चैत्र २९ २०७७   |  2021 Apr 11    


लुम्बिनी प्रदेशको १२ जिल्लामा कोरोनाका १५२ जना बिरामी


news

कोरोना भाइरस संक्रमणको गति पुनः बढ्न थालेको छ । पछिल्ला दुई सातादेखि संक्रमण दर बढ्न थालेको हो ।मगंलबारमात्रै ३ हजार १ सय ४० नमुना परीक्षण गर्दा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।


हालको संक्रमणदर १८ प्रतिशतभन्दा माथि गएको छ । केही सातासम्म तीन–चार प्रतिशतमा अडेको संक्रमण दर अहिले ह्वात्तै बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको मगंलबारको तथ्यांकअनुसार नेपालमा कोरोनाका १ हजार ५ सय ९९ सक्रिय संक्रमित छन् ।


भारतमा दोस्रो लहर सुरु भएसँगै त्यसको असर नेपालमा पनि परेको छ । पछिल्ला दिनमा रोजगारीका लागि भारत गएका नेपाली फर्किने क्रम बढ्दो छ ।

यस्तो छ संक्रमितको संख्या

प्रदेश १ मा ११८
हाल प्रदेश १ मा १ सय १८ सक्रिय सक्रमित छन्।
तीमध्ये इलाममा ६, उदयपुर ६, ओखलढुंगा दुई, खोटाङ दुई, झापा २५, ताप्लेजुङ तीन, तेह्रथुम तीन, भोजपुर दुई, मोरङ २५, संखुवासभा चार, सुनसरी ३९ र सोलुखुम्बुमा एकजना संक्रिमत छन्।

प्रदेश २ मा ४५
प्रदेश २ को धनुषामा पाँच संक्रमित छन्। त्यसैगरी पर्सामा १२, बारा नौ, महोत्तरी दुई, रौतहट ६, सप्तरी चार र सिरहामा सात संक्रमित छन्।

बागमती प्रदेशमा ८७२
बागमती प्रदेशको काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित छन्। यहाँ ५ सय ७१, काभ्रेपलान्चोकमा १८, चितवन ७०, दोलखा चार, धादिङ सात, नुवाकोट पाँच, भक्तपुर ६२, मकवानपुर सात, रसुवा तीन, रामेछाप पाँच, ललितपुर १ सय १७, सिन्धुपाल्चोक पाँच र सिन्धुलीमा सात सक्रिय संक्रमित छन् ।

गण्डकी प्रदेशमा ३१४
गण्डकी प्रदेशमा ३ सय १४ सक्रिय संक्रमित छन्। तीमध्ये कास्कीमा २ सय ४, गोरखा नौ, तनँहु १५, नवलपरासी १६, पर्वत १०, मनाङ दुई, मुस्ताङ नौ, म्याग्दी १५, लमजुङ ६, बाग्लुङ १८ र स्याङ्जामा १० संक्रमित छन्।

लुम्बिनी प्रदेशमा १५२
लुम्बिनी प्रदेशमा १ सय ५२ सक्रिय संक्रमित छन् । तीमध्ये अर्घाखाँचीमा चार, कपिलवस्तु चार, गुल्मी आठ, दाङ १९, नवलपरासी पाँच, पाल्पा २१, प्युठान सात, बर्दिया १७, बाँके ३३, रूकुम पूर्वमा एक, रुपन्देहीमा २९ र रोल्पामा चार संक्रमित छन् ।

कर्णाली प्रदेशमा २९
कर्णाली प्रदेशमा २९ सक्रिय संक्रमित छन्। तीमध्ये कालिकोटमा चार, जाजरकोट चार, जुम्ला दुई, दैलेख एक, मुगु एक, रुकुम पश्चिम तीन, सल्यान चार, सुर्खेत नौ र हुम्लामा एक छन्।

सुदूरपश्चिम प्रदेशमा ६९
सुदूरपश्चिम प्रदेशमा ६९ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तीमध्ये अछाममा तीन, कञ्चनपुर १२, कैलाली २३, डडेल्धुरा चार, डोटी १२, दार्चुला एक, बझाङ ६, बाजुरा दुई र बैतडीमा ६ सक्रिय संक्रमित रहको मन्त्रालयले जनाएको छ ।

अपडेट : 2021-03-31 19:43:21




your-image

Leave a Comment