फाल्गुण १९ २०७७   |  2021 Mar 03    


रुपन्देहीका दुइ नापी निरीक्षक अख्तियारको फन्दामा


news

रुपन्देही जिल्लाका दुइ जना नापी निरीक्षक अखितयारको फन्दामा परेका छन् ।


जिल्ला अदालत रुपन्देहीमा नापी निरीक्षकको रुपमा काम गर्दै आएका मनोज थापा र सुमित चौलागाईलाई सेवा ग्राहीबाट घुस लिर्दै गर्दा पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुषालका अनुसार जग्गा सम्बन्धी अदालतमा परेको मुद्धा लाई मिलाउने र सहजीकरण गर्ने सेवा ग्राहीबाट ५ हजार रुपैयाँ रकम लिदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको जानकारी दिए ।


उनीहरुलाई रुपन्देहीको कोटईमाई गाउँपालिका वडा नम्बर १ कोलादी भन्ने स्थानबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अपडेट : 2021-01-22 18:22:10




your-image

Leave a Comment