श्रावण २८ २०७७   |  2020 Aug 12    


चलचित्र ‘रोज’ बुटवलमा


news

 यहि भदौ २२ बाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘रोज’ टिमले बुटवलमा दर्शकसँग भेटघाट गरेको छ । आफ्नो प्रदर्शन मिति नजिकिँदै गर्दा यतिबेला चलचित्र रोजको टिम देश दौडाहामा रहेको छ । देश दौडाहाका क्रममा पोखरा हँुदै रोज टिम बुटवलमा आएको छ ।
नायक प्रदिप खड्काले पहिलो पटक रोमान्टिक बाट थ्रीलरमा काम गरेकाले दर्शकले भिन्न स्वाद चाख्ने जानकारी दिए । राम्रा फिल्मलाई निःशुल्क समेत गर्ने जानकारी दिँदै नायक खड्काले आफ्नो पहिलेका फिल्म राम्रो चलेको र अहिलेको पनि मन पराउनेमा आफू आशावादी रहेको सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।  सोहि चलचित्रकी नायिका मिरुना मगर चलचत्रि राम्रो भएको र आफू काम गर्न पाउँदा खुसी भएको बताइन् । बुटवलको ट्राफिकचोकमा दर्शकसँग मनोरञ्जन कार्यक्रम समेत सञ्चालन गरेको टिमले नारायणढ, धरान, इटहरी हुँदै बिर्तामोड पुग्ने र काठमाडौंमा पनि कार्यक्रम गर्ने जनाएको छ ।

अपडेट : 2018-09-02 13:23:38




your-image

Leave a Comment