क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ गतेदेखि १२ सम्म


news

क्यान इन्फोटेकको २७ औं संस्करण १०७९ वैशाख ७ देखि १२ गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुुटीमण्डपमा हुने इन्फोटकमा अहिले आएको नयाँ प्रविधिको प्रदर्शनी र प्रविधिको विकासको विषयमा केन्द्रित रहेर अन्तरक्रियाहरु हुनेछन् ।
यसअघि क्यान इन्फोटेकको २७ औ ं संस्करण २०७८ साल वैशाख २८ देखि जेठ २ गतेसम्म पहिलोपटक र माघ १८ लेदि २३ सम्म दोश्रो पटक आयोजना गर्ने तयारी गरिरहदा कोभिड महामारीका कारण स्थगित भएको थियो ।


सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनीमा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन् १९९५ देखि क्यान इन्फोटेक आयोजना हुँदै आएको छ ।


२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजक आईएमई पे र सहप्रायोजन स्मार्ट च्वाइस टेक्नोलोप्जज रहेका छन । यसैगरी पे क्यान इन्फोटेक २०२२ इन एशोसियसन विथ एसमसटी स्मार्ट क्यू आर को प्लाटिनम प्रायोजन वल्र्डलिंक कम्यूनिकेशन गोल्ड प्रायोेजक, नेपाल टेमलकम, जेनेरेशन नेक्क्स्ट कम्यूनिकेशन र सागर गु्रप अफ कम्पनिज, सिल्भर प्रायोजक, नमस्ते पे एस पावर ब्राडवे इन्फोसिस नेपाल र डिजिकम रहनेछन् क्यानका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।


उनका अनुसार सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्श, आईएमई पेक्यान इन्फोटेक २०२२ इन एशोसियशन विथ एसमसटी स्माटशक्यूआरको इन्नोभेसन पार्टनर रहेको छ । सनवे इन्टरनेशनल विजनेश स्कुल – एकाडेमिक पार्टनर, दराज केमु– इकमर्श पार्टनर, रेबान, फुड एण्ड वेभरेज पार्टनर, मण्डला सिस्टम, भर्चुअल एप्क्जविसन पार्टनर तथा अल्ट एलईडी, डीजिटल डीस्प्ले पार्टनर रहेका छन् ।


इन्फोटेक सफल रुपमा आयोजना हुन देशभभत्रबाट नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रववधि विभाग, नेपाल दुर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेशन, नेपाल मोबाइल वितरक तथा अन्तरराष्ट्रिय रुपमा असोभसयो र विट्साको पनि सहयोग रहने क्यानका महासचिव नारायण थापाले बताए ।

अपडेट : 2022-02-23 08:55:21




your-image

Leave a Comment