हिँड्ने गरेको अर्का कृषक जुनकुमारी घर्तीको भनाइ छ । १५ मिनेट दुरीको बाटोमा अटोले प्रति सवारी १ सय र तरकारीको प्रति डोका १ सय भन्दा बढी लिने भएकाले आफूहरू गाडी प्रयोग नगरि पैदलै हिँड्ने गरेको उनको भनाइ छ । गाउँगाउँमा सडक बिस्तार भए पनि गरिव विपन्न र किसानलाई भन्दा सम्पन्नवालालाई नै फाईदा पुगेको छ घर्तीले भनिन् ।
गाउँमा विरामी पर्दा सजिलोको लागि हरेक टोलमा स्टेचरको व्यवस्था गरे पनि लामो दुरीमा डोको प्रयोग गरेर अस्पताल लैजाने गरेको रोल्पा नगरपालिका १० धवाङका महिला स्वास्थ्य स्वयमसेविका भिमा महराको भनाइ छ । गाउँकै हेल्थपोष्टमा आउनको लागी स्टेचर प्रयोग भए पनि सदरमुकाममा रहेको अस्पताल सम्म जाँदा डोको प्रयोग हुन्छ महराले भनिन् । सडक विस्तार सँगै गाउँमै एम्बुलेन्स आउने भए पनि चर्को भाडाका कारण परिवार तथा छिमेकीले डोकोमा वोकाएरै अस्पताल लैजाने चलन हटेको छैन महराले भनिन ।
ग्रामीण क्षेत्रमा निकै लोकप्रीय र बहु उपयोगी मानिएको डोको पछिल्लो पुस्तासम्म आउदा लोप हुने हो की भन्ने चिन्ता देखिन थालेको छ । डोको वुन्ने सिप सिक्न नयाँ पुस्ताले चासो नदेखाएका कारण लोप हुन सक्ने भन्दै आफुहरूले पुस्ता हस्तान्तरण कार्यक्रम अन्तरगत डोको, नाङ्लो वुनाई तालिम संचालन गरेको जेष्ठ नागरिक जिल्ला संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले जानकारी दिए । डोको बहुउपयोगी हुनुको साथै नेपाली मौलिक वस्तु पनि भएकाले यसको संरक्षणमा लाग्नु पर्ने आचार्यको सुझाव छ । स्थानीय वाँस निगालो वाट वन्ने डोको, सुपो, मान्द्रो जस्ता सामानको ठाउँमा प्लाष्टिकजन्य वस्तुले स्थान लिदा मौलिक सामग्री लोप हुँदै गएको प्रति अध्यक्ष आचार्यले चिन्ता व्यक्त गरे ।
बाँसको डोको, मान्द्रो, सुपो जस्ता परम्परागत सामाग्री उत्पादन गरि जीविकोपार्जन गरिरहेका व्यक्तिहरूको पेशा समेत संकटमा पर्दै गएको छ । वर्षभरि यस्ता सामान उत्पादन गरेर दशै तिहारको समयमा बिक्री गर्न सदरमुकाम झर्ने चलन समेत घट्दै गएको वताईन्छ । जिल्लाका धान उत्पादन नहुने ठाउँका मान्छेहरूले बाँस र चोयाबाट निर्मित विभिन्न सामाग्रीहरू उत्पादन गरि धान संग सटही गर्ने चलन समेत बिस्तारै हट्दै गएर वस्तु विनिमयको सट्टा मुद्रा विनिमय हुन थालेको बताइन्छ ।

वाँस निगालोवाट उत्पादीत वस्तुलाई प्लाष्टिकजन्य वस्तुले विस्थापन गर्न थालेसँगै व्यवसायीक रूपले उत्पादन गरिदै आएका वास निगालो उत्पादन पनि कम हुदै गएको वताईन्छ । विगतमा वास निगालोलाई बहु उपयोगी सामाग्रीको रूपमा प्रयोग गर्दा यसको संरक्षणमा समेत जोड दिदै आएकोमा पछिल्लो दिनमा यसको संरक्षणमा त्यती ध्यान पुग्न सकेको छैन सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मनसिं डाँगीले भने । वर्षेनी सामुदायिक वनमा वृक्षारोपण गर्दा वास निगालो रोपणलाई प्रवद्र्धन गर्ने गरि प्रोत्साहन गरिरहेका छौ अध्यक्ष डाँगीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?