श्रावण २८ २०७७   |  2020 Aug 12    


रुरु मिलन केन्द्रको तीज विशेष


news


बुटवल, १२ भदौ– रुरु मिलन केन्द्र रुपन्देही बुटवलले तीजमिलन तथा प्रथम साधारणसभा बुटवलमा सम्पन्न गरेको छ । सो अबसरमा बोल्दै संस्थाकी अध्यक्ष राधा ज्ञवालीले समाज रुपान्तरणका लागि रुरु एकता भन्ने उद्देश्यका साथ गत साल स्थापना भएको संस्थाले बिभिन्न बिपदमा परेकाहरुलाई राहत प्रदान गर्नेदेखि सामाजिक काममा सक्रिय भएको बताइन् । उनले केन्द्रलाई सबैको साझा संस्थाको रुपमा बिकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै सामाजिक एकता, संस्कृती र सम्बन्ध स्थापित गर्ने गरि अगाडि बढाउने बताइन् । कार्यक्रममा बोल्दै बरिष्ठ समाजसेवी कमला थैबले दिदीबहिनी मिलेर खोलेको संस्थाले समाज रुपान्तरणमा खेलेको भूमिकाको स्रहाना गरिन् । । कार्यक्रममा संस्थाका संरक्षक ऋषि भण्डारी, हिमाल श्रेष्ठ, प्रेस सल्लाहकार कपिल ज्ञवाली, उपाध्यक्ष तथा कार्यक्रम संयोजक शान्ति बराल, सचिब जमुना सुबेदी, कोषाध्यक्ष अनुपमा श्रेष्ठ लगायतले बोलेका थिए । सो अबसरमा संस्थालाई सहयोग पु¥याउने ३ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ऋषि भण्डारी, हिमाल श्रेष्ठ, पत्रकार कपिल ज्ञवाली रहेका छन् । उनीहरु तीनै जनालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सो अबसरमा अध्यक्ष, सचिब र कोषाध्यक्षको प्रतिबेदन पारित गरिएको थियो भने दिदीबहीनीहरुले गीत गायर नाचगान गरेका थिए

अपडेट : 2018-08-29 13:03:23




your-image

Leave a Comment