फाल्गुण १९ २०७७   |  2021 Mar 03    


देशले दूरदर्शि नेता पाएन


news

वास्तवमा हाम्रो देशले दूरदर्शी नेता अहिलेसम्म पाएन । २०४६ पछिका नेता भन्दा पृथ्वीनारायण शाह, जंगबहादुर राणा र राजा महेन्द्र नै दूरदर्शी रहेछन् भन्ने मेरो यो सानो दिमागले निक्र्योल निकाल्यो । उनीहरुको ब्यक्तिगत जीवन कस्तो थियो भन्नेतिर नलागौँ । उनीहरुले राजनेताका रुपमा देशका निम्ति के गरे भनेर हेर्ने हो जनताले । उनीहरुले देशको निम्ति गरेको दूरदर्शि कामले मूल्याङ्कन गर्ने हो । म इतिहासकार त होइन सामान्य पाठक हो । मैले पाठ्य पुस्तकमा थोरै थोरै इतिहासका कुरा पढें । राजा महाराजा र राणाका जीवन चरित्र शासन सत्ताका कुरा पनि अलि अलि थाहा पाएं । पढेपछि केही कुरा थाहा हुने नै भयो ।


समग्रमा नेपालको इतिहास अलि अलि बुभ्mदा यहाँ बिकास निर्माण, सुशासन, जनताका अधिकार सुनिश्चितका लागि भन्दा सत्ता प्राप्ती गरेर आफु सत्तामा रमाइरहने धेरै देखिए । अझै २०४६ पछिका नेतामा त राजनैतिक चरित्र, संस्कार, आचरण, नैतिकता केही देखिएन । एक दुई जना राम्रा नेता नभएका होइन, ती सबै ओझेलमा परे । चाकडी, चाप्लुसी र हाटहुँट लाटलुट गरेर आप्mनो दुनो सोझाउने धेरै देखिए । मैले देशको लागि यो काम गर्नुपर्छ भन्ने प्रष्ट दृष्टिकोण राख्ने देखिएनन् । सत्तामा पुगेका कमाउ धन्दामा मात्र लिप्त देखिए । अलिअलि बिकास त आवश्यकताले आपैm पनि हुँदै जान्छ । राजनेता भएर उलेख्य काम गरेको पछिल्ला शासक कोही देखिएनन् भन्दा फरक पर्दैन ।


मैले थाहा पाए अनुसार पृथ्वीनारायण शाहा पछिका राजाहरु दूरदर्र्शी चेतनशील भएको भए राजाका हातबाट सत्ता खोसेर राणाले शासन गर्न पाउने थिएनन् । न त देश अगाडी बढ्नुको साटो पछाडि सर्ने थियो । राणा कालभरि राजा देखाउने दाँतमात्र भए भने चपाउने दाँत राणा भए । राजा महाराजाहरुका कमि कमजोरी थाहा पाएका राणाले राजालाई खोपीको देउता बनाई पालैपालो एकसय चार वर्ष शासन गरे । यसरी हेर्दा के बुभिन्छ भने नेपालको इतिहास आपसी कलह, मारकाट, हत्या हिंसा मच्चाएर सत्ता हत्याएको इतिहास रहेछ । त्यस्ता शासकबाट नागरिकले के पो सुबिधा पाउँथे र ? जनता कसरी अधिकार सम्पन्न हुन्थे र ? जनता अधिकार सम्पन्न भएनन् र हुन पनि दिइएन । जनता चेतनशील भए भने आफुलाई नै खतरा हुने देखे राणाहरुले । उनीहरुले जनताका लागि बिकास नगरेर आप्mनो सुबिधाका लागि केही निर्माणका काम गरे । त्यसैले जनताले आप्mनो हक अधिकार प्राप्तीका लागि पटक पटक आन्दोलन गर्नुपर्ने बाध्यता आइपर्यो । हो, समय अनुसार आन्दोलनका स्वरुप फेरिए । बच्चा नरोएसम्म आमाले पनि बच्चालाई दूध पिलाउन्नन् भन्ने उखान चरितार्थ भयो । जनताका इच्छा आकांक्षा र आवश्यकतामा कुठाराघात भएपछि आन्दोलन आवश्यकता हुँदो रहेछ । समयले आन्दोलनमा जान बाध्य पार्दो रहेछ । जस्तो अहिलेको लोकतन्त्रमा पनि देखिएको छ ।


पृथ्वीनारायण शाहकै कुरा गरौं उनी दूरदर्शि राजा नभएको भए साना तिना बाई स,े चौबिसे, भुरे टाकुर ेराजाहरु हराएर बृहत नेपाल निर्माण गर्ने सपना देख्ने थिएनन् र त्यसको तयारीमा जुट्ने थिएनन् । उनैको दूरदृष्टिकोे परिणाम स्वरुप आज हामी नेपाली भनेर गौरव गर्न पाएका छौं । भलै उनलाई कसैले बिस्तारबादी राजाका रुपमा चित्रण गरुन् र गर्छन् पनि । तर मलाई त्यस्तो लाग्दैन । उनले बृटिसहरुको प्रबेश रोक्न र एउटा सिङ्गो देश बनाउन जुटे । भलै आप्mनो जीवन कालमा धेरै कुरा गर्न पाएनन् । तर देशलाई एक सुत्रमा बाँधेर गए । यो नै ठूलो काम भयो । लडाई गर्नु पक्कै सजिलो हुँदैन । त्यहाँ दोहरो भिडन्त र हिंसा पनि हुन्छ । तर, कुन र कस्तो कामको लागि लडाई गरिएको हो भन्ने प्रमुख कुरा हो ।


पृथ्वीनारायण शाहले बिदेशीलाई आप्mनो देशमा प्रबेश गर्न रोक्न पनि अनेक कदम चाले । उनले सोँचे बिदेशी हाम्रो देशमा प्रबेश गरे भने हाम्रो देशको, धर्म, संस्कृति, रितिरिवाज सबै मासिन्छ । देश पराधीन हुन्छ । त्यसैले बिदेशी मान्छे र बिदेशी सामान सबै रोक्नुपर्छ र आप्mनो देशको बिकास आफै गरेर आत्मनिर्भर बन्नुपर्छ । यही मनशायले उनले फलाम तामा, खानि खन्ने देखि कपडा आप्mनै देशमा उत्पादन गर्ने, भ्रष्टाचार नगर्ने र गरेकालाई सजाय दिने नियम कानुन बनाए । आवश्यकता अनुसार लागु पनि गर्दै गए । जसले गर्दा नेपाल धेरै कुरामा आत्मनिर्भर बन्दै गईरहेको थियो भन्ने थाहा हुन्छ उनको बारेमा पढ्दा । त्यसैले म पृथ्वी नारायण शाहलाई राष्ट्रपिताकै रुपमा सम्मान गर्छु ।


अर्को पाटो देशमा राजा हुन देश र जनता चाहिन्छ । देशका सिमा नाका सुरक्षित र जनता खुसी राख्न सके मात्र राजा रहन्छन् भन्ने राजाहरुलाई थाहा हुनुपर्छ र सोही अनुसार काम गर्नु पर्छ । पृथ्वी नारायण शाहाले भनेकै छन् “जनता मोटा भया, दरबार बलिया हुन्याछन् ” यसको तात्पर्य हो राजा बन्न जनता नै सुखी र खुशी हुनुपर्छ । उनको यो भनाई हरेक शासकहरुमा लागु हुन्छ । शासकहरुको आपसी कलहले न शासक बलियो हुन्छ न जनता सुखी र खुशी हुन्छन् । पृथ्वी नारायणशाह पछिका राजा बलिया नभएकै कारण त्यसैको फाइदा राणाहरुले उठाएका हुन् ।


जंगबहादुरको उदय पनि राजा कमजोर र, दरबारी भैmझगडाले गर्दा भएको हो भन्ने कुरा इतिहास पढ्दा थाहा हुन्छ । राणाकालभरि राजा खोपीमा सिमित भई राणाले अड्कलेको खाने र राणाले गरेका निर्णयमा छाप लगाउनेमात्र भए । राजा बलिया, हिम्मती र दुरदर्शि भई दिएको भए राणाहरुको उदय शायद हुने थिएन । जंगबहादुरका धेरै कमि कमजोरी हुँदाहुँदै पनि अलिकति दूरदर्शि र हिम्मतवाला राणा रहेछन् भन्ने लाग्छ । त्यो बेला पनि उनी दलबल सहित बेलायत पुगे । बृटिसलाई सहयोग गरेर भए पनि नेपालका चार जिल्ला फिर्ता ल्याए । गुमेको भूभाग फिर्ता ल्याउनु चानचुने कुरा थिएन । अहिलेका बाँके बर्दीया, कैलाली कन्चनपुर यी चार जिल्ला जंगबहादुरले अंग्रेजलाई रिझाएर फिर्ता ल्याएका हुन् । त्यसो त महाकाली पारी पनि नेपालै थियो । महाकाली नदी पारीका सबै ठाउँ भारतीय भए । नदी सिमा नदी भयो । तर केही वर्षदेखि अर्को सानो खोलालाई महाकाली नदीको मुहान देखाएर कालापानी लिम्पियाधुरा, लिपुलेक सबै गाउँठाउँ भारतले खाएको छ । जेनतेन जनताको पटक पटकको आन्दोलन, सिमा बिदहरुको भनाईले अहिले ती ठाउँ नेपालको नक्सामा समेटिएका त छन् । चुच्चे नक्सा बनेको छ । तर बनेर के गर्नु ? अहिलेका सन्की प्रधानमन्त्री ओलीले नक्सा छापिएका पुस्तक बितरणमा रोक लगाएका छन् । अझै मैले गुमेका ठाउँ नेपालको नक्सामा ल्याएं भनेर बहादुरी देखाउँछन् । ती ठाउँ नेपालतिर आउनु पर्यो, कालापानीबाट भारतीय सैनिक हटाउनु पर्यो अनि बल्ल ओलीको नाम इतिहासमा आउला । नत्र फगत गफाडी प्रधानमन्त्रीमा गनिने छन् ।


राजाहरुले जनताको साथ लिएर शासन गर्न सकेका भए र देशका नागरिकका कुरा सुनेको भए राज संस्था जानु पर्ने थिएन । राजा त अरु देशसंग भन्दा आप्mनै नागरिकसंग मिलेर उनीहरुका कुरा सुनेर अगाडी बढ्नु पथ्र्यो । तर त्यसो भएन । आप्mनो हक अधिकारका लागि जनता आन्दोलित हुनै पर्ने बाध्यता भयो । जनताको आन्दोलन र चार चारजना सपुतको ज्यान गुमेपछि सात सालमा प्रजातन्त्र आएको थियोे । प्रजातान्त्रिक सरकारले राम्रो काम गरेको भए सायद सत्र साल आउने थिएन होला । जनताको बलिदानले प्राप्त गरेको प्रजातन्त्र सरकारमा गएका यिनै प्रजातान्त्रिक भनिने नेताका रबैयाले सत्र सालमा गुम्यो ।


राजा महेन्द्रले सायद यी नेताबाट देशको बिकास हुँदैन, यिनले देश राम्रो बनाउने भन्दा बिगार्ने काममा उद्दत भएको देखे होलान् । त्यसैले हुन सक्छ सत्ता आप्mनो हातमा लिएर र पार्टीहरुमाथि बन्देज लगाए । त्यसपछि उनले आप्mनै किसिमले बिभिन्न पार्टीभित्रका राम्रा इमान्दार केही ब्यक्तिहरुलाई साथमा लिएर योजना बनाई बनाई काम गर्न थाले । उनले गरेका काम कसैबाट छिपेको छैन । देशको ढुकुटीमा पैसा नहुँदा पनि देशको आवश्यकताअनुसार कलकारखाना स्थापना भए, बाटो घाटो बन्यो, बिभिन्न राष्ट्रसंग दौत्य सम्बन्ध कायम भयो, नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बन्यो राजा महेन्द्रकै पालामा बन्यो । नेपाल भारत सिमामा भूपु सैनिक समेत लगेर उनले राखे सिमा रक्षाका लागि । नागरिकताको निश्चित सिमा निर्धारण गरियो । २०४६ पछि जस्तो काफल बाँडेजस्तो विदेशीलाई नागरिकता बाँडिएन त्यो बेला । एउटा सिमा कायम थियो । देशमा अञ्चल जिल्ला गाउँ , नगर र वार्डहरु बाँडिए र चिठी पठाउने सही ठेगाना बन्यो । नत्र चिठी पठाउन समेत गाह्रो थियो । ५ विकास क्षेत्रको अवधारण पनि उनैको थियो । धेरै बिकास निर्माणका कुरा राजा महेन्द्रकै समयमा भएका छन् । त्यसैले भन्न सकिन्छ नेपालमा अलि दूरदर्शि ब्यक्ति राजा महेन्द्र हुन् । महेन्द्रका पालामा स्थापना भएका सबै उद्योग प्रजातान्त्रिक सरकारका पालामा बेचिए बन्द भए ।


२०४६ पछिको प्रजातन्त्र आएयताको समयको हिसाव गर्ने हो भने पञ्चायतले भन्दा धेरै प्रजातान्त्रिक, लोकतान्त्रिक भनिने सरकारहरुले आलोपालो राज्य चलाई सकेका छन् । कहिले पूर्ण बहुमत, कहिले अल्पमत, कहिले मिलिजुली सत्ता चलाए । तर यिनीहरुले राज्यलाई दोहन गर्ने बाहेक अरु उलेख्य काम केही गरेनन् । यिनीहरुले गरेको उल्लेख्य र प्रशंसनीय काम केही पनि देखिएन । यसो भनेर मैले पञ्चायत र राजतन्त्रै ठीक हो भन्न खोजेको कदापि होइन । देशमा लोकतन्त्र चाहिन्छ । तर लोकतन्त्रमा जनचाहना र आवश्यकता अनुसारका काम पनि हुनुपर्छ । नत्र जनतामा निरासा बाहेक केही आउँदैन । जस्तो अहिलेको देशको अवस्था छ ।


लोकतन्त्र प्राप्तपछि लोकतान्त्रिक सरकारबाट जनताले निकै ठूलो आशा र भरोसा गरेका थिए । तर अहिले प्रधानमन्त्रीको रबैयाले जनतामा निरासा छाउँदै गएको छ । काम भन्दा कुरा धेरै गर्ने र सत्ताको छिनाझप्टीमा तल्लिन देखिने बानी नेताहरुमा देखियो । देशबाट न भ्रष्टाचार हट्यो न त भ्रष्टाचारीलाई कारवाही भयो । न हत्या हिंसा हट्यो न त हिंसा पिडितलाई न्याय भयो । अझै प्रधानमन्त्री केपी ओलीले त देशै भड्खालोमा हाल्न उद्दत देखिन्छन् । कुरा भने निकै ठूला गर्छन् । चटकेले चटक देखाएजस्तो सबैलाई मख्ख पार्छन्, हसाउँछन् । जनताले संबिधानसभाबाट बनाएको संबिधान नै केपी ओलीको सनकले नाकाम हुने छाँट देखिँदै छ । बहुमत प्राप्त प्रधानमन्त्रीले देश र जनतालाई चाहिने कुनै काम गर्न नसक्ने, आप्mनो पार्टी भित्र, आप्mनो कमिटी भित्र कुनै छनफल बिचार बिमर्श नगर्ने, अरुका कुरै सुन्न नचाहने हैकमवादी प्रबृत्ति लोकतन्त्रमा चल्दैन ।


उनी राजनैतिक चरित्र भएका र राजनीति गरेका ब्यक्ति होइनन् भन्ने पनि नेताहरुको भाषणमा सुनिन्छ । त्यस्ता मान्छेलाई किन प्रधानमन्त्री बनाइयो ? अरुले काम गर्न दिएनन् भन्ने दोष लगाएर बल्लतल्ल बनेको संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद नै भङ्ग गर्ने अधिकार उनले कहाँबाट पाए ? यस्ता धुर्त र छट्टु प्रधानमन्त्रीबाट यो देशले केको आशा राख्ने ? काम गर्ने वाताबरण र पार्टीको विश्वास लिने काम त आफैले गर्नुपर्छ लोकतन्त्रमा । आफुले कसैको कुरै नसुन्ने, कसैको विश्वास नगर्ने, अफै सर्बेसर्वा हुन खोज्ने, अनि काम गर्न दिएनन् भन्ने लाजै नमानी ? राम्रो काम गर्न कसले रोक्छ ? नक्कली र उडिया कुरा गरेर उखान टुक्का हालेर, आफुलाई मन नपर्ने नेताहरुलाई गाली गरेर समय बिताउने, अनि काम गर्न दिइएन भन्ने ? यस्तो छट्टुगिरी लोकतन्त्रमा चल्दैन । जनता पनि बुझ्ने भएका छन् अब । अर्को कुरा उनको आनिबानी जानेका नेताहरुले ओलिलाई लिस्नो हालेर प्रधानमन्त्रीको कुर्चीमा पुराउने दाहाल नेपाल समूहका नेताहरु पनि कम दोषी छैनन् । उनीहरु पनि दोषका भागिदार छन् । अव लोकतन्त्र गुम्यो भने त्यसको दोष प्रतिपक्षलाई पनि जानेछ । अहिलेका सरकारमा भएका र प्रतिपक्ष सबै दोषी हुनेछन् । अव संसद पुनः स्थापना होस्, अदालतले निश्पक्ष फैसला गरोस् । आम नागरिकको चाहना यही नै हो ।

अपडेट : 2021-01-26 08:32:04




your-image

Leave a Comment