आषाढ ७ २०७८   |  2021 Jun 21    


केशर दाइको आश कृषिमै सास


news

देख्दा सामान्य देखिन्छन तर अरु भन्दा कम देखिदैनन् उनको बारीमा पुग्ने जो कोही आश्चर्य मानेर फर्किन्छन । मुटुको दुईवटा भल्भ फेरेको भन्दा पत्याउने कमै छन । उनको मेहनत र उद्यम देख्दा सबै दङ्ग पर्दछन ।

वगनासकाली गाउपालिकाका चितुङधाराका कृषक टंकबहादुर थापा (केशर दाइ) यति खेर उनी मुटुको रोगी होइनन् । उनले गाउपालिका कै राम्रो मेहनती अगुवा कृषकका रुपमा आफनो पहिचान बनाउन सफल भएका छन । सामान्य परिवारमा जन्मिएर औपचारीक शिक्षा मात्र हासिल गरेका छन थापाले ।

मुलुक द्धन्दको चपेटामा नराम्रोसंग परेको थियो त्यसैले रोजगारीको अवसर नै थिएन । खेतिपातीले मात्र घर नचल्ने तरकारी खेति ग¥यो लगातारको बन्द हडतालका कारण बाटोमा फाल्नु पर्ने अवस्था थियो । त्यही बखतमा राहधानी बनाएर जहाज चढेर बिदेशमा काम र दामको खोजीमा जाने बिदेशको कमाईले घर परिवारको आखामा खुसी छर्ने सपना देखे । २०६० सालमा रोजगारीको क्रममा मलेसिया पुगेपछि विदेशको राप र तापमा काम गर्नसजिलो थिएन् । जसोतसो ३ वर्ष बिताउदा नेपालमा शशस्त्र द्धन्दको अन्त्य भएको घोषणा भयो । शान्ती छाएपछि उनलाई आफ्नै मुलुकमा केही गर्नपर्दछ भन्ने लाग्यो ।
उनलाई त्यसपछिका दिन कहाली लाग्दो बाँच्न आशा मरिसकेको टोल छिमेक आफन्त सबैले धेरै दिन अव बाच्दैन भनेको आफनै कानले सुन्दा संसार अध्यारो देखेको केशर दाईले यती खेर सबैलाई उज्यालो छर्न पाउदा नयाँ जन्म लिए जस्तो पाउँदछन ।

स्थानिय सरकारलाई जनताको सरकार भन्दा आफ्नो सरकार भन्ने केशर भन्दछन ।विदेशबाट फर्किए पछि एका एक मुटुमा समस्या प¥यो उपचारको क्रममा गंगालाल हृदय रोग केन्द्रमा आफन्तले पु¥याउदा प्रारभ्भिक उपचार मै थाहा भयो मुटुको दुई भल्भले काम नर्गर्ने अन्तिम अवस्थामा पुगेको अप्रेसनबाट सुधार हुने र भल्भ फेर्नु नै पर्ने डाक्टरले सुनाएछन । जसो तसो ऋणै ऋणमा अप्रेसन भयो क्रमिक रुपमा पुर्ववत् अवस्थामा फर्किर्दै गए पनि पहिले जस्तो हुँदो रहेनछ । अप्रेसन गरेपछि दैनिक खाना पानमा ध्यान दिनु पिर्ने त्यसैले शारिरिक रुपमा आफुलाई दुरुस्त बनाउन र स्वच्छ तरकारी उत्पादनका लागि २०७४ सालमा करेसाबारीबाट सुरु गरेको र त्यहीबाट गाउँपालिकाको कार्यलयमा पनि घर नजिक छ ।आर्थिक प्रानिधिक सहयोग जुटदै गयो । त्यसैले मौसमी बेमौसमी खेति गर्न उर्जा मिल्यो बिरामी भएर बिस्तरामा पल्टिने सट्टामा तरकारीको ब्याड कसरी भन्ने तर्फ लागे पहिला करेसा बारीबाट थालनी गरेका थापाले ३ रोपनी क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी लगाएर त्यसबाट भएको आम्दानीले अप्रेसन गर्दा लागेको ऋृण तिर्न पाउदाको क्षण बेग्लै भएको बताउँछन ।

व्यवसायिक रुपमा खेति गरेका कृषकहरुलाई स्थानिय सरकारले प्राविधिक र आवश्यक सामाग्री मात्र नभई बजारिकरण लागि ढुवानीको व्यवस्था मिलाई दिएपछि आफुलाई थप हौसला प्राप्त हुनसक्ने उनि बताउँछन् । यतिखेर ७ रोपनी क्षेत्रफलमा सिमी बोडी, काक्रा लौका खुसार्नी भएको र वार्षिक रुपमा ८ /१० लाख आम्दानी गर्न बिदेशीनु पर्दैन । काम गर्ने कृषकको साथमा स्थानिय सरकार साच्चिकै अभिभावक भएको महसुस गरेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल भन्दछन् (स्थानिय जनता संग प्रत्यक्ष रुपमा जोडिने स्थानिय सरकार नै हो ) काम गर्न मेहेनती कृषकहरुले लगानी भएन भनेर निरास बन्नु पर्दैन । स्थानिय सरकार काम गर्नेकृषकहरुको सवालमा बैंकमा जमानी सम्म बस्न तैयार छ । त्यसैले काम गर्ने व्यवसायिक कृषकहरु रित्तो हात लिएर बस्नु फर्कन पर्दैन उनले भने ।

कृषि शाखा प्रमुख केशर बोहरा भन्दछन्, केशर एक नमुना कृषक भएको र काममा इमान्दारीता र लगनशिल मेहनती भएकाले उत्कृष्ठ कृषक भएको बताउँछन् । स्थानिय सरकारको तर्फ बाट पु¥याउन सकिने सेवा पुराएको र दिएको सेवा सुविधा अनुरुप नै प्रतिफल प्राप्त भएको उनले बताए ।

कृषक केशर भन्दछन, स्थानिय सरकार नभएको भए औषधी उपचारको क्रममा लागेको ऋण तिर्न जमिन बिक्री गरी सुकुम्बासी बन्नु पर्ने आउँदथियो । तरकारीखेतिको आम्दानी बाट २/४ पैसा बचत भएको र सामान्य रोगका कारण बिरामी हुदा २ /४ हजार रुपैंया अरुकोमा ऋण खोज्न जान नपर्ने भएको छ ।

निर्वाह मुखी र परम्परागत खेति प्रणाली छाडेर व्यवसायीक र आधुनिक खेति प्रणालीबाट खेति गर्दा राम्रो आम्दानी हुने र विदेशी भूमीमा रोजगारीका लागि धाउन नपर्ने आफनो अनुभव उनले सु्नाए ।

अपडेट : 2021-06-04 13:55:16




your-image

Leave a Comment