आषाढ ७ २०७८   |  2021 Jun 21    


औषधि ब्यवसायी संघका अध्यक्षले बाँडे स्वास्थ्य सामाग्री


news

दाङ-देउखुरीमा क्रियासिल पत्रकारलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरिएको छ । दाङको लमहीमा रहेको बिपि पोलिक्लिनिक एण्ड मेडिकल सेन्टर प्राली तथा नेपाल औसधि ब्यवसायी संघ दाङका अध्यक्ष बिष्णु प्रसाद पौडेलले कलम( डायरी, सेनिटाइजर, मास्क, ग्लोब्स, भिटामिन ूबि ू लगायत गरि बीस हजार बराबरको स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्यलाई हस्तान्तरण गरेका हुन ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले कोरोना भाइरस जस्तो डरलाग्दो रोगबाट आफू पनि बचौ र अरुलाई पनि बचाउन आग्रह गर्दै जोगिएर आफ्नो क्षेत्रमा काम गर्न पत्रकारहरुलाई अनुरोध गरेका छन ।

स्वास्थ्य सामाग्री लिदै प्रदेश उपाध्यक्ष आचार्यले ज्यानको प्रवाह नगरी समाचार संकलनमा खटिने पत्रकारहरुको सुरक्षालाई ख्याल गरेर स्वास्थ्य सामाग्री दिएको प्रती आभार प्रकट गरेकी छन ।

त्यसै गरि मेडिकल संचालक पौडेलले वडा प्रहरी कार्यालय लमहीलाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेका छन । प्रहरी नायब उपरीक्षक पुरान मल्ललाई सेनिटाइजर, मास्क, ग्लोब्स प्रदान गरेका हुन ।

अपडेट : 2021-05-17 08:49:10




your-image

Leave a Comment