आषाढ ७ २०७८   |  2021 Jun 21    


किसानलाई खेतीकै पीर


news

माथागढी गाउँपालिकाको कसेनी, पाल्पाका कृषक डिलबहादुर गाहालाई यतिखेर कोभिड संक्रमणको भन्दा खेतीको समस्याले सताएको छ । उनलाई मात्र होइन तिनाउ गाउँपालिकाको कोलडाडाका कृषक श्यामबहादुर ढाहालाई पनिकोभिड संक्रमणको डर भन्दाबारीको मकै कसरी खन्ने ? खेतमा धानको ब्याड राख्ने समय भयो, त्यो पनि कहिले र कसरी राख्ने भन्ने कामले सताउन लागेको बताउँछन ।


बारीमा मकै छ घाम लागेको समयलाई उपयोग गर्दै खनिएन भने पछि स्याहानै पर्दैन । त्यो पनि घर परिवारका सदस्यले मात्र सक्दैनन्, त्यसैले टोल छिमेक सबै मिली काम गरेको रिब्दीकोट गाउँपालिकाका बिष्णु खनाल बताउँछन । शहरमा कोभिडको समय हो तर ग्रामिण क्षेत्रका कृषकहरुलाई संक्रमणको भन्दा खेतीको पिर छ । मकै खन्ने मात्र होइन वर्ष भरी खानाखाने वालीको समेत ब्याड राख्ने समय हो । धानको ब्याड राख्न एक दिन ढिलो भएपनि उत्पादनमा फरक पर्दछ ।


मरियो भन्ने पनि बाँच्ने परिवारका सदस्यले खानु प¥यो नि त्यसैले गर्दा गाउँमा कोभिड संक्रमणको भय कम छ तर पछिल्लो समयमा संक्रमणका कारण मृत्यु हुनेको सख्या गाउँमै भएपनि खेतीका कारण गाउँमा कुनै प्रवाह नै नभएको निस्दी गाउँपालिकाको गल्धाको स्थानीय तर्कबहादुर वयम्वु बताउँछन् ।


गाउँमा मानिसको भिड लाग्ने गरी विवाहा, वर्तवन्ध जस्ता शुभकार्यहरु तथा अन्य भिड लाग्ने कुनै पनि गतिविधि भएका भने छैनन् । जनचेतनाका कारणले हो तर खेतीमा त्यस्तो हुदो रहेनछ उनले भने । यस वर्षको मौसम पनि त्यस्तै भयो जेठ लागेपछि पानी परेको छ । धान मकैका लागि मात्र होइन ?बारी भरी खुर्सानी छ, त्यो अव बजार पु¥याउने समय भइ सक्यो घर परिवारले मात्र टिपेर सकिदैन त्यसकालागिबाहिर कै कामदार लगाउन पर्दछ कोभिड संक्रमण होलाभन्ने डर नै छैन । पहिला खेति त्यस पछि बल्ल रोगको संक्रमण बाट डराउने हो ।तर खेतिगर्दा मुखमा माक्स लगाउने, खाजा खाने वेलामा साबुनपानीले हातधुने हो । यति बेला खुर्सानी टिपिएन भन्ने छिप्पिएर पाक्ने हो त्यसको भण्डारण , व्यवस्थापन गर्न कठिन हुन्छ । त्यसैले स्वास्थ्य सुरक्षा अपनाउदै काम गरेको रामपुर नगरका गेझाकाअगुवा कृषक इश्वरी प्रसाद भण्डारी बताउछन् ।


मुख्यनगदे वालीका रुपमा व्यसायिक रुपमा तरकारी खेति गरेकी रामपुर नगरकी महिला अगुवा कृषक पार्वती खनाल भन्दछिन घर परिवारको सख्याकम छौं बारीमा लटरम्म टमाटर पाकी सक्यो तर कोभिड संक्रमण हुन्छ भनेर मनमात्रास पाल्ने हो भन्ने टमाटर टिप्प पाइदैन । बिहान बेलुकाको समय मिलाएर पसलपसलमा पु¥याउने हो । त्यसैले कृषकलाई खेतीवाली कै समस्याभएको छ । २ ४ पैसा आम्दानी गर्ने बाटो नै त्यहीहो । यही बाटो बन्दभएपछि सबै बन्द हुन्छ । उनले गुनासो पोखिन । तरकारी यति खेर बन्दात्यसै खेरा गयो । बन्दा बाट यस पटक नराम्रो गरी नोक्सानी भयो । बारीमा काक्रो, टमाटर, भन्टा , करेला पनि छन् । निर्वाहमुखी खेति गरेकाहरुका लागि समस्या नै छैन । समस्या त व्यवसायिक रुपमा खेति गर्नेहरुको लागि छ । समय मै टिप्न सकिएनभने बोट मै कुहिने तथा सडने हो । खुल्ला ठाउमा लगाएको टमाटर पानी बढि भएपनि सड्ने गर्दछ । त्यसैले समय मै व्यवस्थापन गर्नु पर्दछ । त्यसका लागि पनि स्वस्थ्य सर्तर्कता अपनाएर काम गर्ने हो, तानसेन नगरपालिका ९, दमकडा की सरस्वती नेपाल बताउँछिन।


जिल्लाको मुख्यवाली भनेको मकै हो, लगाउने समयमा घर परिवारका सदस्य मिलेर लगाइयो तर खन्ने समयमा सबैले खन्न सक्दैनन् । धेरै जनशक्ती आवश्यक पर्दछ र यस वर्ष पनि पानी धेरै आएर झार आयो त्यसले समस्या परेको हो । त्यसैले स्वस्थ्य सुरक्षा अपनाउरै भएपनि खन्न प¥यो खनिएनभने पछि स्याहानै पर्दैन पुर्वखोलाका अगुवा कृषक इश्वरी न्यौपाने बताउँछन् । कोरोना संक्रमणको पनि यसै समयमा छ त्यसै गरी खेतीको कामपनि यसै समय मा छ । समस्या यहाँ हो स्वास्थ्य सरुक्षा नअपनाए मृत्यु नै हो । त्यसैले स्वास्थ्य सुरक्षाअपनाएरै भएपनि काम त गर्नु नै प¥यो उनले भने ।


अबको केही दिनमा धान रोपाई गर्ने दिन आउछ त्यति बेलापनि यस्तै हुन्छ । स्वास्थ्य सुरक्षा अपनाएरै काम गर्नु पर्दछ । संक्रमणको डर पालेर बसियो भने खेति नै नगरेर बस्नु पर्ने हुन्छ त्यही कुरा किसानलाई हुदैन । यसैले किसानलाई कोरोनाको भन्दा खेतीको चिन्ताभएको रभ्भा गाउँपालिकाको हुगीका कृषक कृष्ण कला भण्डारी बताउँछिन् ।

अपडेट : 2021-06-07 06:30:01




your-image

Leave a Comment