जेठ ३ २०७८   |  2021 May 17    


टेक्रे गाउँले पाउने भो बुहारी !


news

बगनासकाली गाउँपालिका यम्घा टेक्रेकी रक्षा सुनारलाई आफ्नै आँगनमा खानेपानीको सुबिधा होला भन्ने कल्पना नै थिएन । टेक्रेको बिरबहादुर खाम्चालाई पनि खानेपानीकोे सहज सुबिधा होला भनेर सपनामा पनि नचिताएको बताउँछन ।

टेक्रेको दलित र जनजातिको बसोबास रहेको यस बस्तीमा खानेपानीको समस्याको कारण बसाई सराईको क्रम बढेको थियो । जब घर घरमा खानेपानीको सुबिधा भएपछि बसार्ई सराईको क्रम रोकिएको छ भने स्थानियहरुको दैनिकी समेत फेरिएको छ । खानेपानीको सुबिधा नहुँदा तरकारी किनेर खानेले खेरा गएको धाराको पानीलाई उपयोग गरेर तरकारी खेति गरि तरकारीमा आत्मनिर्भर भएको स्थानिय बासिन्दा टोपबहादुर गाहा बताउँछन ।

गाउँमा खानेपानीको समस्याका कारण त्यस गाउँमा छोरी बिहे गरेर दिन दुःख मान्ने प्रचलन थियो । छोरीलाई पानी बोक्नुपर्छ भन्ने डर माइतीलाई हुन्थ्यो । हुनपनि पानीका कारण राती सुत्न पाइदैनथ्यो । पानी लिन टाढा पुग्नुपर्दा विहानी पखको समय पधेरामै बित्थ्यो । कहिले काही पधेरोमा पानी नै सकिए रित्तो गार्गी लिएर फर्कन समेत पर्दथ्यो । तर त्यो दिन सझंदा आज सपना जस्तै लाग्ने यमकुमारी सुनारले आफनो अनुभव सुनाइन । अब त घरघरमै खानेपानीको सुबिधा भयो, गाउँमा बुहारी भित्र्याउन पनि सजिलो भयो उनले थपिन ।

बगनासकाली गाउँपालिकाको वडा. न. ५ र ६ लाई समेटेर टेक्रे भरेटुङ लिपिmटिङ खानेपानी योजना सम्पन्न भएपछि स्थानिय बासिन्दाको दैनिकीमा परिवर्तन भएको छ । सबैले धाराबाट खेरा गएको पानीलाई प्रयोग गरेर मौसमी बेमौसमी तरकारी गरेर जिवन स्तर फेरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउँछन् ।

योजान सम्पन्न गर्नका लागि स्थानिय जनताको २१ लाख खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको १ करोड २ लाख रुपैंया गरि १ करोड २३ लाख रुपैंयाको लागतमा योजना सम्पन्न भएको डिभिजन प्रमुख शिवकुमार श्रेष्ठले बताए । ५ सय मिटर टाढा बाट लिपmटिङ गरि संचालित योजना बाट प्रत्यक्षरुपमा एक सय घर परिवार लाभान्वित भएको उनले बताए । गाउँमा खानेपाने नहुँदाको समयको कथा र व्यथा लामो छ । योजना सम्पन्न गर्नका लागि १ सय ५० घर परिवारले २५ दिन सम्म श्रमदान गरियो पानी आउने भएपछि काम गर्दा दु.खको अनुभुती नभएको सजिलोसगं काम भएको स्थानिय बासिन्दा एवम खानेपानी उपभोक्ता समितीका अध्यक्ष बिर बहादुर खाम्चाले बताए । पानी बोक्ने समयलाई महिलाहरुले बच्चा पढाउन खर्चिएका छन् । खानेपानीका कारण सरसफाईमा समेत परिवर्तन आएको छ । सबैको घर घरमा पक्कि सौचालय बनेको उनले भने ।

गाउँमा खानेपानीको सुविधा भयो तब सबैको जिवन स्तर फेरियो यसरी सुविधा होला भन्ने कल्पना समेत थिएन अहिले खानेपानीको सुबिधासँगै संचार र सडकको समेत सुबिभा पुगेको छ, पहिले पहिलेका पुस्ताले जति दु.ख पाए अबका दिनमा नया पुस्ताले दु.खको सामना गर्न नपर्ने स्थानिय बासिन्दा गगां बहादुर सुनारले आफ्नो अनुभव सुनाए ।

अपडेट : 2021-05-02 10:44:26




your-image

Leave a Comment