आषाढ ७ २०७८   |  2021 Jun 21    


रुपन्देहीमा ११ जनाको मृत्यु, ३ सय ७७ जना नयाँ सक्रमित


news

कोरोना सक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जना छुटेको समेत गरि ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७७ जना नयाँ कोरोना सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ८३ जना महिला, ८१ जना पुरुष सक्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा ८ जना महिला र २० जना पुरुष नयाँ सक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।

त्यसैगरि तिलोत्तमा नगरपालिकामा ३६ जना महिला, ४० जना पुरुष, सियारी गाउँपालिकामा ४ महिला, ७ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा १९ महिला १२ पुरुष, गैँडहवा गाउँपालिकामा १ जना महिला, १ जना पुरुष मायादेवी गाउँपालिकामा १ जना महिला र ३ जना पुरुष, मर्चवारी गाउँपालिकामा १ जना पुरुष सक्रमित भएका छन् ।

सैनामैना नगरपालिकामा १५ महिला १८ जना पुरुष सक्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा ५ महिला र ७ पुरुष सक्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा १ महिला, २ पुरुष सक्रमित भएका छन् । रोहिणी गाउँपालिकामा १ जना पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ जना महिला २ जना पुरुष, सुद्धोधन गाउँपालिकामा ४ जना महिला र ५ पुरुष, सम्मरीमाई गाउँपालिकामा १ जना महिला सक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हालसम्म रुपन्देही जिल्लामा १६ हजार २ सय ६५ जना निको भई घर फर्केका छन् भने कुल मृत्यु हुनेको संख्या ३ सय ६२ पुगेको छ भने सक्रीय सक्रमितको संख्या ६ हजार ६ सय २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा रहेको छ ।

अपडेट : 2021-05-17 19:23:49




your-image

Leave a Comment