श्रावण २८ २०७७   |  2020 Aug 12    


थारु भाषाको ‘जिनगी तोहार नाउँ’ बजारमा


news

पछिल्लो समयमा थारु गीत सङ्गितले पनि निकै फड्को मार्दै गएको छ । एक पछि अर्को नयाँ नयाँ कलाकार जन्मीरहेका छन् । यसै क्रममा चितवनको थारु भाषाको (जिनगी तोहार नाउ) बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । २ महिना अगाडि अडियो रिलिज गरेको यो गितको म्युजिक भिडियो तयार गरिएको हो । श्रीनिवास चौधरी र समिक्षा चौधरीको सुमधुर आवाज रहेको गीतमा सङ्गीत बुद्ध चौधरी ( सुमन) ले भरेका छन् ।
चर्चित गायक, सङ्गितकार तथा एरेन्जर गणेश चौधरीले सङ्गीत संयोजन गरेको गीतको भिडियो देशको विभिन्न रमणिय ठाउँहरूमा छायांकन गरिएको छ छ । करिब १०० भन्दा बढि नेपाली, थारु र भोजपुरी गितमा निर्देशन, कोरियोग्राफी तथा अभिनय गरि सकेका, चर्चित निर्देशक हिरा चौधरीले यो गितमा निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।
पतिराम थनेतको छायांकन, अभिनेता सुरेश चौधरिले सम्पादन, मोडेल जितेन्द्र महतो तथा अनुराधा चौधरीको अभियन रहेको छ । यस्तै भिडियोमा जितेन्द्र महतो र अनुराधा चौधरीको दमदार अभिनय रहेको छ । 

अपडेट : 2018-09-01 12:45:51




your-image

Leave a Comment