आश्विन ७ २०७८   |  2021 Sep 23    


महामारीमा कति उपयुक्त गृह विद्यालय ?


news

सन्दर्भ
केभिड १९ कारण संक्रमण फैलिने डरले शिक्षा क्षेत्रमा अवरुद्ध भएको छ । उच्च शिक्षामा परिपक्व विद्यार्थी हुने भएकोले अनलाइन कक्षा भैरहेका छ तर प्रभावकारिता मूल्याङ्कन गर्न बाँकी नै छ । शैक्षिक स्तर खेर जान नदिन राष्ट्रिय पाठ्यक्रम प्रारुपअनुसार सिकाइ उपलब्धि हासिल गर्न आफ्नो परिवेशअनुुसार अनुकुल वातावरण प्रदान गरी सिकाइ सहजीकरण गर्न विभिन्न बैकल्पिक बिधि अवलम्बन गरी शिक्षण सिकाइ कार्यलाई निरन्तरता प्रदान गर्न नेपाल सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ र ३१ वँुदे विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्य योजना २०७७ लागु गरी विद्यालय सञ्चालन अभ्यास गरिसकेको छ ।

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा कुनैपनि प्रविधिको सुविधा नपाएको, रेडियो प्रयोग गर्न सक्ने टेलिभिजन प्रयोग गर्न सक्ने अनलाइन नभएको तर कम्प्यूटर प्रयोग गर्न सक्ने इन्टरनेट र सूचना प्रविधि प्रयोग गर्न सक्ने भनि विद्यार्थीको वर्गीकरण गरेको छ । प्रारम्भिक काल विकास उमेर समूह (३ देखि ५ वर्ष) का बालवालिकाको लागि रेडियो टिभी अनलाइन मुद्रित सामाग्री प्रयोग गरी सिकाउन सकिने अथवा सहयोगी कार्यकर्ता र अभिभावक मार्फत गृह विद्यालय अवधारण अनुरुप कार्यक्रम सञ्चालन गर्न सकिने प्रावधान तोकिएको छ । तर आवश्यकता अनुसार सबै कक्षाका विद्यार्थीलाई पनि गृह विद्यालय कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।


अर्थः
गृह विद्यालयलाई घरमा दिइने शिक्षा, घरमा अर्थात भएर दिइने अनलाइन शिक्षा पनि भनिन्छ । तर बास्तवमा विद्यालयको सट्टा घरमा शिक्षा दिने चलनलाई नै गृह विद्यालयमा (होम स्कूलिङ्ग) भनिन्छ । हप्ताको ३ देखि ५ दिन प्रतिदिन २ देखि ३ उमेरसम्म पठनपाठन गर्ने गरिन्छ । बच्चाको उमेरमर कक्षा बच्चाको ससरल गरिने क्रियाकलाप गर्ने गरिन्छ । बच्चाको उमेर, कक्षा, बच्चाको सरलता गरिने क्रियाकलाप र क्रेडिट आवरको आधारमा पार्न समय निर्धारण गर्न सकिन्छ ।

इतिहासः
गृह विद्यालयको प्रारभ्म १९७० को पराक्रममा सिद्धान्त दावी र विद्यालय सूचारक जोन हल्टले प्रारम्भ गरेको थिए । औपचारिक विद्यालयले आज्ञाकारी कर्मचारी बनाउन दमनकारी बातावरण उक्त कक्षा कोठामा गरिने शिक्षणमा सुधार गर्न होम स्कुलिङ्ग अवधारण अघि सारेका थिए ।


अमेरिका, क्यानडाले पनि १९८० देखि नै यो अवधारण अभ्यास गरेको थिए तर १९९३ देखि अमेरिकाले दिएको बैज्ञानिक देखिएको छ । यसपछि अन्य मूलुकले पनि अभ्यास गर्दै आएका छन् । नेपाल, भारतमा ट्युसन, अनलाइन कक्षा माध्यमबाट अनौपचारिक रुपमा चलिरहेको छ ।


प्रक्रियाः
विद्यार्थी सहजीकरण निर्देशिका २०७७ मा गृह विद्यालय सञ्चालन प्रक्रिया निम्नानुसार उल्लेख गरिएको छ ः
१. प्रारम्भिक बाल विकासमा पढ्न सक्ने बालवालिकाको प्रत्येक घरबाट एक जना माथिल्लो शैक्षिक योग्यता भएकोलाई प्राथमिकता दिई सिकाइ सहजकर्ता अभिभावक वा सहयोगी कार्यकर्ताको छनौट गर्ने ।

२. सहजकर्तालाई बालविकासले गर्न सक्ने क्रियाकलाप चाहिने सामग्री, शिक्षकले प्रयोग गर्ने सामग्री (पुस्तक, रेडियो, टि.भी, कम्प्यूटर इन्टरनेट आदि) बारे प्रत्यक्ष वा अप्रत्यक्ष अभिमुखिकरण गर्ने ।

३. सिकाइ सहजकर्ता अभिभावकको छनौट अभिमुखीकरण सम्बन्धित वालविकास केन्द्रका सहजकर्ता वा प्रधानाध्यापकले तोकेको शिक्षक वा स्वयम्सेवकले गर्ने ।

४. सिकाइ सहजकर्ता अभिमुखीकर्ताले कार्यतालिका अनुसार विभिन्न क्रियाकलाप संलग्न गराई समस्या परेको अवस्थामा सहयोग गर्ने ।

५. बाल विकास केन्द्रका सहजकर्ता वा शिक्षकले बालवालिकाले गरेका क्रियाकलाप बारे जानकारी लिई अभिलेखिकरण गर्ने र आवश्यक परे सहयोग गर्ने ।

विभिन्न कक्षाका विद्यार्थीलाई होम स्कूलिङ्ग गर्न सकिने भएकोले सक्ने आमा बुबा अभिभावक, घरका अन्य क्षमतावान व्यक्ति सदस्य वा सामुदायिक स्वयम्सेवक वा विद्यालयका शिक्षकलाई पनि तलवी वा स्वयम्सेवकको रुपमा छनौट गरी तालिम दिई उपयोग गर्न सकिन्छ ।


अध्ययन विधिः
गृह विद्यालयमा बच्चालाई तिनीहरुको कक्षा अनुसारको विषयबस्तुमा आधारित भएर पढाउन सकिन्छ । पढाउँदा विभिन्न विधि प्रयोग गर्न सकिन्छ ।


१. स्वः अध्ययनः
विद्यार्थी तेज भएमा मुख्य कुरा भनेरै विषयगत पुस्तक इच्छाअनुसार स्वः अध्ययन गराउन उत्साहित गर्नु पर्छ । यसबाट नयाँ नयाँ कुरा पढी ज्ञान हासिल गर्न खुसी हुन सक्छ ।


२. प्रयोगात्मक अध्ययनः
अभिभावक वा शिक्षकले बच्चालाई चरित्र निर्माण, बोलाइ, सीप, पढाइ सीप आदि अभ्यास गराई सिकाउन सक्छ ।

३. व्यक्तिगत अध्ययनः
अभिभावक वा शिक्षकले समय तालिका बनाएर स्वतन्त्र ढंगले बच्चालाई उसको इच्छाअनुसार पुस्तक, टिभी, सीडी, रेडियो, युट्युव प्रयोग गरी सिकाउन सकिन्छ ।

गृह विद्यालयबाट हुने (सवल पक्ष):
गृह विद्यालयको सञ्चालनबाट हुने लाभलाई पाँच समूहमा विभाजन गरी वर्गीकरण गर्न सकिन्छ ।

क. शैक्षिक लाभः
सिकाइका तरिका चयन गर्ने, आफ्नो पाठ्क्रम आफै बनाउने, सोध खोजमा आधारित सिकाइ हुन सक्ने बच्चाको आवश्यकता समाधनको लागि विज्ञको रुपमा हुने लाभ जीवनमुखी सीपमा ध्यान दिइने ।

ख. सामाजिक स्वास्थ्यमा लाभः
सामाजिक समस्याको चिन्ता हट्ने, विद्यालयका खराव वातावरणबाट मुक्त हुने, बच्चाले सिक्न स्वतन्त्रता पाउने ।

ग. सामाजिक विकासमा लाभः
पारिवारिक घनिष्ठ सम्बन्धबाट खुसी हुने, लागू औषधको प्रयोग, यौनिक क्रियाकलाप, झगडाबाट जोगिने, विद्यालयको दवावमूलक र कडा अनुशासनबाट मुक्ति पाउने, सामुदायिक कार्यमा संलग्नता बढ्ने सुरक्षाको भावना बढ्ने ।

घ. शारीरिक विकासमा लाभः
धेरै खेल्न पाउने, आराम गर्न, सुत्न निदाउन पाउने, विरामीपनाबाट निको हुने ।

ङ. अभिभावकलाई हुने लाभः
आमाबाबुको शिक्षामा निरन्तरता आउने, रुचि र शौक आदान प्रदान हुने, आर्थिक बचत हुने, स्वःसशक्तिकरण हुने, विरामी आमाबुबाको विस्तरा नजिक पनि कक्षा गर्न मिल्ने दुःख परेको बेला पनि खुसी अनुभव गर्ने विशेश जीवन शैली

दुर्वल पक्षः
बच्चालाई ध्यान दिनु पर्ने भएकोले आयमूलक कामन गर्न र सक्ने विद्यालय जस्तो खेल मैनान नहुँदा बाह्य खेल मैदान नहुने, सहपाठीको साथ नपाउँदा एक्लोपना हुने, दिनभरी बच्चाको स्याहारमा लाग्नु पर्दा आमा बुबामा मानसिक तनाव हुने, सर्वाङगीण विकासको लागि सामाजिककरण हुन नसक्नु, आमा बाबु सबै विषयमा दक्ष नहुनु,

गृह विद्यालयको प्रभावः
क. सकारात्मक प्रभावः
एक अर्कोमा सहयोग हुने व्यक्तिगत आवश्यकता ध्यान दिने बाल विविधतालाई पूरा गर्न स्वतन्त्रता हुने परिवारमा जिम्मेवारी बढ्ने जीवनमुखी शिक्षा पाउने, स्वगतिमा पढ्न पाउने ।

ख. नकारात्मक प्रभावः
परिवारले समय नदिने, एक्लोपना महशुस हुने, पढ्नमा परिवारले दवाव दिने । आमाबुबा सबै विषयमा दक्ष नहुने, एकै पटक २/३ वटा कक्षा स्तरीय बच्चालाई नियन्त्रण गर्नु पर्ने ।

निष्कर्षः
बन्दाबन्दीको बेलामा बच्चालाई पढ्ने बातावरण दिनको लागि गृह विद्यालय होम स्कूलिङ्ग एक महत्वपूर्ण विकल्प हो । यसका राम्रा र नराम्रा प्रभावहरु छन् । तर यसको प्रभावकारिता आमा, बाबुमा भर पर्छ त्यसैले आमा बाबुले बच्चाको पाठ्य पुस्तक अध्ययन गरी वा यसको सहयेग लिई सञ्चालन गर्न गृह विद्यालयको उपदेयता पढ्न सक्ने र बच्चा बढी लाभान्वित हुन सक्छन् ।

अपडेट : 2021-07-17 18:39:50




your-image

Leave a Comment