प्रदेश सरकारलाई होल्डिङ सेन्टरको ‘टन्टै साफ’


news

तेस्रो चरणकै सुरुवाती दिनमा प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मन्त्री ईन्द्रजित थारुले परिक्षण दायरा बढाउने, सिमा नाका कडाई गर्ने, होल्डिङ सेन्टर बनाउने र खोपको लागि थप पहल गर्ने जस्ता योजना सुनाएका थिए । यद्यपी प्रदेश सरकारले कोरोनाको तेस्रो लहर मध्यम हुँदासम्म कुनै पनि नाकामा ‘होल्डीङ्ग सेन्टर’ बनाएको छैन ।

000

लुम्बिनी प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार प्रदेशमा शुक्रबारसम्म ३ हजार ८ सय ११ जना कोरोना संक्रमणका ‘सक्रिय संक्रमित’ रहेका छन् । जसमा पिसिआरबाट ८ सय ७६ र एन्टीजेन परिक्षणबाट २ हजार २ सय ४२ जना संक्रमित रहेका हुन । लुम्बिनी प्रदेशमा हालसम्म कोरोनाकै कारण २ हजार ४ सय २७ जनाले ज्यान गुमाएको तितो यथार्थता छ ।


तेस्रो लहरको‘ओमिक्रोन भेरियन्ट’ देखा पर्दा प्रदेशको नाका नाकामा होल्डीङ्ग सेन्टर बनाउने, सबै नाकामा अनिवार्य कोरोना परिक्षण पछि मात्रै स्वदेश आउन पाउने गरी व्यवस्था मिलाउने देखि लिएर सबै नागरिकलाई खोपको प्रर्वद्धन गर्नेसम्मका योजना प्रदेश सरकारले अगाडी बढाएको थियो ।


तेस्रो चरणकै सुरुवातीकादिनमा प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मन्त्री ईन्द्रजित थारुले बुटवल टुडे संगको कुराकानीमा परिक्षण दायरा बढाउने, सिमा नाका कडाई गर्ने र खोपको लागि थप पहल गर्ने जस्ता योजना सुनाएका थिए । उनले सिमा नाकामा परिक्षणको साथै होल्डीङ्ग सेन्टर बनाउने सम्मा योजना सरकारले बनाएको समेत भन्न भ्याएका थिए । यद्यपी प्रदेश सरकारले कोरोनाको तेस्रो लहर मध्यम हुँदासम्म कुनै पनि नाकामा ‘होल्डीङ्ग सेन्टर’ बनाएको छैन ।


लुम्बिनी प्रदेश तराईका ६ जिल्ला खुल्ला सिमाना जोडिएको क्षेत्र हुन । प्रदेश सरकारकै स्वाथ्य निर्देशनालयका प्रमुख डा. विनोद कुमार गिरीका अनुसार ८० प्रतिशत भन्दा बढि मान्छे हाल खुल्ला नाकाबाट नेपाल भित्रीरहेको बताउँछन् । तर प्रदेश सरकारले ३ स्थानका सिमा नाकामा ‘स्क्रीनिङ्ग’ अर्थात एन्टीजीन परिक्षणबाट कोरोना परिक्षण गरिरहेको छ ।


स्वाथ्य निर्देशक डा. गिरीका अनुसार २० प्रतिशत मात्रै तिन नाकाबाट आउने भएपनि अन्य ८० प्रतिशत व्यक्तिहरु हाल नेपालमा खुल्ला नाका प्रयोग गरि नेपाल आउने र जाने गर्दछन् । जसले गर्दा ८० प्रतिशतलाई समेट्न नसकीएको हो । उनी भन्छन्–‘एउटै जिल्लामा पनि २, ३ वटा नाका छन्, खुल्ला सिमा नाकाबाट आउनेको परिक्षण गर्न सकीएको छैन ।’


हाल प्रदेश सरकारले प्रदेशका ३ स्थान बेलहिया नाका रुपन्देही, कृष्णनागर नाका कपिलवस्तु, जमुनीया नाका बाँकेमा मात्रै कोरोना परिक्षण को कार्य गरिरहेको छ । यो वाहेक नवलपरासीको दुई नाका, रुपन्देहीको छोट्की भन्सार नाका, कपिलवस्तुको क्रक्रहवा नाका, दाङ्ग जिल्लाको कोईलावास नाका, बाँके को छोट्की भन्सार नाका सहित बर्दियाको नाका समेत परिक्षण हुने गरेको छैन । यी नाकाबाट हालपनि सयौंको संख्यामा मानिसहरु नेपाल आउने र जाने क्रम रहेको छ । विना परिक्षण भारतबाट आउने व्याक्तिहरुको कारण नेपालमा केही मत्थर भएको कोरोना पुनः बढ्न सक्ने तर्फ स्वाथ्य विज्ञले थप चिन्ता व्यक्त गरेका छन् ।


२०७७ चैत ११ गते देखि ३ वटा नाकामा परिक्षणको काम हालसम्म पनि जारी राखिएको प्रदेशको स्वाथ्य निर्देशनालये जनाएको छ । जसमा हाल सम्म २ हजार ८ सय ९६ जनामा कोरोना परिक्षण पोजेटिभ देखिएको छ जुन एन्टीजेन परिक्षणबाट हो । प्रदेशमा पर्ने ३ वटा नाकामा हालसम्म ५ लाख ११ हजार ४ सय ६९ जनामा स्क्रीनिङ्ग गरिएकोमा लक्षण देखिएका वा शंका लागेका १ लाख ५ हजार ४ सय ७ जनाको कोभिड १९ एन्टीजेन परिक्षण गरिएको स्वाथ्य निर्देशनालयको तथ्यांक छ । जस अनुसार पछिल्ले दिनमा २.७५ प्रतिशत कोरोना संक्रमण दर समेत बढेको छ ।


यता स्वास्थ्य, जनसंख्या तथा परिवार काल्याण मन्त्री ईन्द्रजित थारुले ओमिक्रोन भाईसरले अस्पतालमा भर्ना हुने जटिल केश नभएको कारण मानिसहरु घर घरमा रहेर उपचार गरिरहेको कारण होल्डीङ्ग सेन्टर नबनाएको बताउँछन् । उनले विरामीहरुको लागि प्रदेशमा आईसीयु, एचडीयु, भेन्टीलेटर बेड आवश्यकता अनुसार प्राप्त रहेको समेत बताए । सबै नागरिकलाई खोप लगाउनको लागि आफ्नो पहल जारी रहेको उनको भनाई छ ।

अपडेट : 2022-02-11 08:52:25




your-image

Leave a Comment