जेठ ३ २०७८   |  2021 May 17    


नेपालका ५ सय ५० पत्रकार संक्रमित २ जना आइसियुमा


news

नेपाल पत्रकार महासंघले नेपालमा ५ सय ५० जना पत्रकारहरू कोरोना संक्रमित भएको र तीमध्ये ७ जनाको मृत्यु भएको जनाएको छ ।

महासंघको अभिलेखअनुसार २० जना पत्रकारको अस्पतालमा सामान्य उपचार भइरहेको २ जना पत्रकारलाई आइसियुमा राखिएको छ ।

महासचिव रोशन पुरीले महासंघका प्रदेश र शाखाहरूमा कोरोना संक्रमित पत्रकारको उपचारका लागि महासंघले सबै संयन्त्र परिचालन गरिसकेको पनि बताए ।

‘कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ । यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ । सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरुसहित पत्रकारहरुलाई महासंघ अनुरोध गर्दछ’ उनले भनेका छन् ।

एक अपिल जारी गर्दै उनले यो महामारीको विषम परिस्थितिमा निकै संवेदनशील र पूर्व सतर्क भएर तथा स्वास्थ्य सुरक्षाका उपाय र मापदण्ड अपनाउन पनि आग्रह गरेका छन् ।

 

अपडेट : 2021-05-03 17:25:57




your-image

Leave a Comment