आषाढ ७ २०७८   |  2021 Jun 21    


एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड


news

दक्षिण अफ्रिकाकी एक महिलाले १० शिशुलाई जन्म दिएकी छिन्।

दक्षिण अफ्रिकामा अहिले सम्मको अनौठो घटना हो।

गोएसामे थामेरा सिथोलाले सोमबार ७ छोरा तीन छोरीलाई जन्म दिएकी हुन्।

यो सँगै सिथोलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम गरेकी छिन।

उनी ३७ बर्षिय हुन्।

सिथोलाका श्रीमानले आफु १० सन्तानको अभिभावक बनेकोमा खुसी भएको बताएका छन्।

उनले श्रीमतीले १० बच्चालाई राम्रो सँग जन्म दिएकोमा खुसी र भावुक भएको बताएका छन।

सिथालोले पहिले पनि जुम्ल्याहा सन्तानका आमा बनेकी थिइन।-ऐजेन्सी

अपडेट : 2021-06-09 07:15:22




your-image

Leave a Comment