जेठ ३ २०७८   |  2021 May 17    


सडक पूर्वाधार कार्यालय रोल्पाका प्रमुख सहित चार जना अख्तियारको नियन्त्रणमा


news

सडक पूर्वाधार बिकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ सहित चार जनालाई अख्तियार कार्यालय, बुटवलले नियन्त्रणमा लिएको छ ।


स्रोत नखुलेको रकम सहित उनिहरुलाइ नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

त्यसरी नियन्त्रणमा लिएकाहरुमा कार्यालय प्रमुख श्रेष्ठ सहित ईन्जिनियर निर्मल पन्त, सब ईन्जिनियर प्रेम कुमार बराल र हलुका सवारी चालक मान सिंह पुन मगर छन् ।


श्रोत नखुलेको १ लाख ९० हजार नगद रकम सहित रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देही सैनामैना नगरपालिका वडा नं १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी बनबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।


उनिहरुलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

अपडेट : 2021-02-11 19:44:46




your-image

Leave a Comment