© २०२३
बुटवल, पुस – नेपाली कथानक चलचित्र फुलबारी फिल्मको टिम शनिबार बुटवलमा आईपुगेका छन। फागुन ५ गते प्रदर्शन हुने फिल्मको प्रमोशनका लागि कलाकारहरु विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, संगितकार, गायक तथा कलाकार कालिप्रसाद बास्कोटासहित निर्माता, निर्देशकको टिम बुटवल आईपुगेको हो। चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो।
यशोधा फिल्मको ब्यानर, कमलकिशोर मालपानीको कथा र निर्देशक रामबाबु गुरुङको निर्देशनमा फिल्म बनेको हो। बुटवलका फिल्म निर्माता मनिष ढकालले वतर्मान नेपाली घरघरको कथा फुलबारी भएको बताए। काठमाडौ पछिको सबैभन्दा धेरै ईभेन्ट हुने स्थानका रुपमा परिचय बोकेको बुटवलमा चलचित्रको राम्रो दर्शक रहेको उनले बताए। कार्यक्रममा कलाकार विपिन कार्कीले सधै कला क्षेत्रमा आफू नया भुमिका गर्न खोज्ने बताए। चलचित्रमा नया क्यारेक्टर पाउदा फिल्म खेल्न तयार भएको उनले बताए।
`जयनारायण सरको रिटार्ड मास्टरको भुमिकामा देखिने छु।´- उनले भने। परिवार बिनाको मानिसको कल्पना गर्न नसकिने भन्दै यहि पारिवारिक कथा चलचित्रमा रहेको हुदा दर्शकले मन पराउनेमा आफू आशावादी रहेको बताए। ईलाम, काठमाडौमा सुटिङ भएको उनले बताए। लामो अनुभव र नेपालमा नदेखिएको नया पारिवारिक स्तरिय चलचित्र तयार भएको उनले दाबी गरे। कार्यक्रममा नायिका प्रियंका कार्कीले विभिन्न पात्रहरुले परिवारको सदस्यहरुको बिचमा हुने जिवन्त सम्बन्धलाई देखाउन खोजिएको बताए।
`हाम्रो नेपाली कथा हो।´-उनले भने। फुल फेमिली ड्रामा चलचित्रमा रहेको उनले बताईन । यसले एउटा सन्देश दिन खोजेको समेत बताईन। फुलबारी नाम अनुसार नै सबै पात्रहरु फरकफरक फुलहरुको कलालाई देख्न सकिने बताए। ससाना विषयमा हुने विवाद, संवाद, मनमा बिझाउने खालको फिल्म बनेको उनले दाबी गरिन। टिम नेपालका मुख्य पाच स्थान प्रचारमा जाने उनले बताए। बुटवलबाट शुरु भएको टिम पोखरा, चितवन, ईटहरी, बिर्तामोड पुग्ने छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी